• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
के काठमाडौं कोभिड–१९ फ्री भएकै हो ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

के काठमाडौं कोभिड–१९ फ्री भएकै हो ? 
वैशाख १६, २०७७

कोभिड–१९ संक्रमणको सम्भावित फैलावटलाई रोक्न सरकारले बन्दाबन्दीको समय १० दिन थप गरेको छ । ११ चैतबाट सुरु भएको बन्दाबन्दी अब २५ वैशाखसम्म रहनेछ । बन्दाबन्दीबाट बाहिर निस्कन यसको ‘एक्जिट प्लान’ कसरी बनाउने भन्ने विषयमा सरोकारवालाहरू उपत्यकामा विमर्श गरिरहेका छन् ।

यो विमर्शको केन्द्रमा राजधानी काठमाडौं छ । झन्डै ५० लाख हाराहारी जनसंख्या भएको र कस्मोपोलिटन सिटीका रूपमा विकसित हुँदै गरेको काठमाडौं केन्द्रमा रहनुको कारण राजधानी र सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलो भएकाले पनि हो । त्यसकारण केहीले काठमाडौंमा लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै आर्थिक क्रियाकलापहरू सुरु गर्नुपर्ने मत राखिरहेका छन् । कतिपय सरकारलाई लकडाउनको विकल्प खोज्न पनि सुझाइरहेका छन् ।  

काठमाडौं लगायतका केही ठाउँहरूमा लकडाउन खुला गर्नुपर्ने बहसको जग काठमाडौंमा कोभिड–१९ प्रसारको आँकडा र स्वरूप पनि हो । काठमाडौं खोल्नुपर्ने बहसमा यहाँका सरकारी अस्पतालमा उपचाररत सबै कोभिड–१९ संक्रमित बिरामीहरू निको भएर घर फर्किनु र थपमा नयाँ केसहरू नदेखिनुलाई पनि मानिएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत पहिलो कोभिड–१९ संक्रमितदेखि दोस्रो, तेस्रो कोभिड संक्रमितहरू उपचारपछि निको भएर फर्किसकेका छन् । पाटन अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित ८१ वर्षीया वृद्धा र उनका ५८ वर्षका छोरा पनि निको भएर घर फर्किसकेका छन् । यससँगै काठमाडौं उपत्यकामा देखिएका सबै ५ जना संक्रमित निको भएर घर फर्किसकेको अवस्था छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १३ वैशाखको तथ्यांकअनुसार वाग्मती प्रदेशमा १० जनामात्रै शंकास्पद कोभिड–१९ का बिरामी आइसोलेसनमा छन् । ती सबै काठमाडौं उपत्यकाका होइनन् ।  

सरकारले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण देखिएकाहरूको सम्पर्कमा आएकाहरूको ‘ट्रेसिङ र ट्रेस्ट’ का कामहरू पनि सम्पन्न गरिसकेको जनाएको छ । यसले ती कोभिड–१९ संक्रमितहरूले अरूलाई न सारेको देखिएको छ । यस्तो अवस्थामा उपत्यका बाहिर कोभिड–१९ का पोजेटिभ केसहरू देखिएको ठाउँबाट हुने आवात–जावतलाई रोकेर काठमाडौं खोल्नुपर्ने आवाज पनि उठिरहेको छ । 

११ वैशाखमा पाटन अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ का बिरामी निको भएर फर्किएसँगै काठमाडौं कोभिड–१९ संक्रमित बिरामी फ्री भएको थियो । काठमाडौंका अस्पतालबाट कोभिड–१९ संक्रमित सबै बिरामी निको भएर घर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरबाटै काठमाडौंलाई कोरोना बिरामी मुक्त भएको भन्दै सन्तोष प्रकट गरेका थिए । प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।’

