सम्बन्ध लभ यूबाट सुरु भएर विलिभ मी हुँदै लिभ मीमा गएर टुंगिदो रहेछ ।
कति स्वार्थी छन् मानिसहरू
विश्वास तोड्छन्
व्यवहार बदल्छन्
माया गर्छन्
साथ छोड्छन्
खुब रुवाउँछन्
अनि भन्छन्—
मैले के गरेको छु र ?
गितारको ट्याटु शरीरमा बनाउनेहरूलाई एउटै प्रश्न
कन्याउँदा त्यो गितार बज्छ कि नाइँ ??
ऊ : बाबा ! तिमी के गर्दै छौ ?
म : ओछ्यानमा बसेर पिज्जा खाँदैछु ।
ऊ : यसो सोच त, यस्तो जाडो मौसम छ, त्यस्तै रोमान्टिक पनि छ । अनि ओछ्यानमा केवल तिमी र म छौं । अब भन त तिमी के गर्छौ ?
म : पिज्जा किन्न जान्छु ।
तिमीभन्दा एक दिन कम जिउन चाहन्छु म, किनभने मैले तिम्रो साथबिना एकपल पनि जिउन नपरोस् ।
नेपाल दुई ढुंगाबीचको तरुल भन्दै पढियो, अनि त्यही तरुललाई उसिनेर खाएपछि यत्रो हुन्छ त देशको प्रगति ।
आफ्नो शरीरलाई कुपोषणले ग्रस्त बनाउँदा जिरो फिगर नाम दिने केटीलाई केटो भने सिक्स प्याक भएको चाहिने रे ।
नुहाउन भनेर आँगनमा आगो बालेर पानी तताएको भुराभुरीहरू रमाएर उफ्रिन थाले । अंकल खसी काट्ने हो रे... हदै गर्छन् यार ।
सुरुमा च्याटिङ
अनि सेटिङ
अनि भेटिङ
अनि डेटिङ
त्यसपछि प्यास मेटिङ
अनि लास्टमा हेटिङ—
आजकालको लभ स्टोरी ।
आई लभ यू भन्न नजानेर
आलबु भन्नेले पाँचवटी केटी पट्याइसकेछ
आफू भने बुङ्गाको बुङ्गै ।
गोजीमा सुक्को नहुने मान्छेको केही काम छैन भन्ने गीत पनि हटाउनुपर्यो सरकार ! हामी बेरोजगारहरूको मानहानि भयो ।
डेटिङमा गर्लफ्रेन्डको लात खाएपछि आज त लेग पिस खाइयो भन्नेहरूको कमी छैन यो संसारमा ।
धन्न लक्ष्मीप्रसाद देवकोटा उहिल्यै जन्मिएछन् । अहिले भएका भए मदनलाई किन भोट पठाइस्, अस्ट्रेलिया किन पठाइनस् भनेर उधुम मच्चिन्थ्यो होला ।
धनुष भाँचेर रामले सीता पाए ।
तिमीलाई पाउन मैले क–कसको करङ भाँच्नुपर्ने हो ?
बिहेमा बेहुलाको जुत्ता लुकाइदिनुको अर्थ बेहुलालाई अन्तिम मौका दिइएको हो, आफ्नो जिन्दगी बर्बाद गराउनुभन्दा खाली खुट्टा भएपनि भाग ।
स्कुल पढ्दा मिसले भन्नुहुन्थ्यो– पिरियडभन्दा अगाडि अनि पछाडि जति रमाइलो गर्नुछ गर, साला त्यो कुराको मतलब अहिले आएर बल्ल बुझ्दैछु ।
गर्लफ्रेण्डले मनको कुरा यसरी बुझोस्, जसरी फार्मेसी वालाले डाक्टरको ह्याण्डराइटिङ बुझ्छ ।
स्कुटर चढ्छ भनेर नहेप मलाई, गोरु चढ्ने भगवान शिवले पनि सती र पार्वती पट्याएको कुरा पुराणमा लेख्या छ ।
आज झुक्किएर सनफ्लावर तेल केशमा लगाएछु, घाम जता जान्छ केश त्यतै गएर हैरान भएको छु ।
अनपढ पनि यति भैयो कि मोबाइलको लक खोल्न पनि औंठाछाप लगाउनु पर्या छ ।
चुइगम चपाउँदा–चपाउँदै पेटले पनि सोच्छ होला– के खा’को होला, तल आउँदैन त ?
म : तिम्रो नाम के हो ?
उनी : श्रुति अनि तिम्रो ?
म : मेरो चाहिँ चुना ।
गहिराइदेखि डर लाग्छ हजुर, त्यसैले चिया पनि थालमा खान्छु ।
फेरि कसले हल्ला चलाएछ– नोकिया मोबाइलमा हात मिलाउने तिमी र म हो भनेर ।
मल नहालेको तोरी र आमाले दुई चार मुठी जगल्टा नउखेलेकी छोरी काम लाग्दैनन् ।