
साप्ताहिक संवाददाता

विश्वभरी फैलिएको कोरोना त्रास र झण्डै डेढ महिनादेखि जारी लकडाउनका कारण धेरैको जन–जीवन अस्त–ब्यस्त बनेको छ । लकडाउनले घरभित्रनै बस्नु परेका कारण कयौं मानिसहरु दु:खी छन् । तर, सिर्जनशिल मान्छेहरुले भने यो समयमा पनि नयाँ नयाँ सिर्जना गरिरहेका छन् ।
लकडाउनका पनि आफ्ना नयाँ सिर्जना सहित बारम्बार आफ्ना शुभचिन्तक सामु आईरहेका छन् कलाकार यमन श्रेष्ठ । लकडाउन सुरु भएसँगै आफ्नै पिता मदनकृष्ण श्रेष्ठले लेखेको एक गीत गाएर स्रोता माझ आएका यमन पुन: अर्को गीत लिएर उपस्थित भएका छन् ।
‘सधैं सधैं हारे मैले’ बोलको गीत सार्वजनिक गरेका यमनको गीत यसपटक भने उत्तम सञ्जेलले लेखेका हुन् । गीतमा किरण कँडेलको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीत प्रज्ञा साउण्ड स्टुडियो थापागाउँमा शम्भु कुमार तण्डुकारले रेकर्ड गरेका हुन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । उत्कर्ष कँडेलले खिचिको म्यूजिक भिडियो यमन आफैंले निर्देशन तथा सम्पादन गरेका हुन् ।
गीत रिलिज पछि यमनले आफूले गाईराखेको गीत भन्दा फरक गीत गाएको बताएका छन् । आफ्नो फरक प्रयासलाई सुनेर प्रतिकृया दिन यमनले आफ्ना स्रोता तथा दर्शकलाई आग्रह गरेका छन् ।
गीतको भिडियो :