• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सुनसान लेकसाइड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

सुनसान लेकसाइड
फाल्गुन २४, २०७६

राति अबेरसँग जागा रहने पर्यटकीय नगरी पोखराको लेकसाइड साँझ नपर्दै सुनसान हुन थालेको छ । छिमेकी मुलुक चीनबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । हवाई र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटक आगमन हुने भएकाले पोखरा पनि भाइरसको अति जोखिमयुक्त स्थानमा परेको छ, जसको प्रभावले पर्यटकको आगमन घट्दा पोखरामा पनि यस्तो अवस्था देखिएको हो । 

पर्यटकको बाक्लो चाप हुने लेकसाइडमा चहलपहल घटेको छ भने होटल, रेस्टुराँ र रिसोर्टमा पाहुनाको अकुपेन्सी निकै तल झरेको छ, जुन अकुपेन्सी द्वन्द्व र भूकम्पको समयमा भन्दा पनि तल पुगेको छ । पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘स्थिति राम्रो छैन, अहिले १० प्रतिशतको हाराहारीमा मात्र अकुपेन्सी रहेको छ ।’ उनका अनुसार होटल, रेस्टुराँका साथै दिवा तथा रात्रिकालीन अन्य व्यवसायमा यसको प्रत्यक्ष असर देखिएको छ । 

विदेशी मात्र नभएर आन्तरिक पर्यटक पनि स्वास्थ्यलाई ध्यान दिएर घुम्नका लागि निस्कन छोड्दै छन् । यसले आर्थिक गतिविधि रोकिएको छ । होटल–व्यवसायमा पर्यटक अभाव हुँदा होटल सुचारु राख्न दैनिक चलाउने खर्च धान्न नै चुनौती देखिएको छ । ‘होटललाई दैनिक कर्मचारीसहितका सञ्चालन खर्च तथा बैंकको ब्याज व्यवस्थापन गर्न चुनौती भइरहेको छ’ तुलाचनले भने । 

कोरोना भाइरसका कारण पर्यटन प्रवद्र्धनका लागि कलकत्ता तथा बंगलादेश जाने कार्यक्रम संघले स्थगित गरेको छ । सभा, सम्मेलन र भोज गर्दा कोरोना फैलिने खतरा भएकाले सरकारले नै त्यसो नगर्न आग्रह गरेकाले त्यसको असर व्यवसायमा परिरहेको व्यवसायीहरू बताउँछन् । पश्चिमाञ्चल होटल संघमा आबद्ध होटलको संख्या ४ सय छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखराको कार्यक्रममा पनि कोरोना प्रभाव देखिएको छ । अध्यक्ष भीमसेन भुजेलका अनुसार रेबानको वार्षिक कार्यसूचीका कार्यक्रमहरू नै अनिश्चित बनेको छ । होली महोत्सव, सडक महोत्सव, पर्यटन महोत्सवलगायतका कार्यक्रम रेबानको वार्षिक कार्यसूचीमा पर्छ । फागुन २६ मा होली महोत्सव गर्ने निर्णय भए अनिश्चित बनेको उनले बताए । शुक्रबारसम्म यसबारे अन्तिम निर्णय लिने भुजेलले बताए । ‘तयारी त गरिरहेका छौं, तर अवस्था कस्तो बन्छ, त्यो हेरेर निर्णय गर्छौं’ उनले भने । 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले अहिले नै ९० प्रतिशत हाराहारी व्यवसाय घटिसकेको बताए । ‘धमाधम बुकिङ रद्द हुन थालेका छन्, ०७२ को भूकम्पमा भन्दा पनि खराब अवस्था बनेको छ,’ उनले भने । टान पश्चिमाञ्चलमा आबद्ध व्यवसायीको संख्या १ सय ८० छ । 

पोखरामा सडक मार्ग हुँदै आउने विदेशी पर्यटकको सङ्ख्या करिब ८० प्रतिशतले कमी आएको नाट्टा संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । पोखरा–काठमाडौं, पोखरा–चितवन र पोखरा–लुम्बिनीमा दैनिक चल्ने पर्यटक गाडीमा हाल यात्रुको सङ्ख्या घट्दा बैंक किस्ता तिर्नुभन्दा पनि कर्मचारीलाई तलब दिन र तेल हाल्नसमेत पैसा अभाव भइरहेको अध्यक्ष सिग्देलले गुनासो गरे ।

साहसिक पर्यटनको आकर्षण प्याराग्लाइडिङ व्यवसाय पनि २५ प्रतिशतमा झरेको छ । प्याराग्लाइडिङका ग्राहक मुख्य रूपमा चिनियाँ पर्यटक र विदेशमा बस्ने नेपाली हुन् । ‘प्याराग्लाइडिङ व्यवसायको अवस्था पनि नाजुक बनिरहेको छ,’ नेपाल हवाई खेलकुद संस्था ‘ना’का अध्यक्ष कृष्ण भण्डारीले भने । ‘ना’मा आबद्ध प्याराग्लाइडिङ कम्पनीको संख्या ६० रहेको छ । 

पोखराका कफी व्यवसायी शोभाखर अधिकारी कोरोनाका बारेमा हल्ला खल्ला बढी हुँदा व्यववसायमा असर परेको बताउँछन् । ‘हल्लाखल्ला बढी हुँदा आन्तरिक पर्यटक पनि भम्रणमा निस्कन छोडे, यसको मार कफी सपलाई पनि परेको छ,’ उनले भने । पोखरामा झन्डै ३ सय ५० को हाराहारीमा कफी सप रहेका छन् ।

होटल स्नोल्यान्डका सञ्चालक समेत रहेका पोखराका युवा व्यवसायी गणेशबहादुर थापा समग्र व्यवसाय नै ८० प्रतिशत तल झरेको बताउँछन् । ‘सुरुवातमा विदेशी पर्यटकका कारण असर देखिए पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकसमेत देखिन छाडेका छन्,’ उनले भने । कोरोनाको असरले पोखराको फेवातालमा डुंगा सयर गर्ने तथा फेवा किनारामा पुग्नेहरूको संख्या पनि ज्यादै न्यून देखिन थालेको छ । 

कोरोनाविरुद्ध तयारी

भाइरसबाट बच्न क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तयारी गरिसकेको छ । निर्देशक डा. विनोद बन्धु शर्माका अनुसार सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अन्य तीनवटा निजी हस्पिटलमा ६० बेड तयारी अवस्थामा राखिएको छ । पोखरामा हवाई मार्ग हुँदै आउने पर्यटकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि पोखरा विमानस्थलमा स्वास्थ्यकर्मीको एक टोली राखिएको छ । त्यसका साथै मुस्ताङ विमानस्थलमा पनि कोरोना भाइरससम्बन्धी सचेतना बढाइएको छ । त्यहाँ पनि पर्यटकहरूको निगरानी गरिएको निर्देशक डा. शर्माले बताए । 

हवाई उडानबाट पोखरा आउने विदेशी पर्यटकहरूलाई पोखरा नागरिक उड्ययन कार्यालयमा स्वास्थ्यकर्मीको टोलीले सचेतना प्रदान गरिरहको छ । संक्रमण सम्भावना भएकाहरूमा निगरानी थालिएको पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले बताए । 

व्यवसायीको माग

कोरोना विश्वव्यापी मुद्दा भएकाले यसको असर कम्तीमा १ देखि २ वर्ष सम्म पर्यटन व्यवसायमा देखिने पोखराका व्यवसायीहरूले आकलन गरेका छन् । त्यसैले यसले व्यवसायमा पार्ने प्रभावबारे राज्य सचेत हुनुपर्ने उनीहरूको भनाइ छ । त्यसका लागि सरकारले राहतका विशेष प्याकेज ल्याउनुपर्ने उनीहरूको माग छ । 

पर्यटन परिषद् अध्यक्ष पोखरेलले यस्तो सयमा पर्यटन व्यवसायीको राहतका लागि सहुलियत किस्तामा लोन दिनुपर्ने बताउँछन् । ‘पर्यटन गतिविधि ठप्प छ, लगानीलाई सम्बोधन गर्ने गरी सरकारले बैंकको लोन किस्तालाई तीन महिना सम्म पोस्टपोन्ड गरिदियोस् भन्ने आग्रह हाम्रो छ,’ उनले भने । कोरोना संक्रमित व्यक्ति आउन नदिन चेक पोस्टमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए । पोखरा पर्यटन परिषद्ले कोरोना सचेतना कार्यक्रम गर्न थालिसकेको उनले जानकारी दिए ।

‘पर्यटन क्षेत्रमा अर्बौं लगानी छ, राज्यले यस विषयमा पनि सोचेर निर्णय लिनुपर्छ’, रेबान पोखराका अध्यक्ष भुजेलले भने । सिजन सुरु हुने बेला आएको यो संकटमा पर्यटन क्षेत्रका १२ वटा संस्था आबद्ध रहेको पोखरा पर्यटन परिषद्ले लविङ गरेर राज्यसँग संयोजन गरिदिए सहज हुने आशा व्यवसायीको छ ।

यस्तो बेला ग्राहक बढाउने सम्भावना नभएकाले सरकारले व्यवसायीका लागि राहतका कार्यक्रम ल्याउनुको विकल्प नभएको ‘ना’का अध्यक्ष भण्डारीको मत छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik