
साप्ताहिक संवाददाता

गायक शिवप्रसाद देवकोटाको ‘घर भित्र हामी छौं’ बोलको लकडाउन गीत सार्वजनिक भएको छ । कोभिड– १९ को महामारीका कारण नेपाल विगत डेढ महिनायता बन्दाबन्दीको अवस्थामा छ । यो बेला देखिएको राजनीतिक अस्थिरता, सत्ताको चलखेलमा भएका गतिविधी र कमिसनका बारेमा उठेका सवालहरु माथि देवकोटाले गीतमार्फत व्यंग्य गरेका छन् ।
देवकोटाको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतको भिडियोमा सञ्चारकर्मी महेश तिमल्सिनाको निर्देशन रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । भिडियोलाई राज पोखरेलेले छायाँकन गरेका छन् । उक्त भिडियोमा देवकोटा र तिमल्सिनासँगै प्याब्सनका महासचिव कुमार घिमिरे, जया मल्टिपल क्याम्पसका प्रिन्सिपल भवानीप्रसाद पौडेल र मनकामना सेकेन्डरी स्कुलका प्रिन्सिपल आरसी देवकोटाको अभिनय रहेको छ । भिडियो शिव देवकोटा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो हेर्ने लिंक