साप्ताहिक संवाददाता
वैशाख १३, २०७७
मनिसहरुले आफ्नो जिन्दगी आफ्नै लागि बाँचेको आभाष गर्न पाएनन् भने कति कति अप्ठ्यारो हुन्छ होला ? अथवा आफूले आफ्नै लागि सपना देख्न सकिएन भनेर यात्रा कति असहज हुन्छ होला ? यसको उत्तर त्यति सजिलो छैन् ।
तर, यस्तै यस्तै परिस्थितीबाट गुज्रिएका छन् गायक सम्राट प्रसाईं । उनले हालै सार्वजनिक गरेको एक गीतमा यस्तै भाव अभिव्यक्त गरेका छन् । ‘जिन्दगी’ बोलको गीतमा भनिएको छ – ‘दुई दिनको जिन्दगीमा बाँचिदिनु पर्ने रे । नदेखेका सपनाहरु देखिदिनु पर्ने रे ।’
बिक्रमादित्यले लेखेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको रेकर्डिङ स्मार्ट प्रसाईंले गरेका छन् ।
गीतको लिरिकल भिडियो :