मुखमा अनिवार्य मास्क, हातमा ग्लोबस र सेनिटाइजर हङकङको दैनिकी बनेको छ । हङकङका सधैं व्यस्त रहने र अत्यधिक चहल—पहल हुने स्थानहरू अहिले शून्य प्राय: छन् । होटल, रेस्टुराँ खाली—खाली छन् । मानिसमा त्रासदी छ, एकले अर्कोलाई शंकाको दृष्टिले हेर्छन् । हावाको माध्यमले एकबाट अर्कोमा तीव्र रूपमा सर्ने कोरोनाको प्रकोपकै कारण सार्वजनिक स्थानहरूमा जमघट कम हुन थालेको छ ।
लगभग दुई महिनादेखि कोरोना भाइरसको सन्त्रास उस्तै छ । हरेक साता एउटा न एउटा कार्यक्रम गर्ने हङकङका नेपाली संस्थाका कार्यक्रम स्थगन भएका छन् । फोटो पत्रकार राजभक्त भन्छन्, ‘हरेक दिनको भयभित समाचारले साह्रै गाह्रो भइसक्यो । बाहिर हिँड्ने वातावरण नै छैन ।’
भयले हङकङका नेपालीहरूलाई गाँजेको छ । ‘सबैजना डराएको मात्र देख्छु । काम नगरी बाँच्न गाह्रो छ, दैनिक उपभोग्य सामग्रीसँगै घरभाडा, बिजुली, पानीको बिल तिर्नका लागि पनि काम गर्नैपर्छ, बाहिर हिँडनै पर्छ,’ स्थानीय सोनु सुब्बा भन्छिन्, ‘मुखमा मास्कमात्र लगाएर ढुक्क हुन नसकिने रहेछ । जो मानिस देख्दा पनि मृत्युको भय देख्छु ।’
सामाजिक सचेतक कृष्ण प्रधान सार्वजनिक भएका समाचारले पनि मानिसमा भय वातावरण सिर्जना गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी अब केही नियन्त्रण होला भनेर हरेक दिन प्रतीक्षा गर्छौं । तर, संक्रमितको संख्या झनै बढिरहेको छ ।’ कोरोनाको बढ्दो सन्त्रासकाबीच हङकङका नेपाली संघ–संस्थाहरूले नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरिरहेका छन् ।
कोरोनाबाट जोगिनका लागि नेपाली समुदायमाझ विभिन्न सचेतनाका कार्यक्रमहरूको आयोजना भइरहेका छन् । यस्तै, हङकङमा रहेका नेपाली संघ–संस्थाहरूले विभिन्न संञ्चारमाध्यमबाट, प्रत्यक्ष भेटेर र विभिन्न प्रकारका सचेतनासम्बन्धी कार्यक्रमहरूको आयोजना गरेर नेपालीहरूलाई सतर्क गराइरहेका छन् । हङकङ सरकारले पनि विभिन्न राहतका कार्यक्रमहरू घोषणा गरेको छ ।
नेपालीहरूको अवस्था
हङकङमा लगभग ४० हजारको हारहारीमा नेपालीहरूको बसोबास छ । निर्माण र सुरक्षाको क्षेत्रमामात्र सीमित नेपालीहरू व्यापार, व्यवसाय र शिक्षाको क्षेत्रमा बलियो उपस्थिति जनाइरहेका छन् । अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना संक्रमण देखिएको छैन । मोडल बिनोद बस्नेत भन्छन्, ‘सानो–सानो कोठा, घना बस्तीले नेपालीहरू पनि संक्रमणमा पर्ने प्रबल सम्भावना छ । स्वास्थ्य र सरसफाइमा अति ध्यान दिन र भीडभाड तथा बाहिर नजान आवश्यक छ ।’
बजारमा मास्कको अभाव भए पनि नेपालीहरूलाई भने त्यसको खासै प्रभाव परेको छैन । दैनिक उपभोग्यका वस्तुहरू चामल, दाल, तेललगायत बजारमा अभाव हुँदा पनि नेपाली पसलहरूमा भारतबाट आयात हुने सामग्रीहरूले अभाव सिर्जना हुने दिएको छैन । बराहज्वेलरी हङकङकी सेल्स म्यानेजर सोनु भन्छिन्, ‘केही दिन अभाव महसुस भए पनि अहिले आवश्यक सामानहरू पाइन्छ । तर, अत्यधिक महँगो र किन्नै नसिकिनेछ ।’
हङकङका नेपाली लक्षित गर्दै नेपाली महावाणिज्य दूतावासले आफ्ना सेवाहरू अनलाइनमार्फत प्रदान गरिरहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै अफिसमा हुने भीडभाड र प्रत्यक्ष सम्पर्कलाई कम गर्नका लागि अनलाइनबाट सेवा प्रदान गरिरहेको छ । ‘हामीले चुस्त दुरुस्त सेवा प्रदानका लागि अनलाइन म्यासेज र निवेदनहरूमा विशेष ध्यान दिइरहेका छौं । सम्पूर्ण नेपालीहरूलाई सतर्क रहनका लागि पनि अनुरोध गरेका छौं,’ महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने ।
कोरोना संक्रमणको त्रास र कामविहीन भएको अवस्थामा नेपालीहरू सुरक्षित गन्तव्यका रूपमा नेपाल फर्किरहेका छन् । नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर नवराज उपाध्ययकाअनुसार नेपालीहरू १ देखि ३ महिनासम्मका लागि बिदामा नेपाल फर्किरहेका छन् । ‘नेपालबाट हङकङ आउने नेपाली र पर्यटकहरूको संख्यामा पनि खासै कमी आएको छैन्,’ उनले भने ।
कामको अभाव, अधिकांश कामविहीन
निर्माण, सुरक्षा र होटल क्षेत्रमा काम गर्ने अधिकांश नेपालीहरू कामविहीन भएका छन् । भयकै कारण अधिकांश होटलहरू बन्द छन् भने खुला रहेका केही बन्द हुने अवस्थामा छन् । बाहिरको खानपिन र भीडभाडमा जाँदा संक्रमणको खतरा हुने भएकाले होटलमा काम गर्ने कामदारहरूको संख्या पनि घट्ने क्रममा छ । निर्माण क्षेत्रमा काम गर्ने विनोद बस्नेत विगत ३ महिनाबाट कामविहीन भएका छन् । आफू काम गर्ने साइट बन्द भएपछि अन्यत्र कामका लागि बुझे पनि उनले काम पाउन सकेका छैनन् ।
कामको अभाव भएसँगै नेपालीहरूलाई समय काट्न मुस्किल परिरहेको छ । ‘बचत गरेको पैसा निकाल्दै दैनिकी निर्वाह गरिरहेका छौ,’ रेस्टुराँमा वेटरको काम गर्ने आशा गुरुङ भन्छिन्, ‘आशा छ, चाँडै समस्याको हल हुनेछ र सामान्य जीवनमा फर्कन पाइनेछ ।’
मृत्युको भय
आफ्नो जीवनको महत्व सबैलाई उत्तिकै हुन्छ । मृत्यु असम्भवभावी छ, एकदिन सबै मनुपर्छ तर, मृत्युको भयमा बाँच्न झनै गाह्रो । स्थानिय सोनु सुब्बा भन्छिन् ‘चारैतिर सबैजना डराएको मात्र देख्छु । काम नगरि बाँच्न गाह्रो छ, दैनिक उपभोग्यका सामाग्रीसँगै घरभाडा, बिजुली, पानीको बिल तिर्नका लागि पनि काम गर्नै पर्छ, बाहिर हिडनै पर्छ । मुखमा मास्क मात्र लगाएर ढुक्क हुन नसकिने रहेछ । जो मानिस देख्न पनि मृत्युको भय देख्छु ।’
सहयोगको बदला सहयोग
नेपालमा भुकम्प जाँदा हङकङका स्थानिय, चाईनिजहरुले सकेको सहयोग गरे । सार्वजनिक स्थलमा सहयोग रकम संकलन गर्दा पनि सबैले आर्थिक सहयोग प्रदान गरे । गुनको बदला गुन तिर्नुपर्छ भन्दै हङकङमा खोलिएका नेपाली संघसस्थाहरुले निशुल्क मास्क र सेनिटाईजर वितरण गरे ।
