वैशाख १४ गते अक्षय तृतीया । १३ गते परशुराम जयन्ती ।
मेष
करियर बनाउन दैनिकीमा परिवर्तनको जरुरत पर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफ्नो कल्याण हुनेछ । बाहिरी वातावरणमा घुलमिल हुने प्रवृत्तिले पारिवारिक सम्बन्धमा किचलो उत्पन्न गराउन सक्छ । साताको अन्त्यमा स्वास्थप्रति सजगता अपनाउनुहोला ।
वृष
आधुनिक मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्याउनुपर्नेछ । समसामयिक अवस्थाअनुरूप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिँदा समस्यामा परिएला । विविध छटपटिकोबीच सुस्त तवरले उन्नतिको मार्ग प्रशस्त हुनेछ । सेतो रंग प्रयोग गर्न सके थप फाइदा पुग्नेछ ।
मिथुन
शारीरिक कमजोरी तथा आलश्यता महसुस हुनसक्छ । विपरीत लिंगीसँगको खटपटमा मलम लगाउन नयाँ रणनीतिको जरुरत पर्नेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । परिणाममुखी कार्य सम्पन्न गर्न केही ढिलाइ हुनसक्छ भन्ने हेक्का राखे सफलता हात लाग्नेछ ।
कर्कट
नजिकबाट घुलमिल हुन चाहनेसँग सामाजिक दूरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । विगतदेखि रोकिएका कार्य सम्पन्न गर्दा आफ्नै हित हुनेछ । योग तथा ध्यान गर्न सके स्फुर्ति पैदा भई मन हलुका हुनेछ । यो साता यात्रा नगर्दा नै उपयुक्त होला ।
सिंह
आफ्नो दृढताले पराजय सामना गर्नुपर्ने छैन । कार्य क्षमतामा स–साना त्रुटिहरूले मर्यादामा आँच पुर्याउन सक्छन् । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु नै उत्तम हुनेछ । सुनौलो रंग अवलम्बन गरी शारीरिक व्यायाममा जोड दिँदा फलिफाप हुनेछ ।
कन्या
पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्याउनेछ । इष्ट–मित्रबाट प्राप्त सुझाबले भलाई गर्नेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउनेछ । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्याउनेछ । साताको अन्त्यमा शारीरिक दुर्वलता देखा पर्न सक्छ ।
तुला
आफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछ । परिस्थिति अनुरूप चल्न नसक्दा प्राप्त अवसर अन्यत्र जान सक्छ । सरोकार नभएको विषयमा चासो नराख्दा नै वेश होला । साताको अन्त्यमा मनोरञ्जनतर्फ आकर्षित भइनेछ ।
वृश्चिक
अध्यात्मिक चिन्तन योग तथा ध्यानले दुभर्नवनाहरू समाप्ति हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ । श्रव्यदृश्यका मनोरञ्जन सामग्री प्रयोग गर्दा शारीरिक थकान कम गराउनेछ । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नु होला । परिश्रम अनुरूप सोचेको फल पाइनेछ ।
धनु
आफ्ना कमजोरी प्रतिगुनासो बढ्न सक्छ । अभिभावकसँग विचार नमिल्दा सामान्य खटपट हुनसक्छ । योग, ध्यान तथा भ्रमण गर्न सके तनावलाई कम गर्न सहयोग पुर्याउनेछ । मित्रवर्गहरूप्रति स–साना त्रुटिहरूलाई औंल्याउँदैमा टाढिन सक्ने सम्भावना छ ।
मकर
स्वदेशमै कृषि क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । सोचेका योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन् । रात्रिको मौसममा अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । शनिदेवको सेवाले प्राय: समस्या निराकरण हुनेछन् ।
कुम्भ
विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छ । असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी मेहनत गर्नुपर्नेछ ।
मीन
आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सल्बलाउन सक्छन् । संयमता अपनाउनु होला । आर्थिक प्रलोभन देखाउनेहरूबाट टाढा रहँदा नै आफ्नो तथा पारिवारिक प्रतिष्ठा उचाइमा पुग्नेछ । सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ । साताको अन्त्यमा पुण्य आर्जनतर्फ आकर्षित भइनेछ ।
भिडियोमा हेर्नुहोस् यो साताको राशिफल :