त्यसो भए अब प्रश्न उठ्छ काठमाडौं उपत्यका कोभिड–१९ बिरामी फ्री मात्रै भएको हो वा कोभिड–१९ फ्री ? नेपाल मेडिकल काउन्सिल (एनएमसी)का अध्यक्ष समेत रहेका प्रा.डा. भगवान कोइराला काठमाडौंमा अझै उच्च सर्तकर्ता आवश्यक रहेकोमा जोड दिन्छन् । ‘एक्टीभ केस नभएकाले अहिले काठमाडौं उपत्यकालाई कोभिड–१९ का बिरामीमुक्त भन्न सकिन्छ,’ डा. कोइराला भन्छन्, ‘तर, बृहत् रूपमा मास टेस्ट नभएकाले अहिले नै कोभिडको सम्भावना सकियो । काठमाडौं कोभिड–१९ मुक्त भयो भन्न सकिने अवस्था छैन । कतिपय अवस्थामा कोरोनाको लक्षण नदेखिने भएकाले यो कतै लुकेको पनि हुनसक्छ ।’ 

महामारी रोग विशेषज्ञ प्रा.डा. केदार बराल पनि सतहमा केस नदेखिँदैमा काठमाडौं उपत्यकालाई कोरोनामुक्त भनिहाल्ने अवस्था नरहेको बताउँछन्  । ‘सतहमा अहिले कुनै केस देखिएको छैन । तर, केस नदेखिँदैमा कोरोनामुक्त अहिल्यै भनिहाल्न गाह्रो छ,’ डा. बराल भन्छन्, ‘सतहमा नदेखिएको अवस्थामा अहिल्यै कोरोना हुनै सक्दैन भनेर ठोकुवा गर्न सकिँदैन, अचानक कतै फेरि केस देखिने सम्भावना बाँकी नै छ । कोरोनामुक्त ठोकुवा गर्दा हामी सर्तकर्ताको सवालमा पछि पर्छौं, यतिबेला हामीले सबै चनाखो हुनुपर्ने र सबै इन्द्रिय उच्च सर्तकर्तामा राख्नुपर्ने अवस्था छ ।’  

डा. बराल कोभिड–१९ का बिरामी नरहेको अवस्थामा अब पब्लिक हेल्थका ६ वटा कुरामा ध्यान दिनुपर्नेमा जोड दिन्छन् १) कुनै केस देखिने बित्तिकै थाहा पाउने, २) आइसोलेट गर्ने ३) टेस्ट गर्ने ४) ट्रिटमेन्ट र म्यानेज गर्ने ५) कन्ट्याक्ट ट्रेसिङ  र ६) क्वारेन्टाइन गर्ने । यति गरेमा कुनै केस देखिने बित्तिकै थाहा पाउने मेकानिज्म बन्ने र त्यसलाई सीमित गर्न सकिने उनी बताउँछन् । कोभिडका कारण समाज बन्दाबन्दी आवश्यक भएको र लामो समयसम्म यसलाई लैजान पनि गाह्रो पर्ने भएकाले यसको एक्जिटका लागि  विवेकपूर्ण र वैज्ञानिक ढंगले मुभ गर्नुपर्ने उनको धारणा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की अहिले नै काठमाडौं उपत्यकालाई कोभिड–१९ फ्री जोन भन्न नसकिने बताउँछन् । ‘अहिले नै काठमाडौं उपत्यकालाई कोभिड–१९ फ्री जोन भन्न सकिँदैन्,’ उनी भन्छन्, ‘कोभिड–१९ बिरामी फ्रीचाहिँ भएको हो । अहिले पनि हामी खोजतलास गरिरहेका छौं, शंकास्पदहरूको स्वाब कलेक्सन जारी छ । अझै पनि छुस्स कतैबाट बिरामी आएर आउटब्रेक हुन सक्ने सम्भावना जीवितै छ ।’ यिनै आँकलनका बीच लकडाउन लम्बाउने वा कुन मोडलबाट हटाउने भन्ने विषयमा सरकारी अधिकारीहरूले विज्ञसँग छलफल जारी राखेका छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik