साप्ताहिक संवाददाता
फाल्गुन २१, २०७६
नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक भएको छ । सय वर्ष पुरानो कथा माथि बनाईएको भनिएको चलचित्रको सार्वजनिक टिजरमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा लगायत चलचित्रका शिर्ष कलाकार देखिएका छन् । चलचित्रको टिजरमा मनाङको दृश्य देखाईएको छ ।
शिव, प्रदीप, सुनील लगायत यो चलचित्रमा माओत्से गुरुङ, क्रिस्टिना गुरुङ, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही, अनुभव रेग्मीलगायत कलाकारले पनि अभिनय गरेका छन् ।
सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको यो चलचित्र चैत २८ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।
चलचित्रको टिजर :