खडानन्द १४ वर्षे छोराको स्कुल ब्याग चेक गर्दै थियो । उसले त्यहाँ एउटा कन्डम भेटेछ ।
खडानन्द : के राखेको यस्तो ब्यागमा ?
(छोरा च्याप्प बाउको हातबाट खोस्दै ) : कहिलेकाहीं चाहिन्छ क्या ... ।
खडानन्द : लाज लाग्दैन ? यो उमेरमा यस्तो कुरा ब्यागमा राख्छस् ?
छोरो : अनि के यो उमेरमै बाउ बन्नु त ?
ससुरा (खडानन्दसँग) : आउनुस ज्वाइँसाहेब, बस्नुस् अनि आज कसरी बिहान–बिहानै दर्शन पाइयो त !
खडानन्द : हजुरकी छोरीसँग झगडा पर्यो । नर्कमा जा भनी अन्त.......!
खडानन्द डाक्टरकहाँ
डाक्टर : साह्रै कमजोरी भा’को देखियो, फलफुल खाने गर्नु बोक्रैसँग ।
(२ दिनपछि )
खडानन्द : डाग्डर सा’प, तपाईंको सल्लाहपछि त पेट दुखेर झन् मर्न लागें म त ।
डाक्टर: के खानुभा’को थियो ?
खडानन्द : बोक्रैसहितको नरिवल ......!!
छोरा : बाउ ! अहिले मलाई जसरी पिट्छौ नि ? हजुरबाले पनि तिमीलाई यसरी नै पिट्थे ?
खडानन्द : योभन्दा अझ बढी पिट्थे नि !
छोरा : ए, अनि यो खानदानी पागलपनको परम्पराचाहिँ कहिलेदेखि चलिरहेको छ नि हाम्रो घरमा ...........?
खडानन्द स्कुल टाइममा
साथी : तेरो इतिहासको परीक्षा कस्तो भयो खडु ?
खडानन्द : खत्तम भो नि यार, सालेहरूले म जन्मिनुभन्दा पनि पहिलेका प्रश्न सोधेर मर्या थिए, फेरि सबै प्रश्न पो त्यस्तै त........!
खडानन्द कार चलाइरहेका थिए ।
ट्राफिक : ट्राफिक सप्ताह चलिरहेको छ । सिट बेल्ट बाँधेर कार चलाउनुहुँदो रै’छ, यो एक हजार रुपैयाँ पुरस्कार तपाईंलाई । अब यो एक हजारले के गर्नुहुन्छ ?
खडानन्द : यसैमा थपथाप गरेर ड्राइभिङ लाइसेन्स बनाउँछु हजुर !
खडानन्द पत्नी (तरकारी पसलमा) : यो आलु कसरी हो भाइ ?
पसले : ५० रुपैयाँ किलो ।
खडानन्द पत्नी : अनि यो बन्दागोभी ??.....यो टमाटर ?.........यो भिन्डी ????
खडानन्द : अलि छिटो गर न, मलाई अफिसका लागि ढिलो हुन्छ !
पत्नी : नकराऊ खडु ! पहिले हतार गर्दा तिमीजस्तो पति भेट्टाएँ, अब तरकारी किन्दा पनि त्यही गल्ती दोहोर्याउनु ........?????
खडानन्द र उनका साथी बिहेभोजको निम्तोमा थिए । प्लेटमा ‘टिस्यु पेपर’ राख्या थियो, खडानन्द पेपर चपाउन थाले ।
साथीहरू (एकै स्वरमा) : ओए खडु, त्यो नखा, मीठो छैन.....!!
बसमा खलासीको काम गर्ने खडानन्दको बिहे हुने भयो । खडानन्द जन्तीका साथ बेहुलीको घर गए । खडानन्दलाई बेहुलीको छेउमा बसाइयो ।
खडानन्द (बेहुलीसँग) : अलि उता सरेर बस न, अरू एक जनालाई बस्ने ठाउँ पुग्छ .......!!
भिखारी : तपाईंको छिमेकीले भरपेट खाना ख्वाउनुभयो, तपाईं पनि केही ख्वाउनुस हजुर !
खडानन्द : लु लेऊ, यो हाजमोला खाऊ........!!
कन्जुस खडानन्द र ट्याक्सी ड्राइभर
खडानन्द : बाबु, पशुपतिनाथ मन्दिर जाने हो ?
ट्याक्सी ड्राइभर : जाने हो, बस्नुस् न !
खडानन्द : म जाने हैन बाबु, उताबाट फर्किंदा बरु मलाई पशुपतिको प्रसाद ल्याइदेऊ है भन्न लागेको ..........!
खडानन्द : आजको रिजल्टमा फेल भइस् भने मलाई बाउ नभन् ।
(रिजल्ट भैसकेपछि छोरा घर आएर बेलुका)
छोरा : दिमाग खराब नगर खडानन्द, तिमीले बाउ हुने हक गुमाइसक्या छौ......!!
सिनियर डाक्टर : प्यासेन्ट नं. २०३ लाई होस आइसक्यो ?
जुनियर डाक्टर खडानन्द : हैन डाक्टर सा’प, ऊ बेहोस मात्र थियो र ? मैले त उसको ‘पोस्ट्मार्टम’ पो गराइसकें त..........!!
खडानन्द र पत्नी नयाँ दिल्ली जान भारतको कुनै सहरमा रेल पर्खिरहेका थिए । त्यही बेला ‘न्यु दिल्ली मेल’ लेख्या एउटा रेल आइपुग्यो । खडानन्द त्यसैमा खुरुक्क चढेर पत्नीलाई हात हल्लाउँदै : जब अर्को ‘न्यु दिल्ली फिमेल’ लेख्या गाडी आउँछ, तिमी त्यसैमा चढेर आऊ है, म गए....।
खडानन्दले पत्नीलाई म्यासेज पठाए ।
तिमी मेरो जिन्दगी हौ, सबैथोक हौ, तिमी आएपछि नै मेरो जिन्दगीमा वसन्त बहार आयो, खुसियाली छायो.............
पत्नी (म्यासेजमा) : लौ आज फेरि ४ बोतल चढाएजस्तो छ । छिट्टै आऊ घर, म तिमीलाई केही भन्दिनँ ।
खडानन्द : म ढोका बाहिर छु, ढोका खोल्देऊ न त ..........!!
खडानन्द पत्नी : बिहान
उठ्नेबित्तिकै भगवान्लाई नमस्कार गरेर घरबाट बाहिर निस्कँदा जिन्दगीमा सबैतिर सफलता हात लाग्छ ।
खडानन्द : त्यस्तो हुँदैन । बिहे भा’कै दिन पनि म भगवान्लाई नमस्कार गरेरै निस्क्या थिएँ.......!
कवि खडानन्द : अब यहाँहरूलाई म जुन कविता सुनाउन लागिरहेको छु, त्यसको शीर्षक हो ‘आगो, पानी र धूवाँ’
दर्शक–श्रोता : बरु सिधै एकै शब्दमा भन्नू नि– हुक्का ।
खडानन्दलाई म्यानेजरले नोकरीबाट निकालेपछि साह्रै रिस उठेर प्रत्येक दिन म्यानेजरकै घर अगाडि दिसा गरेर हिँड्न थाले । एक दिन म्यानेजर र खडानन्दको बाटोमा जम्काभेट भयो ।
म्यानेजर : यो के बदमासी गरेको खडानन्द ?
खडानन्द : बदमासी हैन हजुर, तपाईंले मलाई जागिरबाट निकाले पनि म भोकै मर्या छैन भन्ने प्रमाण दिएको ........!!
भिखारी : यो भिखारीलाई केही देऊ बाबु, तिमिलाई स्वर्गमा ठाउँ मिल्छ ।
खडानन्द : लु काठमाडौं लैजाऊ, मैले तिमीलाइ दिएँ, काठमाडौं तिम्रो भो ।
भिखारी : काठमाडौं तिम्रा बाउको बिर्ता हो र मलाई दिनलाई ?
खडानन्द : के स्वर्गचाहिँ तिम्रा बाउको बिर्ता हो र ? यहाँ बसेर स्वर्गको प्लट बाँड्नलाई ...... ?
खडानन्द : छोरा, तैंले यो इन्जिनियरिङ कोर्सको पाँच वर्षभित्रमा सबैभन्दा अप्ठेरो कामचाहिँ के सिकिस ? भन् त !
छोरा : बसको छतमा बसेर मज्जाले हावा चलिराख्या बेला सलाइको एउटै काँटीले तीनवटा खुकुरी चुरोट कसरी सल्काउन सकिन्छ ? भन्ने कुरा सिकें .....!!
खडानन्द : मैले तिम्लाई बिहे गरेर एउटा फाइदाचाहिँ भा’को छ ।
पत्नी : के फाइदा ?
खडानन्द : यदि मैले जानी–नजानी कुनै पाप गरेको थिएँ भने त्यसको सजाय यही जुनीमा भोग्दैछु, अर्को जुनी पर्खनु पर्दैन ..........!
खडानन्द : यो डोरी लिएर कहाँ जान लाग्या नानी ?
केटी : झुन्डिएर मर्न !
खडानन्द : अनि यत्रो विधि मेकअपचाहिँ किन नि ?
केटी : अनि भोलि पत्रिकामा फोटो पनि त आउँछ होला नि अंकल.........!!
मत्तु खडानन्द बाटोमा
खडानन्द : भाइ कति बज्यो ?
बटुवा : ८ बजेर ३७ मिनेट भयो ।
खडानन्द : गधाहरू, कोही साँचो बोल्दैनन, बिहानदेखि
सोधिरा’को छु, सबैले अलग–अलग टाइम बताउँछन् यार .....!
बूढा हजुरबाले गीताको किताब पढेको देखेर खडानन्दको सानो छोरा : बाउ, हजुरबाले कुन परीक्षाका लागि तयारी गर्नुभा’को ?
खडानन्द : अन्तिम दिनको परीक्षाको .......!
खडानन्दको छिमेकी दुर्घटनामा मर्यो, लासलाई पोस्टमार्टमका लागि लग्या थियो । खडानन्द छिमेकीको घरमा पुगे ।
खडानन्द : हैन हौ, लास आइपुगेन अझै ?
(त्यति नै बेला शववाहन आइपुग्यो)
खडानन्द : ल कुरा गर्दागर्दै आइपुग्यो त,......साह्रै लामो आयु छ यसको ........!!
खडानन्दको चार महिनाको छोरा बिरामी भयो । ऊ जहाँ जन्मिएको थियो, त्यही अस्पतालमा लगियो खडानन्दको छोरालाई चेकअप गरिसकेपछि अस्पतालमा फिस मागियो । अचानक उनी बम्किए, खडानन्द : हाउ, केको फिससिसको कुरो गर्नुहुन्छ तपाईंहरू ? चार महिनाअघि यसलाई यहींबाट लिएको त हो, आजकाल सबै चीजको एक वर्षको सर्भिस वारेन्टी हुन्छ, अनि यसको चाहिँ हुँदैन ...?????
खडानन्द (लामखुट्टेसँग) : दिउँसै आइस् साँढे टोक्नलाई ?
लामखुट्टे : ओभरटाइम गर्दैछु हजुर, आमा–बाउ बिरामी छन्, बहिनीको बिहे आ’को छ, दुई लिटर रगत माग्या छन् दाइजोमा, त्यसैले ...........!
खडानन्द बेहुलाजस्तै सजिएर पुरानी प्रेमिकाको बिहेमा गएका थिए ।
सानो फुच्चे (खडानन्दसँग) : के तपाईं बेहुला हो ?
खडानन्द : हैन, म त सेमीफाइनलबाटै आउट भा’को, आज यहाँ फाइनल हेर्न आ’को बाबु....!
खडानन्द पत्नी : हरेक व्यक्तिको सफलताका पछाडि उसकी श्रीमतीको हात हुन्छ, जस्तो तिमीसँग म छु खडु ।
खडानन्द : अँ, त्यसैले त अझ बढी सफलता हात पार्न अरु २–४ वटा बिहे गर्ने कुरा सोच्दैछु म ....... !!
स्कुलमा
खडानन्द : बिर्खे, तँलाई चराहरूका बारेमा थाहा छ, हैन ?
बिर्खे : थाहा छ सर !
खडानन्द : कुन चरा उड्न सक्दैन ? भन त !
बिर्खे : मरेको चरा उड्न सक्दैन सर .....!!!
खडानन्दले भर्खर–भर्खर जागिर खान थालेका थिए, लुखुर–लुखुर गर्दै ११ बजे अफिस पुगे ।
म्यानेजर (रिसाउँदै) : के हो खडानन्द यो पारा ? यही हो अफिस आउने बेला ? कता थियौ यत्रो बेर ?
खडानन्द : ‘गर्लफ्रेन्ड’ लाई कलेज छोडेर आएको सर, अनि ढिलो भयो ।
म्यानेजर : म अरू कुरो जान्दिनँ, भोलिदेखि टाइममा अफिस आउने !
खडानन्द : ठीक छ नि त सर, त्यसो हो भने आफ्नी छोरीलाई आफ्नै मोटरसाइकलमा कलेज पुर्याइदिनुस् है भोलिदेखि ..........!!
खडानन्द : बिर्खे, हामीलाई फाइदा गर्ने केही फलफूलको नाम बता त ।
बिर्खे : आँप
खडानन्द : राम्रो, अरू ?
बिर्खे : स्याउ
खडानन्द : ठीक, अरू भन्दै जा
बिर्खे : अम्बा
खडानन्द : धेरै राम्रो, लु भन्दै जा अरू १२ वटा फलफूलको नाम ।
बिर्खे : एक दर्जन केरा सर..!!
फेसबुकबाट संकलित