चैत्र २३, २०७६
सरकारले कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नफैलियोस् भनेर चैत्र ११ गते देखि गरेको लकडाउनको समय दोस्रो पटक थप भएको छ । दोस्रो पटक थप गरेको समय आगामी मंगलवार समाप्त हुदैंछ । तर संक्रमणको संत्रास अझैं घटेको देखिदैंन ।
लामो समयको लकडाउनले सबै ठाउँको जिवन कष्टकर बन्दै गएको छ । तर पनि संक्रमणको संत्रासले मानिसहरु जस्तो सुकै समस्या सहेर पनि घर भित्रै बसिरहेका छन् । दैनिक रुपमा हातमुख जोर्नु पर्ने बाध्यता भएका ब्यक्तिहरु बाहिर निस्किएपनि उनीहरुले भने जस्तो काम पाउन सकेका छैनन् ।
शहरका सडकहरु प्राय सुनसान छ । केही आपतकालिन अवस्थामा वाहेक मानिसहरु घरवाट बाहिर निस्कन सकेका छैनन् । साँझ विहान अत्यावश्यक सेवाका सवारी साधनहरु चलेपनि दिउँस भने प्राय सुनसान देखिने गरेको छ ।