लालीगुराँस एसोसियसनले १० हजारप्रति मास्क वितरण गदै सहयोगको थालनी गऱ्यो । एसोसियसनले वृद्धवृद्धा, स्थानियहरुलाई सडकमै निशुल्क मास्क वितरण गरेको थियो । नेपाली जनसम्पर्क समिती, हङकङ नेपाली महासंघ, नेपालीहरुका लागि हङकङ सरकारको आर्थिक सहयोग रहेको सिएसटिएन प्रोजेक्ट, हङकङ एकिकृत नेपाली समाज (हिन्स), एनआरएनए हङकङ लगायतले निशुल्क मास्क, सेनिटाईजर वितरण गरे ।
सामाजिक युवा अभियान्ता चेतन गुरुङ भन्छन् बजारमा मास्कको अभाव श्रृजना भएसगै अत्याधिक मंहगी पनि बढ्यो । हामीले नेपालबाट केहि प्रति मास्क मगायौं र स्थानियहरुलाई निशुल्क वितरण गऱ्यौ । हामी हङकङमा पैसा मात्र कमाउन आएका हैनौ, हाम्रो वीरता, मानवियता र स्वाभिमानको परिचय दिनपनि आएका हौ । हामीलाई आपत पर्दा उनीहरुले सकेको सहयोग गरे, आज उनीहरु पिडामा छन्, हामीले सकेको सहयोग गर्नुपर्छ ।
मास्कको कालो बजारी
हावाको माध्यमबाट तिव्ररुपमा एकअर्कामा सजिलै फैलन कोरोना भाईरसबाट बँच्नका लागि खानपिन र सरसफाईमा ध्यान दिनेसँगै अनिवार्यरुपमा मास्क पनि लगाउनु पर्छ । बजारमा मास्कको माग बढ्न थालेसँगै अभाव श्रृजना भएको हो । अत्याधिक मास्कको खपत र मानिसले स्टोकमा राख्न थालेपछि बजारमा अभाव श्रृजना भएको हो ।
यहि मागलाई मध्यनजर गर्दै ब्यापारीहरुले शुरु गरिदिए कालो बजारी । २०/३० डलरमा पाईने प्याकेटलाई २००/३०० डलरसम्म पर्न थाल्यो । नेपालीहरुले पनि नेपाल, भारत लगायतका देशहरुबाट मास्क आयात गरि धमाधम विक्री वितरण शुरु गरे । विभिन्न देशहरुबाट मास्कको आयातसगै कम गुणस्तरका मास्कहरुले बजार ततायो ।
हङकङ सरकारका स्वास्थ्य निकायहरुबाट मास्क विक्री गरिरहेका स्थानिय स्थलहरुमा निगरानी र गुणस्तरको चेकजाच शुरु भएसगै केहि नियन्त्रण सम्भव भयो । तर पनि कम गुणस्तरका मास्कहरुको विक्रिवितरण खुलेआम भईरहेका छन् ।
दूतावासको अनलाईन सेवा
हङकङ स्थित महावाणिज्य दुतावासले आफ्नो सेवाहरु अनलाईन (डिजिटल ईसेवा) मार्फत प्रदान गरिरहेको छ । कोरोना भाईरसको संक्रमण तिव्र भएसँगै अफिसमा हुने भिडभाड र प्रत्यक्ष सम्पर्कलाई कम गर्नका लागि अनलाईनबाट सेवा प्रदान गरिरहेको छ ।
हामीले चुस्त दुरुस्त सेवा प्रदानका लागि अनलाईन म्यासेज र निवेदनहरुमा विशेष ध्यान दिईरहेका छौ । सम्पुर्ण नेपालीहरुलाई सर्तक रहनका लागि पनि अनुरोध गर्दछौ महावाणिज्यदुत कमलप्रसाद भट्टराई बताउछन् ।
कामको अभावले समय काट्न मुस्किल परिरहेको छ । बचत गरेको पैसा निकाल्दै दैनिकी निर्वाह गरिरहेका छौ आशा छ, चाडै समस्याका हल हुन्छ र नर्मल लाईफ शुरु हुन्छ, रेष्टुरेन्टमा वेटरको काम गर्ने आशा गुरुङ बताउछिन् ।
हङकङ सरकारको राहत कार्यक्रम
सरकार विरोधी आन्दोलनपछि भाईरस संक्रमणले गर्दा दयनिय अवस्थामा गुज्रिरहेको हङकङले आफ्ना नागरिकलाई विभिन्न राहतका कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । नागरिकहरुका असहजतालाई महशुस गर्दै पानी, बिजुलीको बिलमा छुट सगै विद्यार्थी, जेष्ठ नागरिकहरुलाई राहतका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
अर्थ सचिव पौल चानले वर्तमान आर्थिक बजेट प्रस्तुत गर्दै १८ बर्ष पुगेका हङकङका स्थायी बासिन्दालाई प्रतिब्यक्ति १०,००० डलर, निर्माण क्षेत्रमा काम गर्नेहरुलाई १५०० डलर र मान्यता प्राप्त निर्माण ब्यवसायलाई ५०,००० हङकङ डलर आर्थिक सहयोग रकम प्रदान गर्ने घोषणा गरेका छन् । स्थानीय जनतालाई राहतसगै साना ब्यापारीहरुलाई सहुलियत क्रणको लागि पनि १ सय २० अर्वको प्याकेज सार्वजनिक गरिएको छ ।
नेपाल फर्कनेहरुको लाईन
कोरोना भाईरस संक्रमणको क्रास र कामविहिन भएको अवस्थामा नेपालीहरु सुरक्षित गन्तब्यकोरुपमा नेपाल फर्किरहेका छन् । नेपाल एयरलाईन्सका कन्ट्रि म्यानेजर नवराज उपाध्ययका अनुसार नेपालीहरु १ देखि ३ महिनासम्मका लागि विदामा गईरहेका छन् । नेपालबाट हङकङ आउने नेपाली र पर्यटकहरुको संख्यामा पनि खासै कमि आएको छैन उनले भने ।
अहिलेसम्म १ जनालाई कोरोना सक्रमणको समाचार सार्वजनिक भएपनि स्थित सामान्य छ । हङकङमा संक्रमण देखिएपनि महामारीकोरुप नलिएको र नेपालीहरुमा नदेखिएकाले पनि आउने र जाने संख्यामा गिरावट नआएको उपाध्यय बताउछन् ।
नेपालीहरुको कोरोना प्रतिरोधात्मक कार्यक्रम
कोरोनाबाट जोगिनका लागि नेपाली समुदायमाझ विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् । गतहप्ता मात्र भाईरसबाट जोगाउान र स्वास्थ्य सम्बन्धी जानकारी दिनका लागि हङकङ नेपाली महासंघ, सिएसटिएन र नेपाल क्लब हङकङले संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा उपस्थित विद्यार्थी, वृद्धवृद्धा, जेष्ठ नागरिक समाजका अगुवाहरुलाई डा. लक्ष्मी रानाले भाईरसको परिचय, संक्रमण, पहिचान र नियन्त्रणका साथै रोकथामका उपायहरुका बारे जानकारी प्रदान गरेकी थिईन ।
कार्यक्रममा सहभागीहरुलाई भाईरसबाट बच्नका लागि मास्कको प्रयोग, सरसफाईको उपयुक्त तरिका निर्देशित पोष्टर, मास्क प्रदान गरिएको थियो ।
यो सगै हङकङमा रहेका नेपाली संघसस्थाहरुले विभिन्न संञ्चारमाध्यमबाट, प्रत्यक्ष भेटेर र विभिन्न प्रकारका सचेतना सम्बन्धी कार्यक्रमहरुको आयोजना गरेर नेपालीहरुलाई सर्तक गराईरहेका छन् ।
विश्वब्यापीरुपमा कोरोनाको संक्रमण
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना (कोभिड १९)ले विश्वब्यापीरुपमा आतंक मच्चाईरहेको छ । समाचार तयार पार्दासम्म चीनमा भाईरस संक्रमणकै कारण २,७६३ जनाको मृत्यु भएको छ, ८१,१२४ जनामा संक्रमण देखिएको छ भने ३०,००२ जना कोरोना संक्रमितको सफल उपचार भईसकेको छ ।
हङकङमा कोरोनाकै संक्रमणको कारणले २ जनाको मृत्यु भएको छ भने ८५ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय साउथ कोरियामा १,२६१ जनामा संक्रमण देखियो भने ११ जनाले ज्यान गुमाए । ईटलीमा पनि ३२३ जनामा संक्रमण देखियो ११ जनाले ज्यान गुमाए । अन्य देशहरु जापान, ईरान, सिंगापुर, अमेरिका, थाईल्याण्ड, फिलिपिन्स लगायतका देशहरुमा तिव्र गतिले भाईरस संक्रमण भईरहेको छ ।