साप्ताहिक संवाददाता
फाल्गुन २, २०७६
काठमाडौं
प्रणय दिवस ‘भ्यालेनटाइन डे’ अवसर पारेर ‘पाइला पाइलामा माया’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । वन प्वाइन्ट फिल्म्सले वजारमा ल्याएको उक्त गीतमा गायिका मेलिना राई र राम सिंहले स्वर दिएका छन् ।
गीत राम सिंहकै लेखनमा तयार भएको हो ।
अधिकांश भागको छायांकन अमेरिकामा गरिएको गीतमा विकास गिरी र फ्लोना सेर्पाको अभिनय देख्न सकिन्छ ।
यस्तो छ भिडियो