१ गते नयाँ वर्ष आरम्भ २०७७ ।
मेष
विगतदेखि गरिआएका कार्य क्षेत्रको स्वरूप परिवर्तन गर्न तत्परता जाग्नेछ । परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ । धैर्यपूर्वक सूर्य देवको आरधाना गर्नसके सम्पूर्ण बाधाहरू स्वतः निर्मूल हुनेछ । साताको अन्त्यम नयाँ विचार मनमा फुर्न सक्छ ।
वृष
शारीरिक क्षमता जोगाउन खानपानमा फेरबदल गर्न जरुरी छ । परोपकारी कार्य गरेर नै अरूको मन जित्न सकिनेछ । इर्ष्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यका लागि विशेष कार्यमा जग बसाउने सकिनेछ । तपाईंको शुभ रंग नीलो हुनेछ भने ध्यानक्रिया गर्नाले फलिफाप हुनेछ ।
मिथुन
बन्न लागेका कार्यहरू ओझेलमा पर्नेछन विवेक तथा धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्त होला । सामाजिक सञ्जालबाट मन भित्रका भावना आदान–प्रदान गरिनेछ ,विचार पुर्याएर निर्णय गर्नुहोला । पारिवारिक वादविवादबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ ।
कर्कट
प्रेम जीवनमा अल्झन देखा परे पनि साताको मध्यबाट पुनः रतिरागको भावना साटासाट हुनेछ । परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरूले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आराधना गर्नसके मन विचल्लित हुने छैन । अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।
सिंह
तपाईंलाई यो साता शीघ्र निणर्य गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । हितैषीसँग सुझाव संकलन गरी अघि बढे आफू सुरक्षित भइनेछ । सानातिना घरायशी काममा अल्झिएर महत्वपूर्ण कार्य छुट्न सक्छन् सचेत रहनुपर्नेछ । साताको अन्त्यमा स्वास्थ्य प्रतिहेक्का राख्दै सुरक्षित रहनुहोला ।
कन्या
अरूको सहयोगी भावनालाई प्रशंसा गर्दा आफू उचाइमा पुगिनेछ । बाहिरी वातावरणअनुरूप चल्न सके फाइदा नै होला । अभिभावकको सुझावले शारीरिक एवं मानसिक कुभावनाहरू स्वतः हटेर जानेछ । आय–आर्जनसम्बन्धी व्यवहारले सताउन सक्छ ।
तुला ः
आर्थिक संकट वृद्धि भई मानसिक तनाव देखा परेमा निवारणको निम्ति योगाभ्यास तथा ध्यान क्रिया गरी मुक्त भइनेछ । आफूभित्र भ…एको स्वाभाव परिवर्तन गरी समय अनुकूल चल्न सके आर्थिक पक्ष सुध्रिदै हुँदै जानेछ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ ।
वृश्चिक
पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । परिचित मित्रबाट समेत सहयोग नपाइएला । पारिवारिक विवादबाट टाढा नै उपयुक्त हुनेछ । साताको अन्त्यमा समय सुधारोन्मुख हुनेछ ।
धनु ः
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सकेसम्म कम बोल्दा आफ्नो हितमा हुनेछ । कृषि तथा पशु व्यवसायमा लगानी गर्दा खेर जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताको अन्त्यमा पेटसम्बन्धी वेदनाले खर्च गराउला ।
मकर
विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ । सामाजिक सञ्जालमा आफूले गरेका कार्यले चर्चा बटुल्नेछ । भेट्न आउने मित्रसँग सावधानी अपनाए बेस होला । बोलीमा थप प्रभाव पार्न सेतो रंगको अनुशरण लाभदायक मानिनेछ ।
कुम्भ
प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै प्रतिष्ठा दिलाउन सक्छ । काम देखाएर धेरैको प्रशंसा बटुल्न केही समय लाग्नेछ । तत्काललाई समस्या देखिए पनि निरन्तरको प्रयासले सही मार्ग पहिल्याउन सकिनेछ ।
मीन
सोचेका योजनाहरू आंशिक रूपमा ढिला सुस्ती हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । घरभित्र बसी नयाँ योजना बनाइनेछ । समाजसेवातर्फ आकर्षित हुँदा सामाजिक दूरी प्रतिहेक्का राख्नुहोला । साताका अन्त्यमा स्वास्थ्यप्रति सजगता अपनाउनुहोला ।