साप्ताहिक संवाददाता
चैत्र ६, २०७६
नेपाली कला क्षेत्रमा चिनिएको नाम हो– सरिता लामिछाने । पछिल्लो समय ‘दृष्टि’ नामक सिरियलमा व्यस्त सरिता फाटफुट रुपमा म्यूजिक भिडियोमा पनि देखिन थालेकी छिन् । उनले पछिल्लो पटक अभिनय गरेको लो पटक अभिनय गरेको ‘मरेर के लानु छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक चेतन राईले गाएको उक्त गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री सरिता लामिछानेलाई आयान बज्राचार्य, प्रज्ञादीप राई तथा डा.सुबान्त के कुशुवाहले अभिनयमा साथ दिएका छन् ।
निर्देशक फराज अर्पणद्वारा नै छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन पनि गरेका छन् ।
गीतको म्युजिक भिडियो :