नेपालका दुई बालकलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रसारण भैरहेको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पर्न सफल भएका छन् ।
गत फेब्रुअरी ९ मा प्रारम्भ भएको उक्त प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिका सहभागी छन् । १२ वर्षका आयुष तथा ११ वर्षका प्रितम आचार्यसहित ८ जना नेपाली ऊक्त कार्यत्रमको अडिसनका लागि भारत पुगेका थिए ।
आचार्य र केसी दुवै जना सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलका टाइटल विजेता हुन् । आयुष सिन्धुपाल्चोक घर भै हाल भक्तपुर बस्दै आएका छन् भने प्रितम सुनसरीको इटहरीका स्थायी बासिन्दा हुन् ।
यी दुवै बालक विजेता बनुन् भन्ने सारा नेपाली टेलिभिजन दर्शकको चाहना भने भोटिङ राउन्ड सुरु नभए पनि उनीहरू विजेता हुने सम्भावना प्रबल बन्दै गएको छ । गत साता केसीले निर्णायकहरूको शत प्रतिशत मत प्राप्त गरेका थिए भने आचार्यले ९९ दशमलव ९७ प्रतिशत मत पाएका थिए ।