वैशाख ३० गते विश्व नर्स दिवस । जेठ १ गते संक्रान्ति ।
मेष :
कर्मचारी वर्गले गोपनियता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनु पर्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंका दृढताले पराजय सामना गर्नुपर्ने छैन । खानपानको असावधानीले स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । पहेंला फलफूल सेवनले स्वास्थ्य अनुकूल हुनेछ ।
वृष :
मित्रहरूबाट नौलो किसिमका प्रस्तावहरू आउनेछन् । सकारात्मक रूपमा लिनुहोला । साताको अन्त्यका परिस्थितिलाई बेवास्था गर्दा मानसिक पीडा र स्वास्थ्यमा समेत समस्या आइलाग्न सक्छ । शारीरिक क्षमता जोगाउन खानपानमा फेरबदल गर्न आवश्यक छ । परोपकारी कार्य गरेर नै अरूको मन जित्न सकिनेछ ।
मिथुन :
इष्र्या गर्नेहरूपछि लागेको अवस्था छ भविष्यका लागि विशेष कार्यमा जग बसाउन सकिनेछ । बन्न लागेका कार्यहरू ओझेलमा पर्नेछन् । विवेक तथा धैर्यतापूर्वक निर्णय गर्दा उपयुक्त होला । पारिवारिक वादविवादबाट टाडा रहँदा नै आफ्नो कल्याण हुनेछ ।
कर्कट :
कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला । पारिवारिक विवादबाट टाडा नै उपयुक्त हुनेछ । स्वास्थप्रति सजक रहनुपर्नेछ । साताको अन्त्यमा समय सुधारोन्मुख हुनेछ ।
सिंह :
योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ । योग ध्यान तथा शारीरिक व्यायाम गर्न सके फाइदा पुग्नेछ । साताको अन्त्यमा सञ्चार माध्यमको अनुशरण गरी नयाँ योजना बनाइनेछ ।
कन्या :
प्रशंसाकहरूले आलोचना गर्न सक्छन् । कम बोल्दा आफू सुरक्षित भइनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । साताको अन्त्यमा योग तथा ध्यान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।
तुला:
समाजसेवा तथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ । हितैषिसँग सुझाव संकलन गरी अघि बढ्दा आफू सुरक्षित भइनेछ । बाहिरी वातावरणमा घुलमिल हुँदा सामाजिक दूरी राख्दा नै कल्याण हुनेछ ।
वृश्चिक :
परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरूले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आरधाना गर्न सके मन विचल्लित हुने छैन । प्रेम जीवनमा अल्झन देखा परे पनि साताको मध्यबाट सुधारिनेछ । अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।
धनु :
समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ । कारोबार गर्दा सावधानी अपनाउनु होला ।
मकर :
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ । भेट्न आउने मित्रसँग सावधानी अपनाए वेशै होला । बोलिमा थप प्रभाव पार्न सेतो रंगको अनुशरण लाभदायक मानिनेछ ।
कुम्भ :
पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् । काम देखाएर धेरैको प्रशंसा बटुल्न केही समय लाग्नेछ । तत्काललाई समस्या देखिए पनि निरन्तरको प्रयासले सही मार्ग पहिल्याउन सकिनेछ ।
मीन :
आर्थिक सन्तुलन गडबड हुँदा प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । बोलीको मघुरताले बिग्रिएका सम्बन्धलाई सहयोग गर्नेछ । कृषि तथा पशु व्यवसायमा लगानी गर्दा खेरा जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताको अन्त्यमा पेटसम्बन्धी वेदनाले खर्च गराउला ।