• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अनलाइनमै कला प्रदर्शनी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

अनलाइनमै कला प्रदर्शनी
वैशाख २४, २०७७

सिर्जनशील व्यक्तिहरू संकटलाई अवसरमा बदल्न कुशल हुन्छन् । कुची र रङमा रमाउने कलाकारले कोरोना जोखिमका कारण भएको लकडाउनलाई त्यसरी नै अवसरमा बदलेका छन् । उनीहरू सिर्जनामा उत्तिकै सक्रिय छन् र त्यसलाई प्रदर्शन गर्ने नयाँ तरिका पनि पहिल्याइ रहेका छन् । 

सामान्य समयमा कलाकारहरू कला प्रदर्शनी र कार्यशालामा व्यस्त भइरहन्थे । जसका कारण सिर्जनाका लागि समय अभावको अनुभूति गरिरहेका हुन्थे । लकडाउनलाई उनीहरूले सिर्जनात्मक अवसरमा बदलिरहेका छन् । कलाकारको यही सिर्जनात्मक मुडलाई बुझेर काठमण्डप आर्टिस्ट्स ग्रुप र ई–आर्टस् नेपालले ‘अनलाइन कला प्रदर्शनी’ गरिरहेको छ ।

जहाँ हरेक दिन कलाकारका सिर्जना थपिइरहेको छ । ई–आर्टस् नेपालका आशा डंगोल भन्छन्, ‘सहरका ग्यालरी बन्द रहे पनि सामाजिक सञ्जालबाटै प्रदर्शन गर्न अभ्यास सुरु गरेका हौं । विदेशमा समेत अनलाइन कला प्रदर्शनीको ट्रेन्ड बढ्दै छ । त्यसैले हामीले यो समयलाई सुरुवातको उपयुक्त विन्दु मान्यौं ।’ यसले कला प्रदर्शनीको दायरालाई बढाइदिएको उनको निष्कर्ष छ । 

हरेक कलाकारका चित्र संसारका कुनै पनि कलाप्रेमीले हेर्न सक्ने र अनलाइनमै किन्न सक्ने भएकाले पनि यसको दुरगामी महत्व रहेको कलाकार सौरगंगा दर्शनधारीको मत छ । उनी प्रिन्ट मेकिङ आर्टमा सक्रिय छिन् । उनी भन्छिन्, ‘यो समय घरमै बसेर आनन्दले सिर्जनात्मक काम गर्न सकेको छु । बच्चा सानो भएकाले पूरै समय त दिन सकेकी छैन । तर, थुप्रै स्केचहरू बनाएँ ।’

उनले अनलाइन कला प्रदर्शनीका लागि ‘सर्चिङ स्माइल’ शीर्षकमा कला तयार गरेकी छन् । अनलाइन प्रदर्शनीमा राखेको उक्त कला धेरैले रुचाएको र अर्डरसमेत आएकोमा उनी खुसी छिन् । तथापि उनले यो समय विक्रिलक्षित कला बनाएकी भने होइनन् । ‘मनको शान्ति र आनन्दका लागि स्वतन्त्र रूपमा सिर्जना गरेकी हुँ । कलामा समाज र अहिलेको कठिन परिस्थिति चित्रण गर्दा केही हदसम्म भए पनि मनमा त्रास कम हुन्छ’, उनले भनिन् । 

हुन त यो अवधिमा श्रीमान् पृथ्वी श्रेष्ठ र उनी सहकार्यमा कलाकृति तयार गर्ने सोचमा थिए । तर, त्यो कार्य भने सोचेजति हुन सकेन । पृथ्वीले पनि ‘ब्याटल विथ कोभिड–१९’ शीर्षक चित्र बनाएर अनलाइन प्रदर्शनीमा राखेका छन् ।

अग्रज चित्रकार राधेश्याम मुल्मी अहिले अर्ध–अमूर्त शैलीका चित्र पूरा गर्न सक्रिय छन् । त्यसका साथमा उनी ‘मानव जीवन र यात्रा’लाई चित्रमा प्रस्तुत गर्दै छन् । उनले अनलाइन प्रदर्शनीमा ‘स्टे सेफ’ शीर्षक चित्र प्रदर्शनीमा राखेका छन् । उनको चित्रमा कोरोनाबाट सिर्जित समस्या अभिव्यक्त गर्छ जसमा एउटा मान्छे बाँदरसँग हात मिलाउन खोज्छ । तर, बाँदर भने हात मिलाउन आउँदैन र नमस्कार गर्छ । अन्य बाँदरहरू उक्त दृश्यलाई छक्क परेर नियालिरहेका छन् । ‘उपद्रो मच्चाउने बाँदरहरू त वर्तमान अवस्थामा सचेत बने, हामी मान्छे झन् सचेत बन्नुपर्ने हो । तर, लकडाउनको पालना राम्ररी नभएकाले यसलाई चित्रमा उतारेको हुँ,’ उनले भने । 

कलाकार प्रमिला बज्राचार्यले लकडाउनलाई परिवारसँग बस्ने मौकाको रूपमा त उपयोग गरिन् नै, कला क्षेत्रमा नयाँ काम गर्ने मौका रूपमा पनि बुझिन् । ई–आर्टस् नेपालसँग सम्बन्धित उनी हरेक दिन आफ्नो सिर्जना अनलाइन प्रदर्शनीमा राख्दै आइरहेकी छिन् । प्रमिला भन्छिन्, ‘मौकाको सदुपयोग गरौं । महामारी पनि छलिने र सिर्जनात्मक काम पनि बन्ने भएकाले घरमै काम गर्ने अवसर नगुमाऔं ।’ उनी अहिले कलाकारका लागि चाहिने शान्ति मिलेको उनको बुझाइ छ । त्यसैले उनी बन्द कोठाभित्रै प्रकृतिसँग कुरा गर्दैछिन् र सजिलो महसुस गर्दै रङसँग नियमित खेल्दै छिन् ।

क्लासिक ग्यालरीका संस्थापक कलाकार सरिता डंगोलले लकडाउनको दोस्रो सातादेखि नियमित चित्र कोर्दै आएकी छन् । हरेक दिन एउटा चित्र तयार पार्ने तालिका उनले बनाएकी छिन् । आफ्नो थिम प्रकृतिलाई नै अँगालेर उनले कोरोनालाई अभिव्यक्ति दिएकी छन् । उनको अनलाइन प्रदर्शनीमा राखिएको चित्रमा खुर्सानीलाई पातले छोपेको देखाइएको छ । जसमा खुर्सानीलाई पातको मास्क लगाइदिएको बिम्ब समेटिएको छ । जसबाट प्रकृतिलाई प्रकृतिले नै बचाइरहेको छ भन्ने सन्देश दिन खोजेकी छन् । उनले अर्को सिर्जनामा भने आफ्नो समुदायमा हुने पर्व र जात्राहरू मनाउन नपाएको खिन्नतालाई पोखेकी छन् ।

जसमा नेवारी कलात्मक ढोकाको चित्रमा बाहिर कोरोना कुरी रहेको देखाएकी छन् । अनलाइनमा यो चित्र देखेपछि इटालीको म्युजियमले समेत त्यहाँ हुन लागेको कला प्रदर्शनीमा छनोट गरेको छ । अहिले समय र परिस्थितिले गर्दा हरेक ठाउँमा अनलाइन प्रदर्शनीको माग बढिरहेको बताउँदै डंगोल लकडाउन अवधिभरि आफ्नो सामाजिक सञ्जालमार्फत समेत सिर्जनालाई प्रदर्शनीमा राख्दै छिन् । यसले गर्दा मेन्टल थेरापीसमेत हुने उनको विश्वास छ ।

यो अनलाइन प्रदर्शनीमा ‘कोभिड–१९’ शीर्षकमा दम्पती चित्रकार आशा डंगोल र एरिना ताम्राकारले ‘मास्क थिम’ मा मठमन्दिरमा संरक्षकका प्रतीक मानिने हात्ती र सिंहहरू बनाएका छन् । यो उनीहरूको संयुक्त कला हो । उनीहरूले भूकम्पको समयमा पनि यसरी एउटै क्यानभाषमा काम गरेर प्रदर्शनी गरेका थिए ।

ई–आर्टस् नेपालले उनीहरूको अतिरिक्त कलाकार किरण मानन्धर, राघिनी उपाध्याय, संगी श्रेष्ठ, प्रमिला बज्राचार्य, मनिषलाल श्रेष्ठ, विनोद प्रधान, भाइराजा महर्जन, सुनिला बज्राचार्य, पृथ्वी श्रेष्ठ, सविता डंगोल, सुष्मा शाक्य, सागर मानन्धर, प्रदीप बज्राचार्य आदिका चित्रहरू प्रदर्शनमा राखेको छ । 

यही ट्रेन्डलाई पछयाउँदै अप्रिल २६ देखि कम्युनिटी चिल्ड्रेन आर्ट स्कुलले पनि अनलाइन कला प्रदर्शनी सुरु गरेको छ । ‘इन्टरनेसनल चिल्ड्रेन आर्ट एक्जिबिसन’ नाम दिइएको कला प्रदर्शनीमा ४ वर्षदेखि १८ वर्षसम्मका कलाकारले भाग लिन पाउने व्यवस्था गरिएको छ । जसमा अहिलेसम्म नेपाललगायत अमेरिका, अस्ट्रेलिया, टर्की तथा भारतका ४० कलाकारले सहभागिता जनाएका छन् । कम्युनिटी चिल्ड्रेन आर्टका कलाकार सरिता डंगोल भन्छिन्, ‘यो समयमा बालबालिकाको सिर्जनालाई प्रोत्साहन गर्नुपर्ने समय पनि हो । यसले उनीहरूलाई ऊर्जा र सिर्जनामा लाग्ने हौसलासमेत मिल्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik