• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फोन गर्दा कोरोनाको सन्देश भन्ने को हुन् ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

फोन गर्दा कोरोनाको सन्देश भन्ने को हुन् ? 
चैत्र १०, २०७६

सञ्चारकर्मी अनिता विन्दु  मास्क किन्न मेडिकल गएकी थिइन् । पसलमा लाइन थियो । त्यति नै बेला एक बृद्धा आइपुगिन् । उनले पसलेसँग सेनिटाइजर मागिन् । र, भनिन्, ‘मोबाइलमा कुइँनाले मुख छोप्ने, सेनिटाइजर लगाउने भनेको भन्यै छ, त्यही भएर लिन आएको ।’ 

ती बृद्धाले यसो भन्दा अनिता खुसीले गदगद् भइन् । किन कि मोबाइलमा यसो भन्ने उनै थिइन् । उनले बुझिन् आफ्नो आवाजको प्रभाव । एउटा सन्देशले आम मानिसमा छरेको सचेतना । भन्छिन्, ‘६५ वर्षीया ती बृद्धाले भनेको सुनेपछि मलाई राम्रो काम गरेछु भन्ने लाग्यो । कुनै काम गरेपछि आत्मसन्तुष्टि सबैभन्दा महत्वपूर्ण हो भनिन्छ नि । मलाई त्यही सन्तुष्टि प्राप्त भयो ।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वब्यापीरुपमा फैलिरहेका बेला टेलिकमले आफ्ना ग्राहकलाई सचेत बनाउन यस्तो सूचना प्रवाह गरेको हो ।

आजकाल तपाईंले नेपाल टेलिकम मोबाइल वा फोनमा नम्बर डायल गर्नेबित्तिकै एउटा धूनसँगै सुनिन्छ– ‘कोभिड–१९ का मुख्य लक्षणहरू ज्वरो आउने, थकाइ लाग्ने र सुख्खा खोकी आदि हुन् । यसबाट आफू र अरूलाई सुरक्षित राख्न गुणस्तरीय सेनिटाइजर वा साबुन पानीले नियमित हात धुनुहोस् ।’ 

सन्देश अझै अघि बढ्छ– ‘खोक्दा, हाछ्यूँ गर्दा मुख र नाकलाई कुहिनो वा टिस्यूले राम्ररी छोप्नुहोस् । भीडभाडमा जाँदा मास्क प्रयोग गर्ने तथा खोकिरहेको व्यक्तिबाट कम्तीमा ३ फिट पर बस्नुहोला । यदि तपाईंमा यस्तो लक्षण देखिएमा स्थानीय स्वास्थ्य संस्था वा अधिकारीले दिएको सल्लाह–सुझावलाई पालना गर्नुहोस् ।’

०००

गत साता नेपाल टेलिकमबाट फोन आयो, कोरानासम्बन्धी सन्देश रेकर्ड गर्नका लागि प्रस्तावसहित । उनले प्रस्तावलाई सहर्ष स्वीकार गरिन् । गत बुुधबार साँझ नेपाल टेलिभिजनको कार्यालयमा सन्देश रेकर्ड भयो । एउटा अलिक छिटो बोलेको र एउटा ढिला बालेको दुई सन्देश उनले १० मिनेटभित्र रेकर्ड गराइन् । एउटा कागजको टुक्रमा लेखिएको शब्दहरू पढ्न उनलाई कुनै तयारी गर्नुपरेन । नेपाल टेलिभिजनकी समाचार सम्पादक अनिता बोल्नमा अभ्यस्त भइसकेकी थिइन् नै । 

रेकर्डिङ भएको २४ घन्टा नबित्दै टेलिकमका ग्राहकको ‘सिआरबिटी’ मा सो सन्देश बज्न थाल्यो । अनिता भन्छिन्, ‘यस्ता सन्देशहरूमा यसअघि पनि बोलिराख्थेँ । त्यसैले कुनै अभ्यासविना नै एकैछिनमा यो सन्देश रेकर्डिङ ग¥यौं ।’ यसअघि सयौं सूचनाहरू रेकर्डिङ गराएकी अनितालाई यो सन्देश रेकर्ड गर्दा पनि समान्य लाग्नु स्वाभाविक थियो ।

बिहीबार दिउँसो उनलाई एकाएक बधाईको ओइरो आउन थाल्यो । फोन, मेसेज र फेसबुकमार्फत । ‘कस्तो गज्जबको सूचना प्रवाह गर्नुभएको रहेछ, कति मीठो बोल्नुभएको रहेछ, निकै राम्रो काम गर्नुभयो भन्दै बधाई आउन थालेपछि भने केही नौलो लाग्यो’ अनिता अनुभव सुनाइन् । जुन अनुभव उनले यसअघि गर्न पाएकी थिइनन् । अर्थात, सामान्य लागेको कामले उनलाई असामान्य अनुभव दिलायो । 

तारन्तार बधाई आउन थाले पनि उनले आफ्नै आवाज भने सुन्न पाएकी थिइनन् । त्यसपछि उनले आफ्नै बहिनीको मोबाइलमा फोन गरिन् । ‘सिआरबिटी’ मा आफ्नै आवाज सुनियो । खुसी हुँदै बहिनीलाई उनले यसबारे भनिन् । बहिनीले यति भन्नासाथ फोन काटिन् । दिदीको आवाज सुन्न अनितालाई नै फोन गरिन् । ‘कति राम्रो बोलेको’ बहिनीको प्रतिक्रियाले उनलाई झन् खुशी बनायो ।

करोडभन्दा धेरै मानिससामू आफ्नो आवाज पुग्नुको खुशी त छँदैछ, सिआरबिटी सुनेपछि सामाजिक सञ्जालका साथै साथीसंगी र अपरिचितहरू प्रतिक्रियाले उनी उत्साहित छिन् । मिडियाले दिएको स्थानले उनलाई विशेष अनुभव भएको छ । ‘अरू बेलाको रेकर्डिङमा पनि साथी–भाइले राम्रो छ भन्नुहुन्थ्यो तर यतिबेला त देशले नै भनिरहेको छ । मेरा लागि योभन्दा धेरै खुसीको कुरा अरू के नै हुन सक्छ र !’ अनिता भन्छिन् ।

टेलिकममा मात्र नभएर अन्य कार्यक्रमहरूमा पनि आफूले कोरोनासम्बन्धी सूचना तथा सन्देशहरू प्रवाह गरेको अनिता बताउँछिन् । यसलाई उनले एउटा सञ्चारकर्मीको भूमिका र दायित्वका रूपमा लिएकी छन् । र, उनको आग्रह छ– संक्रमणबाट बच्न सबैले आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ । त्यो आफ्नै लागि होस् या अरू कसैका लागि ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि छ । यस्तो अवस्थामा जनतामा सचेतना फैलाउने काममा आफूलाई पनि सहभागी बनाउन पाउँदा अनिता खुसी छिन् । टेलिकममा छोटो समयमा दिइएको यो सन्देश केवल जनतामा जागरुकता जगाउनका लागि भएको उनको भनाइ छ । भन्छिन्, ‘यो त एउटा सानो सन्देश थियो । कोरोना संक्रमणबाट बच्न हामीले गर्नुपर्ने काम धेरै छ । विभिन्न मिडियामा पनि आइरहेको छ । सरकारले पनि भनिरहेको छ । सबैभन्दा पहिला हामी आफैँ सचेत भयौँ भने यो संक्रमणबाट बच्न सक्छौँ ।’ डाक्टर, स्वास्थ्यकर्मी र विज्ञका सुझाव अपनाउन उनको सबैमा आग्रह छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik