चितवनमा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ महापुराण आयोजना भइरहँदा मोरङको विराटचौकमा भने एक रुपैयाँ कप चिया अभियान सञ्चालन गरिएको छ । अभियानमा विराटचोक, बेलबारी, इटहरी र आसपासका संघ–संस्था, बैंक, वित्तीय संस्था र स्थानीय व्यक्तिहरूको उल्लेख्य साथ–सहयोग रहेको छ ।
अभियानमा २ लाखभन्दा बढी रकम संकलन भएको छ । जाडोको समयमा चिया बढी बिक्री हुनुका साथै सहयोगी मन भएकाहरूलाई समेत सहयोग गर्न सहज होस भन्ने हेतुका साथ सो कार्यक्रममा जुटेको अभियानकर्ता मध्येका अनुरोध ढकालले बताए ।
स्थानीय यम बुद्ध क्रिकेट क्लबको आयोजनामा धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरेको उक्त अभियान आइतबारदेखि सुरु भई ७ दिनसम्म सञ्चालन गरिएको क्लबका अध्यक्ष सेमन्त खतिवडाले जानकारी दिए ।