• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
होलीमा यसरी जोगाऔं छाला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

होलीमा यसरी जोगाऔं छाला
फाल्गुन २५, २०७६

मित्रताको पर्व पनि मानिने होलीको आफ्नै सांस्कृतिक महत्त्व छ । पहाडी जिल्लामा आउने सोमबार र भोलिपल्ट तराईमा रंगको पर्व होली मनाइँदैछ । होली पूर्णिमामा प्रयोग गरिने रंग तथा लोलाका कारण होलीपछि विशेषत: छालाको समस्या आउनेको संख्या ह्वात्तै बढ्छ । यसका अतिरिक्त आँखा, कान, चोटपटकको समस्या पनि उल्लेख्य हुन्छ । रसायनयुक्त रंग फोक्सो एवं कपालका लागि पनि हानिकारक छ । आजकाल पहिलेजस्तो प्राकृतिक प्रकारको र शुद्ध रंग पाइँदैन । आजकालको रंगमा माटो, चुन, सिसा, अभ्रख, केमिकल र विषाक्त पदार्थ मिसावट गरिएको हुन्छ । होली पर्व मनाउने तौरतरिकामा पनि विचलन आएको देखिन्छ । थप मनोरञ्जन लिने बहानामा अधिक मद्यपान एवं भाङयुक्त खाद्यपदार्थको सेवनले थप विपत्ति निम्त्याएको देखिन्छ ।

रंगमा मिसाइएका अन्य पदार्थको दाँजोमा यसलाई विभिन्न रंग प्रदान गर्ने क्रममा मिसाइएका विभिन्न रसायनले गम्भीर खालको स्वास्थ्य समस्या गराउँछ । उदाहरणका लागि कालो रंगमा हुने लिड अक्साइडले मृर्गौलालाई, हरियो रंगमा हुने कपर सल्फेटले आँखालाई, बैजनीमा हुने क्रोमियम आयोडाइडले श्वास प्रश्वास प्रणालीलाई, सिल्भरमा हुने अल्मुनियम ब्रोमाइडले क्यान्सरको खतरा गराउँछ भने रातो रंगमा हुने मर्करी सल्फेटले छालाको क्यान्सर गराउने सम्भावना हुन्छ । त्यसैगरी धेरैजसो रंगमा जिन्क क्लोराइड मिसाइएको हुन्छ, जुन छालाको स्वास्थ्यका लागि निकै हानिकारक छ । कतिपय रंगमा हुने सिलिका वा एस्बेस्टसले क्यान्सर गराउन सक्छ ।

बलजफ्ती रंग दल्ने क्रममा छालाको विभिन्न समस्या आउने, आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने र दम तथा जीर्ण खालको ब्रोङ्काइटिस बल्झिने हुन्छ । रंग सर्किएको खण्डमा रसायनयुक्त रंगले खाद्यनली, मुटु र मृगौलालाई पनि नकारात्मक असर पुर्‍याउँछ । रंगमा भएका रसायनका कारण छाला सुक्खा हुने, डाबर आउने, छाला जलन हुने, रातो हुने, चिलाउने, छालाको रंग परिवर्तन हुने हुन सक्छ । रंग दल्ने क्रममा नाक, कान, मुख, आँखामा रंग पस्ने सम्भावना हुन्छ । जीर्ण खालको छालाको समस्या भएका, एलर्जीका रोगीमा रंगले राम्रो गर्दैन । त्यसैगरी मिसावटयुक्त रंगले कपालमा चायाको समस्या बढाउँछ । कहिलेकाहीँ रंग दल्ने क्रममा सिधै फोक्सोभित्र पनि छिर्न सक्छ । 

रसायनयुक्त रंगले आँखालाई सीधै असर गरी आँखा पाक्ने समस्या गराउन सक्छ । आँखामा रंग छिरेपछि आँखा माड्ने क्रममा आँखाको निकै संवेदनशील भाग नानीमा चोट पुग्न सक्छ । यसले गर्दा दृष्टि गुम्ने खतरा हुन्छ । रंगका कारण आँखा रातो हुने, दुख्ने कम देख्ने समस्या लामो समयसम्म रहेमा सम्बन्धित विशेषज्ञको सल्लाह लिनुपर्छ । 

लोला वा बेलुनले लागेर पनि आँखामा चोट लाग्न सक्छ । नाकबाट रगत आउने, कानको जाली फुट्ने तथा जीउमा पीडा हुने हुन सक्छ । त्यसमाथि कतिपयले तेजाबलगायतका घातक रसायन मिसाएको पानी हाली लोलाले हान्ने गरिन्छ । होलीमा जाँड–रक्सी सेवन एवं भाङ मिसाइएको विभिन्न झोल पदार्थ वा मिठाई खाने चलन छ । यी वस्तुको सेवनले होस गुम्ने, उत्तेजित बढ्ने कारण दुर्घटना निम्तिने बढ्ता सम्भावना हुन्छ । एकाध घटनामा छठ, कौसीबाट खसेको घटना पनि छ । 

होलीमा प्रयोग गरिने रंगका कारण मात्र नभई दिनभरिजसो घाममा बसी होली खेल्नाले सन बर्न (घामको पोलाइ) का कारणले जीउ, अनुहार, घाँटी, हातगोडामा जलन हुने पनि हुन्छ । त्यसैले सूर्यको किरणले असर गर्ने हुनाले होली खेल्नुअघि सन ब्लक क्रिम लगाउने, घाम छेक्ने क्याप लगाएर मात्र होली खेल्ने, शरीरको अधिक भाग ढाक्ने लुगा लगाउने गर्नुपर्छ । हातगोडा तथा खुल्ला भागमा छाला कमलो बनाउने क्रिम, टाउकोमा तेल लगाउनुपर्छ भने नङ पनि छोटो पार्नु राम्रो हुन्छ ।

शरीरमा तेल घसेर होली खेल्नु बुद्धिमानी हुन्छ । होली खेल्न पुगेपछि तुरुन्तै हात गोडा सफा गर्नुपर्छ । पटक–पटक साबुन दल्नुभन्दा कपासले नरिवल तेलको सहयोगमा जीउ शरीरमा लागेका बढीभन्दा बढी रंग हटाएपछि नरम खालको साबुनले नुहाउनु राम्रो हुन्छ । आँखा पाक्ने समस्याबाट बच्न सफा पानीले आँखा पखाल्ने गर्नुपर्छ ।

स्वस्थकर होलीका लागि

    प्राकृतिक रंग छान्नु बुद्धिमानी हुन्छ । 

    पानीमा घुल्ने खालका रंग छनोट गर्नुपर्छ ।

    राम्रो गुणस्तरको रंग प्रयोग गर्नु–गराउनुपर्छ ।

    रंग छान्दा दानेदारभन्दा पनि मिहिन खालको अबिर छान्नुपर्छ । 

    सकेसम्म टल्किने एवं सिल्भर रंगको प्रयोग गर्नु हुँदैन । 

    जलेको मोबिल, रसायनयुक्त रंगभन्दा सादा पानीको प्रयोग बढी श्रेयस्कर हुन्छ ।

    क्याप, चस्मा, शरीरको अधिक भाग ढाक्ने कपडा लगाएर मात्र होली खेल्नुपर्छ ।

    सवारी साधन चलाइरहेकालाई भुलेर पनि रंगले छ्याप्ने तथा लोलाले हान्नु हुँदैन ।

    कसैको इच्छाविपरीत रंग दल्ने, बेलुनले हान्ने गर्नु हुँदैन ।

    छाला पटक–पटक धुँदा अधिक जलन हुनसक्छ । त्यसैले छाला तथा अनुहारमा लागेको रंग हटाएपछि छाला मुलायम बनाउने खालका क्रिम वा भ्यासेलिन लगाउने गर्नुपर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik