खडानन्द सिराहातिर मास्टरी गर्थे ।
एक दिन कक्षामा खडानन्द : रामस्वरूप बिरामी भयो, फलस्वरुप मर्यो, यसलाई अंग्रेजीमा भन त ।
एक विद्यार्थी : सर ! रामस्वरूप बिरामी हुँदा फलस्वरूप कसरी मर्यो नि ?
खडानन्द : मूर्ख ! रामस्वरूप बिरामी थियो, परिणामस्वरूप मर्यो भनेको
अर्को विद्यार्थी : लु, फेरि अर्को मर्यो ..............!!
खडानन्द : नतिजास्वरुप मर्यो भन्या गधा हो †
अझ अर्को विद्यार्थी : लु रामस्वरूप बिरामी भा’को अरू सबै मरेरै सकिने भए त सर .....!!
खडानन्द जाँड पार्टीबाट राति अबेला घर आए ।
भोलिपल्ट साथीहरू : हिजो तिम्री पत्नीले केही भनिनन् खडु ?
खडानन्द : त्यस्तो खासै केही कुरै भएन, यो मेरो हातमा जुन दुईवटा दाँत छन् नि ? यी दाँत त म आफैं पनि फुकाल्नेवाला थिएँ........!!
खडानन्दको उमेर निकै घर्किंदा समेत बिहे नभएर हैरान थिए । उनलाई निराश देखेर ।
साथी : के भयो हौ खडु ? किन यति उदास ?
खडानन्द (खुइय गर्दै) : हैन हौ, आफ्नो जिन्दगीमा त केटीहरूको यति खडेरी पर्यो कि साला मुबाइलको कस्टमर केयर युनिटमा फुन गर्दासमेत पनि केटैले फुन उठाउँछ यार..........!!
खडानन्द सभामा
खडानन्द : यो हाम्रो वार्ड कमिटीको चुनावका लागि सभा हुँदैछ । यसमा हाम्रो पक्षले ३
सय ५० सिट ल्याउने पक्का–पक्की छ ।
दर्शक–श्रोता : कहाँबाट ल्याउँछ ३ सय ५० सिट ?
खडानन्द : अर्जुन टेन्ट हाउसबाट.............!!
खडानन्दको छोरीसँग ब्वाइफ्रेन्ड
ब्वाइफ्रेन्ड : के तिमी मसँग बिहे गछ्र्यौ ?
खडानन्दकी छोरी : छि: यो त साह्रै पुरानो तरिका भयो, नयाँ तरिकाले प्रपोज गर न !
ब्वाइफ्रेन्ड : ल ठिक छ, के तिमी मेरो छोरालाई, तिम्रो लासमा आगो झोस्ने मौका दिन तयार छौ .......???
खडानन्द बजारमा मोबाइलमा गफ गर्दै हिंडिरहेका थिए । चोरले मोबाइल लिएर भाग्यो । खडानन्द हाँस्न थाले ।
एउटा मान्छे : ऊ तपाईंको मोबाइल लिएर भाग्यो, अझ हाँस्दै हुनुहुन्छ त ?
खडानन्द : त्यसको मुर्खता देखेर हाँस्या नि, मोबाइल लिएर भागोस् न बजिया, त्यसको चार्जर त मेरै घरमा छ........††
अलिअलि भए पनि पढेका खडानन्दले क–ख मात्र छिचोलेकी केटी बिहे गरेर ल्याए ।
एक दिन पत्नी : खडु, मेरो पनि फेसबुक आइडी बनाइदेऊ न ।
खडानन्द : भो परेन, तिमिलाई चलाउनै आउँदैन, के बनाइदिनु ?
पत्नी : मलाई चलाउन नआएर के भो त खडु ? तिमी चलाऊ, म पछाडि बस्छु नि त ...††
एउटा खोलामा पुल बनाउनु थियो । चुरिया कन्स्ट्रक्सनले ४ करोडको कोटेसन पेस गर्यो ।
ठेक्का दिने अधिकारी : यो कसरी ?
चुरिया कन्स्ट्रक्सन : २ करोड ५० लाखको सामान, १ करोड मजदुर खर्च, ५० लाख हाम्रो मुनाफा । खडानन्दले १२ करोडको कोटेसन पेश गरे ।
ठेक्का दिने अधिकारी : यस्तो महँगो ? यो कसरी नि ?
खडानन्द : ४ करोड तपाईंको, ४ करोड मेरो ..........अनि...
ठेक्का दिने अधिकारी : अनि पुलचाहिँ ?
खडानन्द : अनि पुलचाहिँ ४ करोडमा चुरिया कन्स्ट्रक्सनले बनाउँछ नि हजुर ....††
रक्सीले गलिसकेका खडानन्दलाई पत्नीले क्लिनिकमा लिएर गइन् ।
डाक्टर : आउनुस्, केका लागि आउनुभयो ?
पत्नी : यिनको स्वास्थ्य स्थिति खराब छ.....
डाक्टर (खडानन्दतिर फर्किएर) : रक्सी खानुहुन्छ तपाईं ?
खडानन्द : खान्छु डाक्टर सा’प तर आज थो.....रै, एक बोतल मात्र । ल अघि नै यिनले सुनाइन् नि मेरो स्वास्थ्य खराब छ भनेर............††
खडानन्द जागिरका लागि अन्तर्वार्ता दिन गए । अन्तर्वार्ता सकिएपछि ।
कम्पनी मालिक : ठीक छ खडानन्दजी, तपाईं छनौट हुनुभो, तलबचाहिँ पहिलो ६ महिनाका लागि २०,००० रुपैयाँ हुनेछ, त्यसपछि २९,४७५ रुपैयाँ ।
(खडानन्द झोला बोकेर चुपचाप निस्कन लागे)
कम्पनी मालिक : हैन, तपाईंलाई के भो ? तलब थोरै भयो ?
खडानन्द : त्यस्तो केही हैन, मैले ६ महिनापछि नै आउने निर्णय गरें हजुर.....††
खडानन्द (पत्नीसँग) : लु खाना पस्क त, साह्रै भोक लाग्यो ।
पत्नी : ल लिनुस्, पस्किसकें ।
खडानन्द (खाना मुखमा लिई फेरि थुक्दै) : छ्या, यो कस्तो खाना हो ? गोबरजस्तो ।
पत्नी : तिमी पनि के–के खाँदै हिँड्छौ हँ खडु ? गोबरको स्वाद पनि थाहा छ तिमीलाई .........???
लामखुट्टेले सार्है हैरान गर्यो खडानन्दलाई । सुत्नै दिएन । हद भएपछि खडानन्द जुरुक्क उठेर एक बोतल मेटासिड घट्घटी पिउँदै चिच्याए ।
खडानन्द : लु अब टोक्न आओ सबै मर्छौ भस्याकभुसुक ........... ।
खडानन्द : सर † मेरी पत्नी ७ दिनदेखि बेपत्ता छिन् ।
हुलाकी : यो हुलाक हो, तपाईंको प्रहरी चौकी होइन ।
खडानन्द : ओहो.....
खुसीले पनि पागलै भइएछ । कता जानुपर्ने हो भन्ने पनि होस
रहेन ....††
खडानन्द : एउटा टोकरीमा १२ वटा आँप थिए । ४ वटा कुहिए भने अब कतिवटा आँप बाँकी रहे ?
बिर्खे : १२ वटा सर
खडानन्द : कसरी ?
बिर्खे : ती कुहिएका ४ वटा आँप पनि त आँपै रहे नि सर, आँप कुहिएपछि भुइँकटहर बन्ने हो र सर ??
खडानन्द : आज कुकुरको दौड प्रतियोगिता छ, मलाई पनि त्यहाँ जानु छ, अलि छिट्टै खाना तयार गर ल ।
पत्नी : तिमी पनि नचाहिने–नचाहिने कुरा नगर न खडु, ठीकसँग हिँड्न त आउँदैन, कहाँ दौडिने कुरा गर्या ..........?
खडानन्द : छोरा, यसपालि तँ परीक्षामा पास भए पनि फेल भए पनि तँलाई एउटा मोटरसाइकल किन्दिन्छु म ।
छोरा : फेल भए पनि ?
खडानन्द : अँ, पास भइस् भने कलेज जान ‘रोयल इन्फिल्ड’, फेल भइस् भने दूध बेच्न ‘स्कुटर’ ।
खडानन्द पत्नी : मेरो जन्मदिनको उपहार खै त खडु ?
खडानन्द : ऊ त्यहाँ बाटोमा रोकिराखेको रातो कार देख्यौ ?
पत्नी (चिच्याउँदै) : ओहो † मेरो प्यारो ख.... ।
खडानन्द : हो, त्यही कलरको नङ्पालिस ल्याइदिया छु
मैले .... ।
खडानन्द : मेरी पत्नीले आजकाल मलाई धोका
दिइरहेजस्तो लाग्दैछ ।
साथी : कसरी ?
खडानन्द : हिजो राति ढिलो घर आइन् । कहाँ गएकी थियौ ? भनेको, पार्वतीको घरमा रे, ......जब कि पार्वतीको घरमा त निकै अबेरसम्म म नै
थिए ..........††
वकिल : जब खडानन्द र उनकी पत्नीको झगडा भयो, तिमी त्यही थियौ ?
साक्षी : हो हजुर †
वकिल : साक्षीको हैसियतले तिमी के भन्न चाहन्छौ ?
साक्षी : म यही भन्न चाहन्छु कि हजुर, विवाह गर्ने विचारलाई मैले हिजैदेखि सदा–सदाका लागि त्यागिदिएको छु......†
खडानन्द : तिमी मेरो जिन्दगी हौ ।
पत्नी (खुसी हुँदै) : अँ....अरू अगाडि भन खडु ।
खडानन्द : धिक्कार छ, यस्तो जिन्दगीलाई...........††
घरमा पाहुना आएका बेला
खडानन्द पत्नी (खडानन्दको कानमा) : सुन त खडु, पाहुना आएका छन् । केही ताजा चिज दिनु पर्दैन ? के दिउँm ?
खडानन्द : ऊ ती झ्याल–ढोका सबै खोल न, ताजा हावा आइरा’को छ त...... ।
खडानन्द : आज बिहानै कुन लोदरको मुख देख्या थ्यो कुन्नी, दिनभर भोकभोकै कुद्नुपर्यो ।
पत्नी : मैले अस्ति नै भन्या हैन खडु, त्यो तिमी सुत्ने खाटको अगाडिको ठूलो ऐना हटाइदेऊ भनेर..††
खडानन्द स्याउ पसलमा
खडानन्द : भाइ, स्याउ कसरी हो ।
पसले : २ सय रुपैयाँको १० वटा
खडानन्द : हौ, साह्रै महँगो भो हौ अलि कम गर न ।
पसले : ठीक छ, १ सय ४० रुपैयाँको ७ वटा लानुस् न त ।
खडानन्द : ल ठिक छ भाइ, धन्यवाद, यो झोलामा लगाइदेउ त ७ वटा.......†
खडानन्दको भर्खरै बिहे भा’को थ्यो । बिहे भा’कै भोलिपल्ट बिहानै खडानन्दले सुतिराखेकी पत्नीलाई १ बाल्टिन पानी खन्याइदिए ।
पत्नी : हैन, के गर्या यो ? बहुलायौ कि क्या हो ?
खडानन्द : तिम्रै बाउले त भन्या हुन्, मेरी छोरी फूलजस्ती छ, यसलाई ओइलाउन नदिनु भनेर .....††
डाक्टर : एक घण्टा पहिले बिरामीलाई ल्याउनुभा’को भएचाहिँ बचाउन सकिन्थ्यो ।
खडानन्द : हौ डाग्डर सा’प, आधा घण्टा पहिले त दुर्घटना भा’को, अनि के एक घण्टा अगाडि जबर्जस्ती ल्याउनुपथ्र्यो
र ...........???
खडानन्द पत्नी : हैन, तिमी हरेक कुरामा मेरो माइतीलाई गाली गर्छौ ? ...बरु सीधै मलाई नै भन न ।
खडानन्द : हैन हौ अनि हाम्रो घरमा भा’को यो टिभी खराब भयो भने टिभीलाई गाली गरेर के गर्नु ? टिभी कम्पनीवालालाई नै गाली गर्नुपरेन ........?????
खडानन्द पत्नी : राति १२–१ बजेतिर सपनामा तिमी मलाई गाली गरिरहेका थियौ, मेरा बा–आमालाइ पनि जथाभावी भनिरहेका थियौ । किन खडु ?
खडानन्द : झूट नबोल न, त्यति बेला त म सुतेकै थिइनँ नि ....!