वैशाख १९ गते श्रमिक दिवस । २२ गते मोहिनी एकादशी । २५ गते चण्डी पूर्णिमा
मेष : गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन: प्राप्त भई टाडिएका साथीभाइहरू नजिकिनेछन । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । धन जोह नगर्दा आर्थिक संकटमा परिनेछ । साताको अन्त्यमा स्वास्थमा विशेष ध्यान पुर्याउनुहोला ।
वृष : प्रेमिकाको समर्थनले सञ्चालित व्यवसाय उचाइ लिन थप धनको आवश्यक पर्नेछ । सामाजिक संघ–संस्थामा सेवा गर्दा सकेसम्म कम बोल्नु आफ्नो हितमा हुन्छ । पेटसम्बन्धी समस्याले सामान्य पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा विचार पुर्याउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसलाले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।
मिथुन : व्यापार र व्यवसायमा परेको व्यायभारले गर्दा मानसिक पीडा हुनसक्छ , धैर्य गर्न सके उन्नतिका मार्ग भेटिनेछ । विपक्षीको छलकपट र जाल झेलमा भने सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछन् । सप्ताहन्तमा परोपकार कार्यमा रुचि बढ्नेछ ।
कर्कट : मन पराउनेबाट आएका प्रस्ताव स्वीकार गर्दा दुवैको कल्याण हुनेछ । तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । यात्राको समय तालिकमा फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । अवरोधहरू निर्मूल पार्न अभिभावकको प्रेरणादायक भूमिका हुनेछ । रात्रि समयमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
सिंह : सहयोगीका प्रस्तावलाई स्वीकार गर्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । मनोरञ्जन कार्यमा भाग लिँदा स्वास्थको ख्याल गर्नुपर्ने हुन्छ । साधन चलाउँदा सावधानी अपनाउनु होला । साताको अन्त्यमा फजुल खर्चले सताउनेछ ।
कन्या : देखासिकी गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरू अवलम्बन गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरू पहिचान गरी सफलता समेत हात पारिनेछ ।
तुला : सहयोगीका प्रस्तावहरूलाई स्वीकार गर्दा फाइदा नै हुनेछ । टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरीत लिङ्गी साथीलाई बचन दिँदा संयम अपनाउनुहोला । नौला स्थानको भ्रमण गर्दा स्वास्थप्रति विशेष ध्यान दिनुपर्नेछ ।
वृश्चिक : नयाँ अवसरसँगै सवारी साधन खरिद गर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्, सकेसम्म उनीहरूबाट टाढै रहनुपर्नेछ । अर्कालाई सहयोग गर्न मन लालयित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ ।
धनु : उच्च ओहोदाका सरकारी कर्मचारीलाई रज्यस्तरका महत्वपूर्ण जिम्मेवारी हात लाग्दा थप चुनौती सामना गर्नुपर्नेछ । गरी आएका पुराना कामबाट व्ययको भार मिल्नेछ । वैदेशिक कार्यमा अघि नबढ्दा नै उपयुक्त हुनेछ । स्वास्थ एवं समयप्रति विशेष ध्यान दिनुहोला ।
मकर : सुमधुर पारिवारिक वातावरणले नयाँ कार्यको थालनीमा आर्कषक भई श्री गणेशको लागी तिथि मिति तय गरिनेछ । फजुल खर्च र आर्थिक संकट वृद्धि भई मानसिक तनावलाई हटाउन योगाभ्यास गरी मुक्त भइनेछ । साताको अन्त्यमा सवारी साधनप्रति लालायित भइनेछ ।
कुम्भ : पारिवारिक भेटघाटले रमाइलो पूर्वकदिनहरू बित्नेछन् । आफूले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी जग्गाजमिन खरिद गर्न आकर्षित भइनेछ । योजनाभन्दा बढी खर्च हुनाले सहकर्मीबीच विवाद बढ्न सक्छ । घरायशी कामका विषयमा भने रुचि घट्नेछ ।
मीन : ठूला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । सहपाठी मित्रहरूको सुझाबबाट अधि बढिनेछ । आफूसँग भएका क्षमता प्रदर्शन गर्ने क्रममा मन मिल्ने साथीको मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरूले व्यावहारिक जिम्मेवारी दिलाउनेछन । प्रतिष्ठित व्यक्तिको सहयोग प्राप्त भई झिनामसिना समस्याको गाँठो फुक्नेछ ।