खडानन्द कक्षामा पढाउँदै थिए ।
खडानन्द : हाम्रा पुर्वजहरू बाँदर थिए ।
एक विद्यार्थी : ओए बिर्खे, सुनिस् ...? हामी त सरलाई पहिलेदेखि नै भन्थ्यौं नि, आज सरले आफ्नै मुखले भन्नुभो ।
_____________
खडानन्दकी जीएफको फेसबुक स्टाटस
जीएफ : बिस्तारै आऊ तिमी ... मेरो दिलमा बास गर ।
खडानन्दको कमेन्ट
खडानन्द : आउन त बिस्तारै आउदै थिएँ, तर तिम्रा
छिमेकीहरूले चोर सम्झेर कुटेर खेदाए र पो !
_____________
खडानन्द झोक्राएर बस्या थिए ।
साथी : के भयो खडु ? किन झोक्राएर बस्या ?
खडानन्द : नेपाली विषयमा म धेरै कमजोर थिएँ । आज बिहानै पत्नीलाई एसएमएस पठाएको थिएँ । ‘प्रियतमा’ को ठाउँमा गल्तीले ‘प्रेतआत्मा’ लेखिएछ, भोकै छु यार । बिहानदेखि १ कप चिया समेत खान पा’को छैन ।
_____________
खडानन्द र साथी ।
साथी : गीताको सार के हो ?
खडानन्द : कर्म गर, फलको आशा नगर ।
साथी : किन ....?
खडानन्द : किनभने फल (फूल) दिनहुँ महँगो हुँदै गएको छ ।
खडानन्द र साथी ।
खडानन्द : विवाहचाहिँ सबैले गर्नैपर्ने रै’छ यार †
हरिबोल : किन र ....?
खडानन्द : यार, खुसी मात्र पनि त सबै थोक होइन नि हौ जिन्दगीमा ।
_____________
खडानन्दको छोरो स्कुलको परीक्षामा अनुत्तीर्ण भयो । साह्रै रिसाए खडानन्द ।
खडानन्द : तैंले गधा देख्या छस् ....?
छोरा : देख्या छु ....
खडानन्द : अनि उल्लु ....?
छोरा : देख्या छु ....
खडानन्द : हो त्यही गधा अनि उल्लुसँग मिल्छ तेरो अनुहार ।
छोरा : मम्मी त, तपाईंसँग मिल्छ भन्नुहुन्छ त ।
_____________
घर, गाडी, जग्गा कर्जा चल्या समयमा आफ्नो नियमित ग्राहक खडानन्दलाई बैंकबाट एक्कासि फोन आयो ।
बैंकबाट (फोनमा) : नमस्कार खडानन्दजी, तपाईंलाई चाहिएको छ भने हामी बिना इन्ट्रेस्ट लोन दिंदैछौं ।
खडानन्द : हैन हौ, जब तपाईंहरूलाई इन्ट्रेस्ट नै छैन भने किन दिनुहुन्छ लोन....? भो, चाहिएन ।
_____________
खडानन्द र हरिबोल बाटोमा हिँड्दै थिए । बाटोमा उनीहरूले १ हजारको नोट फेला पारे ।
खडानन्द : अब के गरौं यसलाई ....?
हरिबोल : यसबाट हामीले फिप्टी–फिप्टी लिनुपर्छ ।
खडानन्द : अनि अरू बाँकी ९ सयचाहिँ के गर्ने नि गधा ...????
_____________
एउटा सुटिङका दौरान, खडानन्दले राजेश हमाललाई भेटेछन् ।
खडानन्द : तपाईंका फ्यान त निक्कै होलान् नि राजेश भाइ ....?
राजेश : (नायकी अन्दाजमा) (हा, हा, हा, हा ....फ्यान हैन खडु दाइ, आजकल मेरो घरमा एसी नै लगाएको छु मैले ।
_____________
भर्खर विवाह गरेको शेरे, बूढीसँग छुट्टै घरमा बसेको थियो ।
एक दिन बिहान घरको ढोकामा एउटा खाम भेटिएछ । खाम खोलेर हेर्दा फिल्मको दुईवटा टिकट रहेछ, तर पठाउनेको नामचाहिँ लेखिएको रहेनछ ।
शेरे : पक्कै पनि यो मेरो साथीले पठाएको हुनुपर्छ ।
बूढी : होइन, मेरो साथीले पठाएको हुनुपर्छ ।
शेरे : भयो छोड । जसले पठाए पनि के भो र ? फिल्मको टाइम भैसक्यो, छिटो जाउँm ।
जब दुई जनाले फिल्म हेरेर आए, घरका सबै बहुमूल्य सामान चोरी भैसकेको थियो । त्यहाँ एउटा खाम थियो, जसमा लेखिएको थियो— अब त थाहा भयो होला नि, टिकट कसले पठाएको थियो भन्ने कुरा ?
_____________
शेरे आफ्नो छोरालाई कट्टु लगाइदिँदै भन्थ्यो : बाबु, खुर्सानी छोप्नुपर्छ, कट्टु लगा ।
एक दिन उनीहरूकहाँ कुनै नातेदार महिला खाना खान आएकी थिइन्, उनलाई पीरो खानुपर्ने रहेछ ।
पाहुना : (शेरेको छोरालाई) बाबु, खुर्सानी देऊ न ।
शेरेको छोराले उनका अगाडि उभिएर ई भनेछ ।
महिला : (अचम्म मान्दै) त्यो खुर्सानी होइन बाबु, अर्को अलि ठूलो खुर्सानी क्या ।
शेरेको छोरो : एकछिन ल, म बाबालाई पठाइदिन्छु ।
_____________
एक पटक शेरेले घरबेटी अंकललाइ म्यासेज गरेछ :
सरी अंकल ...
मैले तपाईंको ‘वाइफ’ निकै प्रयोग गरें
दिनरात उपयोग गरें
खास गरेर जब तपाईं घरमा नहुँदा त भो, कुरै छोड्नुस् ।
...
मलाई लाग्छ, मैले जति धेरै प्रयोग गरें त्यति त तपाईंले पनि गर्नु भएन होला ।
....
तर ...?
मलाई त्यो गल्तीका लागि निकै आत्मग्लानि महसुस भै रहेको छ ।
प्लिज मलाई माफ गरिदिनुहोला ..
आइन्दा यस्तो गल्ती गर्नेछैन ।
यस्तो म्यासेज पढेर अंकल निकै रिसाएछन् र बन्दुक निकालेर आफ्नी पत्नीलाई सुट गर्ने प्रयास गरेछन्, तर गोलि चलेनछ ।
त्यो देखेर डराएकी आन्टीले अंकललाई हत्या गर्न खोजेको केसमा जेल पठाइछन् र डिभोर्स लिइछन् ।
शेरेलाई अली पछि याद आयो ..
ओ माइ गड ! म्यासेज पठाउँदा स्पेलिङ मिस्टेक भएको थियो ..
WIFIको सट्टामा WIFE टाइप भएको थियो ।