• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
सीमासम्बन्धी अभिव्यक्तिका कारण वर्षा विवादमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

सीमासम्बन्धी अभिव्यक्तिका कारण वर्षा विवादमा
अभिनेत्री बर्षाले आफु प्रति विवाद बढ्दै गएपछि फेसबुकमा पोष्ट गरेको स्टाटस ।  
जेष्ठ ११, २०७७
अन्तर्वार्ताका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे सामाजिक सञ्जालमा आलोचना भएपछि अभिनेत्री बर्षा राउतले प्रशंसकसँग माफी मागेकी छिन् । लेखेकी छिन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो होला, तर राष्ट्रियताप्रतिको सम्मानमा चुकेकी छैन ।’

युट्युब अन्तर्वार्ताका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिका कारण अभिनेत्री वर्षा राउत विवादमा तानिएकी छिन् । नेपाल–भारतको सीमा विवादको विषयमा उनको अभिव्यक्तिको भिडियो क्लिप अहिले सोसल मिडियामा भाइरल छ ।

‘देशको माया लाग्छ भन्दैमा यो त हाम्रै हो, तिमीहरूले किन यस्तो गरेको भन्दै झगडा गर्ने कुरा होइन नि त,’ भिडियोमा उनले भनेकी छिन्, ‘यो त टेबल टक गरेर, उताको गोभर्मेन्ट र यताको गोभर्मेन्ट मिलेर पो कुरा गर्ने हो त । यहाँ त झगडा पो पार्दिरा’छ दुवैतिरका जर्नालिस्ट मिलेर । मेरो इन्डियन फ्यानहरूसँग मैले कसरी फेस गर्ने अनि, मेरो इन्डियन फ्यानहरूले मसँग कसरी फेस गर्ने भन्ने भइरहेको छ अहिलेको सिच्वेसनचाहिँ ।’

सामाजिक संजालमा उनीविरुद्ध लेखिएका स्टाटस र कमेन्ट पढ्दा भारतीय फ्यानलाई लिएर उनले देखाएको चिन्तामाथि अधिकांश चिढिएको देखिन्छ । यही कारण वर्षा अहिले सोसियल मिडियामा भद्दा ट्रोल र कमेन्टको समेत सिकार भइरहेकी छिन् । फेसबुकमा आशिष मल्ल ठकुरीले लेखेका छन्, ‘ए, तिमीलाई आफ्नो देशभन्दा ठूूलो आफ्नो भारतीय साथी भयो है, कुरा सुन्दै पारो तात्ने !’

सामाजिक संजालमा गाली र आलोचनाको क्रम नरोकिएपछि आइतबार वर्षाले लामो स्टाटस लेखेकी छिन् । ‘कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु,’ उनले लेखेकी छिन्, ‘तर, हिजो एउटा अन्तर्वार्तालाई लिएर जुन हो–हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन ।’

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नयाँ नक्साको प्रशंसा गर्दै उनले लेखेकी छिन्, ‘जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी–बेटी सम्बन्धको र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको ।’

संवेदनशील समयमा संवेदनशील हुन आफूले आग्रह गरेको आशयमा उनले लेखेकी छिन्, ‘दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

यसअघि नेपालको नक्सा जारी भएपछि सामाजिक संजालमा उत्साहजनक अभिव्यक्ति दिएपछि अभिनेत्री मनिषा कोइरालाप्रति केही भारतीय मिडियाले खेद प्रकट गरेका थिए । त्यतिबेला वर्षाले ‘पसीना बेच्न सकिन्छ, आमा होइन’ भन्दै मनिषाको समर्थनमा स्टाटस लेखेकी थिइन् । त्यस प्रसंगलाई जोड्दै उनले लेखेकी छिन्, ‘नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरेँ त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब–आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।’ उनले स्टाटसमा पछिल्लो अभिव्यक्तिलाई लिएर सम्पूर्ण प्रशंसकसँग माफी मागेकी छिन् ।

समर्थनमा उत्रिए कलाकार

सामाजिक संजालमा वर्षाविरुद्ध ट्रोल बनाउने र गालीगलौजको क्रम बढेपछि नेपाली कलाकारहरू प्रशंसकलाई त्यसो नगर्न आग्रह गर्दै वर्षाको समर्थनमा अभिव्यक्ति दिन थालेका छन् ।

‘हैन, कस्तो समाजमा हुर्किंदैछौँ हामी ! कति बेला कस्ले के गल्ती गर्छ र उसमाथि खनिऊँ भनेर बसेजस्तो । आफ्नाले आफ्नालाई चैँ जे भन्दा पनि हुने अनि अर्काले भन्दाचाहिँ राष्ट्रवादी अपमानको नारा लगाउने ! स्मरण रहोस्, हामी मानव हौँ । यहाँ कोही पनि पूर्ण र दक्ष छैन । शब्द केलाउने होइन, आशय, आचरण र अभिव्यक्तिको मनसाय बुझ्ने प्रयास गरौँ । भूल–चूक भएका र नजानेकालाई सिकाऔँ । सभ्य समाजको निर्माणमा जुटौँ,’ वर्षाको समर्थन गर्दै अभिनेत्री रीमा विश्वकर्माले फेसबुकमा लेखेकी छिन् । केही हप्ताअघि लकडाउनमा कालो चिया बनाउन सिकेको आशयको अभिव्यक्ति दिँदा रीमा पनि ट्रोलको सिकार भएकी थिइन् ।

त्यस्तै अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, पूजा शर्मालगायतले वर्षाको समर्थनमा लेखेका छन् । अभिनेता दीपकराज गिरीले चाहिँ सुझावसहित वर्षाको स्टाटसमा प्रतिक्रिया लेखेका छन्, ‘राष्ट्रियताको बिषय एकदमै संवेदनशील बिषय हो । यस्तो विषयमा टिप्पणी गर्दा सचेत हुनु नै पर्छ । पूरै भिडियो हेर्दा तिम्रो नियत खराब देखिन्न तर शब्द चयनमा त्रुटि भएकै हो । तर, यो आत्म आलोचनाले सबै कुरा ठिक गरिदिन्छ किनकि गल्ती मानिसबाटै हुन्छ । तिम्रो राष्ट्रप्रेमको भावनाप्रति शंका छैन, जवाफ शैली अपरिपक्व भएको हो । यसलाई भुलौँ, अगाडि बढौँ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik