• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
लकडाउनमा सेवा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

लकडाउनमा सेवा
वैशाख ७, २०७७

कोरोना भाइरस (कोभिड–१९) को विश्पव्यापी महामारीले काम गरिखाने वर्गलाई झ्न ठूलो समस्यामा पारेको छ । सरकारले गरेको लकडाउनपछि दैनिक ज्यालादारी श्रमिक, मजदुर तथा विपन्न समुदायलाई रोगको भन्दा भोकको चिन्ताले पिरोलेको छ । यस्तो अवस्थामा सरकारको मात्रै भर नपरेर विभिन्न गैरसरकारी तथा व्यावसायिक समूले राहत वितरणका काम गरिरहेका छन् । व्यक्तिगत र संस्थागत पहलमा लकडाउनका बीचमै समाजसेवामा खटिने मनकारीहरू सबैका प्रेरक बनेका छन् । 

अर्घाखाँचीकी पुष्पा पोखरेल काठमाडौंको एक गार्मेन्टमा काम गरेर श्रीमान् र आफ्नो गुजारा चलाइरहेकी थिइन् । लकडाउनपछि गार्मेन्ट बन्द भयो । दैनिक गुजारा चलाउन गाह्रो हुँदै गयो । खाने कुरा पनि सकिएपछि आफू र परिवारको चिन्ताले उनलाई सताउन थाल्यो । यत्तिकैमा उनका लागि निता राउत फाउन्डेसन भगवान बनेर आयो । फाउन्डेसनले एक महिनालाई पुग्ने खाद्यान्न उपलब्ध गरायो । फाउन्डेसनकी अध्यक्ष निता राउत दैनिक मजदुरी गरेर छाक टार्दै आएका ११ परिवार र केही संस्थालाई आफूलेसहयोग गरेको बताउँछिन् । लकडाउनको तेस्रो दिन असन, न्युरोड क्षेत्रमा भारी बोक्ने १५ जना मजदुरलाई ७ दिनका लागि खाद्यान्न उपलब्ध गराएर सहयोग सुरु गरेकी निताले दृष्टिविहीनको परिवारदेखि बालगृहसम्मलाई सहयोग गरिसकेकी छन् । निता भन्छिन्, ‘एक छाक टार्नसमेत गाह्रो भइरहेका व्यक्ति तथा परिवारलाई सानो नै भए पनि सहयोग गर्न पाउँदा निकै खुसी छु ।’ उनको काम देखेर उनलाई विदेशबाट पनि आर्थिक सहयोग जुटिरहेको छ । 

निताजस्तै व्यक्तिगत नामका फाउन्डेसन, युवाहरूका समूह, युवा क्लबले देशैभरि राहत वितरण तथा नि:शुल्क खानाको व्यवस्था गरेका छन् । कतिले व्यक्तिगत तहमा यस्तो सहयोग गरिरहेका छन् । केहीले राहत समिति बनाएर सघाएका छन् । केही रेस्टुराँहरूले पनि खाना पकाएर बाँडिरहेका छन् । केही टोलबाट टोलबासीले आर्थिक सहयोग उठाएर यस कार्यमा हातेमालो गरिरहेका छन् । 

थारु संघ–संस्थाहरूमा क्रियाशिल एउटा समूहले विभिन्न जिल्लाबाट रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा रहेका मजदुर तथा विद्यार्थीलाई सहयोग गरिरहेको छ । सिताराम थारु, शिव चौधरी, दिनेश चौधरी, दीपक चौधरी, नन्दु चौधरीलगायतको एक समूहले अभियान नै चालेर लकडाउनको १७ औं दिनमा सयभन्दा धेरै मजदुर र विद्यार्थीलाई दाल, चामल, नुन र खाने तेल वितरण गरेको छ । हालसम्म आफूहरूको सम्पर्कमा ३ सय ३१ जना मजदुर तथा विद्यार्थी आइसकेको र यो क्रम बढ्दै गइरहेको अभियन्ता सीताराम थारुले जानकारी दिए । उनकाअनुसार आगामी दिनममा पनि सम्पर्कमा आउनेहरूको अवस्था पहिचान गरी उच्च, मध्यम र निम्न जोखिमका आधारमा सहयोग वितरण गरिने छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ का युवाहरूले समस्यामा परेका व्यक्तिहरूलाई नि:शुल्क खानाको व्यवस्था गरेका छन् । स्थानीय अजयकुमार केसीको संयोजकत्वमा एक समिति नै बनाएर युवाहरूले बोजेपोखरीको चौरमा हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खाना वितरण गर्दै आएका छन् ।

कीर्तिपुरका युवा व्यापारी तथा समाजसेवी रवीन्द्र महर्जन, कृष्ण श्रेष्ठ, विनोद श्रेष्ठ, संगम महर्जन, कसेश महर्जन, शिव श्रेष्ठ, राजु केसी, शरद शर्मा, नैन तामाङलगायतको समूहले कीर्तिपुरमा नि:शुल्क खाना केन्द्र स्थापना गरेका छन् । लोकतान्त्रिक चोक र नगाउँमा रहेको खाना केन्द्रमा समस्यामा परेका मजदुर र विद्यार्थीलाई प्राथमिकतामा राखेर खाना खुवाउने व्यवस्था मिलाइएको छ । बिहान ९ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खानाको व्यवस्था गरिएको छ । दिनानुदिन खाना केन्द्रमा सहयोग गर्नेहरूको संख्या बढिरहेको छ ।

कलाकार दिनेश केसीले ‘किङ कङ’ नामक जिम क्लबसँग सहकार्य गरेर दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउनेहरूलाई नि:शुल्क खाना वितरण गर्दै आएका छन् । उनीहरूले भीमसेनगोला नजिकैको पुल, पुरानो बानेश्वरको विजयचोक र ग्लोबल कलेज अगाडि दैनिक सयभन्दा धेरै मजदुरलाई खाना वितरण गर्दै आइरहेका छन् । कोही भोकभोकै बसनु नपरोस् भन्ने उद्देश्यका साथ आफूहरूले लक डाउन अवधिभर खाना वितरण गर्ने केसीले जानकरी दिए । हरपल फुड्स प्रालिका अध्यक्ष जनकबहादुर धामीले बर्दिया क्षेत्र नम्बर–२ (ख) र कालिकोटबाट काठमाडौं आएर बसोबास गरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरूलाई खाद्यान्न वितरण गरेका छन् । अत्यधिक समस्यामा परेका ५० भन्दा धेरै मजदुरलाई उनले व्यक्तिगत पहलमा खाद्यान्न वितरण गरेका हुन् । 

लकडाउनको समयमा अत्यावश्यक सेवामा खटिनेलाई पनि विभिन्न क्षेत्रबाट नि:शुल्क खानाको व्यवस्था गरिएको छ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई केन्द्रित गरेर केही काठमाडौंवासीले आफ्नै घरबाट खाना पकाएर खुवाइरहेका छन् । त्यस्तै, कमलादिस्थित डल्ले रेस्टुरेन्ट पनि यो कार्यमा सक्रिय छ । रेस्टुरेन्टले दैनिक दुई सयभन्दा धेरैलाई खाना खुवाइरहेको छ । लकडाउनको समयमा देशका धेरै रेस्टुरेन्ट बन्द रहेका बेला डल्लेले लक डाउनको पाँचौं दिनदेखि यस्तो सेवा थालेको सञ्चालक आलोक योञ्जनले जानकारी दिए । रेस्टुरेन्टले सुरक्षाकर्मी, चिकित्सक र एम्बुलेन्स चालकलाई खाना खुवाउँदै खाएको छ । बाजेको सेकुवा रेस्टुरेन्टले पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई खाना खुवाउन थालेको छ । 

उपत्यका बाहिर अर्घाखाँचीको सन्धिखर्ककी गोमा सापकोटा (रेग्मी) परिवारले सन्धिखर्क–२ भद्री खोलाका अति विपन्न ४५ जनाको परिवारलाई खाद्यान्न वितरण गरेको छ । विराटनगरका युवाहरूले समेत सडक पेटीमा बस्दै आएका मजदुर, विपन्न र बेसहारालाई नि:शुल्क बिहान–बेलुकाको खाना खुवाउँदै आएको छ । विराटनगरका युवा तथा समाजसेवीहरू वसिम आलम, भरुषण लिम्बु, पेरिस सुवेदी, पप्पु अन्सारी, दिपेन मरिकलगायतको समूहले नि:शुल्क खानाको व्यवस्थापन गरेका छन् । पप्पु अन्सारीले सञ्चालन गरेको रोयल बिर्यानीमा खाना बनाएर सडकपेटीमा बस्नेहरूलाई उनीहरू रहेकै स्थानमा पुगेर खाना वितरण गरिन्छ ।

हेटौंडाका धर्मराज पुडासैनी र सलिना ढुंगेल दम्पतीले कमोने–८ का निम्न परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । धर्मराज भन्छन्, ‘यस्तो विपत्तिमा आफ्नोतर्फबाट सेवा गर्न पाउनु धर्म हो । लकडाउन अवधिभर हामी बिहान–बेलुकाको छाक टार्न समस्या भएका विपन्न परिवारलाई सहयोग गर्न तयार छौं ।’ उनले पहिलो चरणअन्तर्गत २२ घर परिवारलाई १५ किलोको दरले चामल, दाल, नुन, साबुन र स्वायाबिन सहयोग गरेका थिए । दोस्रो चरणमा राहत वितरणका लागि सहयोगस्वरूप वडा कार्यालयलाई १० बोरा चामल उपलब्ध गराएका थिए ।

लकडाउनका कारण सवारी नचलेपछि हिँड्दै विभिन्न गन्तव्य(घर)मा जानेहरूको संख्या बढेपछि चितवनका केही युवाहरूले पैदल यात्रीलाई नारायणगढ बजारमा खाना खुवाउने व्यवस्था गरेका छन् । हिँडेर पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जानेलाई नारायणगढ बजारमा युवाहरूको यो समूहले खाना खुवाउने गर्छ । नारायणगढको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना बनाएर प्याकिङ गरी पैदलयात्रीलाई दिने गरिएको दाताराम घिमिरेले जानकारी दिए । उनीहरूले पैदलयात्रीमात्र नभएर सो क्षेत्रमा खानाको अभाव भोगिरहेका गरिब, निमुखा तथा मजदुरलाई समेत खाना खुवाइरहेको छ । ‘बिहान–बेलुका दाल, भात, तरकारी र दिउँसो बिर्यानी दिने गरेका छौं’ नेपाल युवाउद्यमी पञ्च चितवनका अध्यक्षसमेत रहेका घिमिरे भन्छन्, ‘मञ्चमा आबद्ध ४३ सदस्यहरूले आफ्नै गोजीबाट पैसा हालेर यो अभियान थालेका हौं । उनीहरूले सबैभन्दा टाढा गन्तव्य रहेको झापादेखि कर्णालीसम्मका मान्छेलाई खाना खुवाएका छन् । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा समस्यामा परेका गरिब, दलित, जमदुर, विपन्न परिवार र बाहिर घर भएका तर, लकडाउनका कारण घर जान नपाएकाहरूका लागि साँझ–बिहान नि:शुल्क भोजनको व्यवस्था गरिएको छ । हनुमानचोकमा व्यवस्था गरिएको नि:शुल्क भोजनको व्यवस्थापन महेन्द्र यादवले गरेका हुन् । उनीसँगै विजय यादव, राजु गुप्ता, सञ्जय शाह, ललित शाहलगायतले पनि सहयोग गरेका छन् । बाग्लुङ नगरपालिका–१ का लक्ष्मण श्रीले दैनिक मजदुरी गरी जीविकी चलाउनेहरूका लागि ३ सय केजी चामल र २५ केजी नुन सहयोग गरेका छन् । 

विदेशबाट पनि सहयोगी हात फैलिरहेका छन् । बेलायतबाट इशा गुरुङले काठमाडौंमा बस्दै आएको एक विपन्न परिवारका लागि दुई महिनाको घर घाडा र दुई बोरा चामल उपलब्ध गराएकी छन् । यसअघि पनि उनले सुकुम्बासी, अति विपन्न परिवार र मजदुरलाई ५० बोरा चामल उपलब्ध गराएकी थिइन् । विदेशमा रहेका थुप्रै नेपालीले ब्यक्ति तथा फाउन्डेसनलाई ५ हजारदेखि लाखसम्म आर्थिक सहयोग गरेर राहत वितरणमा हातेमालो गरेका छन् । 

त्यस्तै, खानाबाहेक अन्य सामाजिक काममा समेत विभिन्न व्यक्तिसहयोग जुटिरहेका छन् । अभियन्ता महावीर पुनले स्वास्थ्यकर्मीलाई पीपीई वितरणदेखि कोरोना जाँच बुथको निर्माणसम्मको काम गरेका छन् । पुनकाअनुसार हालसम्म देशभर २२ सय ५० पीपीई वितरण भइसकेको छ । कोरोना आशंकामा अस्पताल आएका बिरामीको जाँच गर्दा डाक्टरको सुरक्षालाई ध्यानमा राखेर १६ जिल्लामा जाँच बुथको निर्माण गरिएको छ । अहिले १५ जनाको टोली राष्ट्रिय आविष्कार केन्द्रमै बसेर दिनरात विभिन्न सामाजिक कार्यमा खटिएका छन् । उनको यो कार्यमा देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । केन्द्रमार्फत कोरोना रोकथामका लागि हालसम्म २५ लाखभन्दा धेरै रकम खर्च भइसकेको छ ।

त्यस्तै, फिल्म प्राविधिकका लागि नायक पल शाहले ५ लाख सहयोग गरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समूहबाट पनि उनीहरूका लागि १ लाख १०हजार रुपैयाँ सहयोग गरिएको छ । यो सहयोग फिल्म सुटिङका क्रममा खाना पकाउने कुक म्यान, लाइट म्यानलाई उपलब्ध गराइएको छ । यो अभियानमा अन्य कलाकारले पनि साथ दिएका छन् । नायिका पुजा शर्माले प्राविधिकहरूको घर–घरमै पुगेर २ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेकी थिइन् ।

पशुपन्छीलाई पनि खाना

मानिसहरू घरभित्रै बस्न थालेपछि सहरी क्षेत्रमा रहेका पशुपन्छीभोकै हुनु परेको छ । होटलको रहलपहल र बजारमा फालिएका खाना खाएर पेट भर्ने सहरी क्षेत्रका कुकुरहरू भोकभोकै छन् । धार्मिक तथा पर्यटकीय स्थलका बाँदर र परेवाहरूलाई आहारा दिने कोही छैन । मानवीय चहलपहल कम हुँदा अन्य पशु तथा चौपायाको बाँच्ने सहारा गुमेको छ । यस्तो अवस्थामा केही मनकारी हातहरू सहयोगका लागि उठेका छन् ।

भीमसेनस्थानका सूर्यदीप श्रेष्ठको परिवारले स्वयम्भू क्षेत्रका कुकुर र बाँदरलाई लकडाउनदेखि नियमित खाना खुवाइरहेका छन् । कुकुरका लागि १० किलो चामलको भात, मासु र तरकारी पकाउँछन् भने बाँदरलाई मकै, चामल र गहुँ खुवाउँछन् । अहिले मान्छेले धेरैतिरबाट सहयोग पाए पनि कुकुर र बाँदर संकटमा परेका कारण आफूहरूले बिहान ५ बजे उठेर उनीहरूका लागि खाना बनाउने गरेको सूर्यदीपले बताए । 

सुर्खेतको वीरेन्द्रनगरमा सशस्त्र प्रहरी बलका नायब निरीक्षक प्रकाश ढकाल, उनकी पत्नी सीता र व्यवसायी बलबहादुर थापालगायतले सुरु गरेको कुकुरलाई खाना खुवाउने अभियान यतिबेला वीरेन्द्रनगर क्षेत्रका थुप्रै घरले सहयोग गरिरहेका छन् । सो क्षेत्रका सिटी बसपार्क, पिपिरा चोक, एरिचोक, गशेण चोकमा कुकुरलाई खाने कुरा राखिदिने भाँडा राखिएको छ । ‘घरमा बचेको खाना कुकुरका लागि यहाँ राखिदिनुहोला’ लेखिएको ब्यानरसमेत टाँगिएको छ । एनिमल नेपाल नामक संस्थाले यस्ता पशुपन्छी तथा चौपायका लागि ‘एक कचौरा पानी र एक कचौरा खाना’ अभियान चालेको छ । यो अभियानमा नायिका प्रियंका कार्की र आयुष्मान देशराजको आयंका फाउन्डेसनले १ लाख रुपैयाँ सहयोग गरेको छ । 

तिलक विश्वकर्मा र शिव सतार मिलेर ललितपुरका सडक कुकुर र बिरालोलाई खाना खुवाइरहेका छन् । क्लिन काष्ठमण्डप अभियानका सचिन पाण्डे विदेशबाट उपलब्ध राहत सम्बन्धित परिवारलाई वितरण गर्ने कार्यसँगै बाँदरहरूलाई फलफूल खुवाउन खटिएका छन् । स्वयम्भू क्षेत्रमा रहेका बाँदरहरूलाई फलफूल खुवाउँदै गरेको भिडियोसामाजिक सञ्जालमामार्फत उनले पशुपन्छीको सहयोगका लागि सबैमा अपिल गरेका छन् । नायिका वर्षा राउतले राजधानीका विभिन्न स्थानमा पुगेर बाँदर र कुकुरलाई फलफूल तथा खाना खुवाएकी थिइन् । 

भैंसेपाटीमा रहेको स्नेह केयरकी सनेहा श्रेष्ठको समूह र बूढानीलकण्ठको काठमाडौं पशु आश्रमले काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा रहेका कुकुर, बाँदर, परेवा र गाईवस्तुलाई दैनिक रूपमा खाना खुवाइरहेका छन् । दैनिक कुकुर, बाँदर, परेवा र गाईंलाई मासु–भात, उसिनेको आलु, चामल र बन्दा खुवाइरहको छ । ‘काठमाडौंका ठाउँठाउँ पुगेर हामीले खाना खुवाइरहेका छौं’, श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik