घुमघाम
भेडेटारबाट जिपलाइन
धरानमा जिपलाइनको सुरुवात भएको छ । ६ सय ५० मिटर लम्बाइको उक्त जिपलाइन ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । धरान–४ भेडेटारबाट देवीथानसम्म जिपलाइन चल्ने सञ्चालकले जनाएका छन् ।
फाल्गुन ३०, २०७६
धरानमा जिपलाइनको सुरुवात भएको छ । ६ सय ५० मिटर लम्बाइको उक्त जिपलाइन ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । धरान–४ भेडेटारबाट देवीथानसम्म जिपलाइन चल्ने सञ्चालकले जनाएका छन् ।
फाल्गुन ३०, २०७६
अभियानमा २ लाखभन्दा बढी रकम संकलन भएको छ । जाडोको समयमा चिया बढी बिक्री हुनुका साथै सहयोगी मन भएकाहरूलाई समेत सहयोग गर्न सहज होस भन्ने हेतुका साथ सो कार्यक्रममा जुटेको अभियानकर्ता मध्येका अनुरोध ढकालले बताए ।
माघ २४, २०७६
मोरङका रविन घिसिङले ‘मोडल सुपर स्टार’ को उपाधि जितेका छन् । प्रोमोटिङ सोलुसनद्वारा आयोजित प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले उक्त उपाधि जितेका हुन् । महिलाातर्फको ‘मिस मोडल सुपर स्टार’ को उपाधि भने सजना पन्तले जितिन् ।
माघ ९, २०७६
केही चलचित्रमा सफल अभिनय गरेका अभिनेता अर्जुन कार्की खेल क्षेत्रमा समेत आबद्ध थिए । यद्यपि अहिले उनी चलचित्रको रंगीन पर्दाबाट ओझेलमा परिसकेका छन् । त्यही रंगीन दुनियाँलाई चटक्क बिर्संदै अहिले अभिनेता कार्की होटल व्यवसायमा क्रियाशील भएका छन् ।
भाद्र ६, २०७६
मध्यअसारमा समेत पानी नपरेपछि पानीको माग गर्दै मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संन्सारी मन्दिरमा स्थानीय कृषकहरूले भ्यागुताको विवाह गरिदिएका छन् । उक्त अवसरमा बेहुला र वेहुली पक्षसहित वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
असार २८, २०७६
सुन्दा अचम्म लाग्न सक्छ, कोही कसैले आफ्नै लिंग टुई टुक्रा बनाउन सक्छ भन्दा, तर मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले अघिल्लो बुधबार आफ्नै लिंग काटेर दुई टुक्रा बनाए ।
असार २२, २०७६
पूर्वी पहाडी जिल्ला धनकुटाको चुलीवनमा प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान भरेका थिए । एक्स्ट्रिम धरानका सचिव तथा बूढासुब्बा प्याराग्लाइडिङका सञ्चालक राईले उक्त उडानमा स्थानीय बासिन्दा नवीन केसीलाई उडाएका थिए ।
असार १६, २०७६
नेपालका दुई बालकलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रसारण भैरहेको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पर्न सफल भएका छन् ।
वैशाख २३, २०७६
तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई तथा माझीहरूले सिरुवा पर्व मनाएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर आदि जिल्लामा सोमबार सिरुवा पर्व धूमधामका साथ मनाइएको हो ।
वैशाख ६, २०७६
पिठयुँमा झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रिएका फुलन्देकी आमा (उमेश राई) लाई देख्नेबित्तिकै ताली र हुटिङको वर्षा भयो । पछिल्लो समय सानो पर्दामा जमिरहेका हास्यकलाकार फुलन्देकी आमालाई हाम्रो सुर सरगम समूहले धरानको सभागृहमा उतारेको थियो ।
चैत्र २९, २०७५
सहरी क्षेत्रमा ब्यान्ड बाजाले आफ्नो पकड जमाएका कारण नौमती बाजा लोप हुँदै गएका बेला बाजाको संरक्षणका लागि ब्राह्मण समुदायका नौ जना झापाली युवाले अग्रसरता देखाएका छन् ।
चैत्र १३, २०७५
मोरङको बेलवारी–१०, भाउन्नेस्थित सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मूर्तिकार ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लीन छन् । राम्रा कलाकृति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निर्माणका लागि पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरको मूर्ति कार्यशाला सुरु गरिएको वडाअध्यक्ष गंगा याक्खा बताउँछन् ।
फाल्गुन २२, २०७५
दोस्रो नेपाल च्याम्पियन राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ग्यालेक्सी फिटनेश, झापा(विर्तामोड)का ललित धिमालले जितेका छन् । एलाइनेट जिमको आयोजनामा शनिबार धरान, सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा पनि प्रथम हुँदै धिमाालले नेपाल च्याम्पियनको उपाधि जितेका हुन् ।
फाल्गुन २०, २०७५
विराटनगर महानगरपालिका–६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यस वर्ष पनि सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल एवं शक्ति प्रदर्शन गरेका थिए ।
कार्तिक ७, २०७५
परिवारको हात मुख जोड्न तथा आफूसहित भाइ र बहिनीको पढाइ खर्चको व्यवस्था गर्न विद्यालय अघि र पछिको समयमा आफुले सिटी रिक्सा चलाउँदै आएको रीता बताउँछिन् । दैनिक सरदर ६–७ सय रुपैयाँ आम्दानी हुन्छ, रीताले भनिन्— त्यसमध्ये २ सय ५० रुपैयाँ हरेक दिन स्थानीय वित्तीय संस्थामा बचत गरेर बाँकी रकम परिवारको गुजराका लागि आमा जुनालाइ बुझाउने गरेकी छु ।
आश्विन १३, २०७५