• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
अन्तरजातीय कलाकार जोडी : जो जातव्यवस्थासँग जुधे
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

अन्तरजातीय कलाकार जोडी : जो जातव्यवस्थासँग जुधे
अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईबीच विवाहको फाइल तस्बिर स्रोत: बर्देवाको फेसबुक
जेष्ठ १८, २०७७
समाचारमा नआएका विभेदका घटना त समाजमा अनगिन्ती छन् । तर, समाजमा जति क्रुर विभेद छ, विद्रोह गर्ने र यसलाई तोड्न संघर्ष गर्ने चेतनामा पनि वृद्धि भइरहेकै छ भन्ने उदाहरणहरू पनि छन् ।

हिन्दु विश्वासमा आधारित समाजले अहिले पनि दलित र गैरदलितको प्रेम र विवाहलाई वर्जितजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटेको घटना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खेदीखेदी ढुंगामुढा गरेर उनी र उनका साथीहरूको हत्या गरे, यस्तो अमानवीय घटनाको जति निन्दा र भत्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका चार साथीले ज्यान गुमाइसके, अझै एकजना भेरी नदीमा बेपत्ता छन् ।

जातकै कारण मान्छेहरू कतिसम्म क्रुर र हिंस्रक हुुन सक्छन्, यी घटनाहरू नै त्यसको साक्षी हुन् । तर, हाम्रो समाज यस्तो जातीय दमन र अमानवीय घटनाको मात्रै साक्षी छैन । हामीकहाँ जाताभात र छुवाछुतको गलत परम्परा तोड्न तयार हुने र सफल हुने सयौँ जोडीहरू पनि छन् । नेपाली कला जगत पनि त्यसको उदाहरण हो ।

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टाईले समाजको नियम मानेको भए पक्कै विवाह गर्ने थिएनन् । उनीहरूको प्रेमअगाडि जात प्रथा कमजोर ठहरियो । ०७४ को फागुनमा हेटौँडाको ब्राम्हण परिवारका भट्टराईले रामेछापकी दलित परिवारकी बर्देवासँग आफ्नो चार वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे ।

रुकुमको बर्बर घटनाले अहिले यो जोडी आफूहरू स्तब्ध भएको बताउँछ । ‘म त सुत्नै सकिरहेको छैन, घटना सम्झिएर निःशब्द छु,’ लक्ष्मीले भनिन्, ‘यो घटना देख्दा त जीवनले ठूलै हिम्मत र क्रान्ति गरेर मलाई बिहे गरेजस्तो महसुस भइरहेको छ । नत्र यहाँ त दलितले गैरदलितसँग प्रेम गर्दाको परिणाम हत्या हुँदो रहेछ । २१औं शताब्दी भन्या छ, मानिस सर्वश्रेष्ठ भन्या छ तर मान्छेले मान्छेलाई मान्छेकै ओहोदा दिइरहेको छैन । यसलाई खोइ के भनौँ, भन्नलाई शब्द पनि छैनन् ।’

धेरैलाई थाहा छैन, लक्ष्मी र जीवनको प्रेमलाई पनि यो समाजको गलत परम्पराले रोक्न खोजेकै हो । तर, उनीहरूको साहसका अघि कसैको केही लागेन । जीवनको परिवारमा अझै लक्ष्मीलाई बुहारी स्वीकारिएको अवस्था छैन । तर, दुवै आशावादी सुनिन्छन्– ‘बा–आमा न हो, एक दिन त पक्कै पग्लिनुहुन्छ ।’

यो जोडीको प्रेम मण्डला थिएटरबाट फक्रिएको हो । दुवैले एकअर्कालाई पहिलोपल्ट एन्टेना फाउन्डेसनमा रेडियो नाटक गर्दा देखेका थिए तर उनीहरूबीच अफेयर सुरुवात मण्डला थिएटरबाटै भयो । उनीहरूलाई लाग्छ– मण्डला थिएटर नभएको भए हामी आज एक हुन्थेनौँ । मण्डलामा लक्ष्मी जीवनभन्दा एक वर्ष सिनियर थिइन् । आफ्नो सानैदेखिको अभिनय रहर मेटाउन दुवै यो थिएटरमा आइपुगेका थिए ।

दुवैले ‘युमा’ र ‘उपियाँको निबन्ध’मा नाटकमा सँगै काम पनि गरे । ‘हामीले कहिल्यै एकअर्कालाई आइ लभ यू त भनेनौँ तर साँझ नाटक सकिएपछि ऊ सधैँ मलाई घर पुऱ्याइदिन्थ्यो,’ लक्ष्मीले सम्झिइन्, ‘त्यसपछि त थाहै नदिई झन्झन नजिक भयौँ, एकअर्काको लत भयौँ । सायद एक हुनु जुऱ्या रहेछ ।’

बर्देवा र भट्टराई दुवैतिरका परिवारलाई मनाएर हासीखुशी बिहे गर्न चाहन्थे । त्यसका लक्ष्मीको परिवार त सहजै मान्यो तर जीवनको परिवारलाई फकाउँदै–फकाउँदै चार वर्ष बित्यो । जति गरेपनि परिवार सहमतिमा नआएपछि एकपल्ट त लक्ष्मी सम्बन्ध तोड्ने निर्णयमा पुगेकी थिइन् । तर, जीवनको अथाह प्रेम, अडान र साथले यसो हुन दिएन । अन्ततः जीवनको परिवारले नमाने पनि दुवैले बिहे गरिछाडे । बिहेयता लक्ष्मीमात्रै होइन, जीवन स्वयम् अहिले उनको घर गएका छैनन् । एकपल्ट बिहे दर्ता बनाउन गाउँ गएका थिए तर घर नपुगी फर्के । चाडपर्वमा पनि गाउँ गएनन्, यतै मनाए ।

लक्ष्मी र जीवन दुवैलाई लाग्छ– परिवारले नस्वीकार्नुको खास कारण यो समाज नै हो । ‘उहाँहरू त यही समाजमै बस्नुपर्छ, जहाँ पुरानै मानसिकताका मान्छे अझै धेरै छन्,’ उनी भन्छिन्, ‘यहाँ त पढेलेखेकै मान्छे जो जातीय विभेदविरुद्ध वकालत गर्छ, उसले पनि कम्तीमा आफ्नो छोराले आफ्नै जातको ल्याइदियोस् भन्ने ठान्छ । परिवर्तन हुनुपर्छ भन्ने तर आफैँ परिवर्तन गर्न नचाहने, यो कस्तो ढोँगी चरित्र हो ?’

अहिले रुकुम घटनामा आइरहेका अनेक कुतर्कहरूले लक्ष्मीलाई दुःखी बनाएको छ । त्यसैले उनी फेसबुकमै कम झुल्किन थालेकी छिन् । ‘घटनाले त दुःखी बनाएकै छ तर घटनाप्रति मान्छेहरूले प्रस्तुत गरिरहेको घिनलाग्दो तर्कहरूले झन् दुःखी बनाइरहेको छ,’ उनी भन्छिन्, ‘मान्छेहरू केस डाइभर्ट गर्न उद्दत छन् । अचम्म लाग्छ, यहाँ मान्छेहरू विभेद गर्छन् तर स्वीकार्नै चाँहदैनन् । कतिपय त दलित मर्दा चाहीँ यस्तो हंगामा हुने तर दलितसँग बिहे गर्ने गैरदलित मर्दाचाँही केही नहुने भन्दै प्रतिक्रिया दिइरहेको पनि देखेँ । यसरी तर्क गर्नेहरूले किन नबुझेको–उनीहरू पनि दलितलाई साथ दिएकै कारण मर्नुपरेको हो ।’

शिलाबहादुर मोक्तान र कुन्ति मोक्तान ।  तस्विर : नवराज वाग्ले

एक तथ्यांकअनुसार २०६८ देखि २०७६ सालसम्म अन्तरजातीय विवाह र जातीय विभेदका कारण २५ जना दलितले ज्यान गुमाइसकेका छन् । तथ्यांकमा नआएका र समाचारमा नपुगेका विभेदका घटना त समाजमा अनगिन्ती छँदैछन् । तर, समाजमा जति क्रुर विभेद छ, विद्रोह गर्ने र यसलाई तोड्न संघर्ष गर्ने चेतनामा पनि वृद्धि भइरहेकै छ । यस्तो रुढीवादी थितिलाई तोड्दै अघि बढ्ने कलाकार जोडीमध्ये कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान पनि हुन् । शिलासँग बिहे गुर्नअघि कुन्तीको थर सुन्दास थियो । तर यसैले उनीहरूको सम्बन्धमा फरक पारेन । ०३९ सालमा संगीतमा करिअर बनाउने सपनासहित काठमाडौं आएको यो जोडी यतै बिहेमा बाँधियो । दार्जिलिङमा गुरु जेसे राईंसँग संगीत सिक्ने क्रममा यो जोडी प्रेममा परेको थियो ।

काठमाडौं आएपछि यो जोडीले खुबै मिहिनेत र संघर्ष गऱ्यो। शिलाले संगीत भरे, कुन्तीले गीत गाइन् । दुवैले नाम कमाए, चर्चा कमाए । यतै घर बनाए । सन्तान जन्माए ।

अन्तरजातीय बिहे गरेकै कारण आफुहरूले ठूलो समस्याको सामना गर्नु नपरेको बताउँछिन्, कुन्ती । ‘रुकुममा जे भयो त्यो एकदमै नराम्रो भयो । यस्तो हुनै हुँदैन,’ उनले भनिन्, ‘यो घटनाले स्पष्ट पार्छ, हाम्रो समाज अझै शिक्षित हुन बाँकी रहेछ । आज सम्झँदा खुशी लाग्छ, धन्न हामीलाई त्यस्तो समस्या भएन ।’

गायिका शान्तिश्री परियार र नारायण भुजेल ।  तस्विरः शान्तिश्रीको फेसबुकवाट

‘बोलमाया’, ‘गलबन्दी’लगायत थुप्रै लोकप्रिय गीत गाएकी लोकदोहोरी गायिका शान्तिश्री परियारले पनि आजभन्दा ९ वर्षअघि अन्तरजातीय विवाह गरेकी हुन् । रोल्पाको विकट ठाउँमा जन्मिएकी शान्ति करिब १२ वर्षअघि संगीतमा संघर्ष गर्न काठमाडौं आएकी थिइन् । त्यतिबेला काठमाडौं, थापाथलीस्थित एक रेस्टुरेन्टमा कार्यरत धादिङका नारायण भुजेलसँग उनको माया बस्यो । जतिबेला उनी दोहोरी साँझमा गीत गाउँथिन्, संघर्षको चरम बिन्दुबाट गुज्रिरहेकी थिइन्, त्यतिबेला भुजेलले उनको खुब साथ दिए, प्रेम दिए ।

‘हामीले सफल वैवाहिक जीवन बिताइरहेका छौं,’ शान्ति खुशी सुनिन्छिन्, ‘हामी एक–अर्कालाई अथाह प्रेम गर्थ्यौ, अहिले पनि गर्छौ र सधैँ गरिरहन्छौँ ।’ जेठ १० गतेको रुकुम घटना सुनेर शान्तिको रगत उम्लिएको छ । ‘गैरदलितलाई प्रेम गरेकै कारण आज पनि मान्छे मारिनु परेको छ, यो देशमा यो जतिको लज्जास्पद कुरा अरु के हुन सक्छ,’ शान्ति आक्रोशको भावमा भन्छिन्, ‘घटना सुनेर म एकदमै दुःखी र लज्जित छु । जसले ती नवराज विश्वकर्माहरूको हत्या गरे, उनीहरूसँग मानवता अलिकति पनि रहेनछ ।’ शान्तिले थप प्रश्न गरिन्, ‘दलितले माया गऱ्यो भनेर ज्यानै लिइदिने ? अझै हामी आधुनिक भनिने समाजमै छौँ ?’

शान्तिले नारायणसँग बिहे गरिन्, त्यतिबेला नारायणका बुबाआमा बितिसकेका थिए । ‘त्यसैले नारायणजीलाई आफ्नो जीवनको निर्णय आफै गर्न सहज भयो । छरछिमेक र आफन्तबाट थोरबहुत जातका कुरा नआएका होइनन्, आए तर ती मान्छेहरू पनि आज मसँग खुशी छन्,’ उनी भन्छिन्, ‘रुकुमको घटना सम्झँदा लाग्छ, म त धेरै भाग्यमानी रहेछु । अन्तरजातिय बिहे गरेर पनि संसारको सबैभन्दा खुशी मै रहेछु भन्ने लागिरहेछ ।’

एउटा दलितले गैरदलितसँग बिहे गर्न पाएकै कारण कहिलेसम्म भाग्यमानी र क्रान्तिकारी महसुस गरिरहनुुपर्ने हो, यो प्रश्नले भने शान्तिलाई सधैँ हिर्काइरहन्छ । ‘त्यतिबेला परिवर्तन नभएका मान्छेहरू आज पनि परिवर्तन हुन सकेका छैनन्,’ उनी चिन्ता गर्छिन्, ‘मान्छे चाहे अमेरिका या क्यानडामा वर्षौ बसेर आएको किन नहोस्, उसको चेतना र मानसिकतामा परिवर्तन नभएसम्म केही हुुन्न । यहाँ कोही दलित मारियो भने मान्छे मारिएको ठानिँदैन । अहिले पनि धेरैजनाले एउटा मान्छेलाई मारिएको भन्ने ठानिरहेका छैनन्, बरु ‘कामीदमाई’लाई मारेको भन्ने ठानिरहेका छन् ।’

गायक यशकुमार र रीना शाही ।

गायक यशकुमार हाम्रो समाजमा धनसम्पत्तिभन्दा पनि जात ठूलो पर्खाल बनेर बसिरहेको बताउँछन् । ‘भारत र नेपालबीचको पर्खाल त्यति ठूूलो छैन, जति हाम्रो देशमा जातको पर्खाल छ,’ उनी भन्छन्, ‘सानो जात भएर ठूूलो जातलाई आँट्ने भन्ने इगो हामीकहाँ सबैभन्दा ठूलो समस्या हो । रुकुमको घटना पनि त्यही मनोविज्ञानको परिणाम देखिन्छ । अचम्म लाग्छ, ती मानसिक रोगीहरूसँग, जसले जातीय भेदभाव गरिरहेका छन् । सधैँ सोध्न मन लाग्छ, मृत्यु त एकदिन निश्चित छ तैपनि किन हेप्छौ यसरी ? किन सधैँ दलितलाई नोकरकै व्यवहार गर्न चाहन्छौँ ?’

यशले पनि करिब दुुई वर्षको प्रेमपछि रीना शाहीसँग अन्तरजातीय बिहे गरेका हुन् । रीना अहिले सुनचाँदी पसल चलाउँछिन् । यशको सरकारी प्रमाणपत्रको नाम सुरेशकुमार नेपाल परियार हो । तर, दर्शक र श्रोतामाझ उनी यशकुमार नामबाटै परिचित छन् । ‘म आफूलाई मान्छेका रूपमा चिनाउन चाहन्छु त्यसैले नामको पछाडि थर राख्न छाडेको हुँ,’ उनी भन्छन् । यश गीतसंगीतमा दलित चेतना प्रसार गर्ने गायकका रूपमा पनि चिनिन्छन् । उनका प्रायः सिर्जनाहरू छुवाछुतविरुद्ध छन्, दलितका पक्षमा छन् । चाहे ती ‘म आफ्नै आँगनमा इनार बनाउँछु’, ‘मैले छोएको पानी चल्दैन’ आदि गीत हुन् या ‘बाटोमुनिको फूल’ फिल्म ।

यशको अन्तर्जातीय विवाह भने सहजै भएको थियो । जातकै कारण उनीभन्दा पनि बढी संघर्ष उनका आमा बुबाले गरेका छन् । उनका बुबा ब्राह्मण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् दलित समुदायकी । ‘अहिले त यस्तो अवस्था छ भने त्यतिबेला कति भयावह थियो होला,’ उनी भन्छन्, ‘दलितसँग बिहे गरेकै कारण मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाड्नुभएको थियो । त्यहाँबाट उहाँहरू सर्लाही जानुभयो । म त्यहीँ जन्मिएँ । त्यसपछि काठमाडौँ आइयो ।’

यशका अनुसार त्यतिखेर पण्डितले दलितसँग बिहे गऱ्यो भने केटाकै जात तल झारिन्थ्यो । त्यसैले होला, बुबा ब्राहमण भए पनि समाजमा यशको परिचय पनि दलितकै रूपमा छ । उनी स्वयम् भन्छन्, ‘मेरो सिर्जनाले पनि त्यस्तै परिचय दिन्छ ।’ त्यसो त उनलाई नागरिकता बनाउने क्रममा परियार हटाएर नेपाल मात्रै राख्दा छोटो हुने सुझाव दिइएको थियो । तर, उनले मानेनन् । ‘आमासँग नजिक थिएँ त्यसैले लामो हुने भए बरु परियार मात्रै राखौँ भनेको थिएँ । त्यसमा पनि विवाद भयो । त्यसैले अन्तिममा बुबा र आमा दुवैको थर राखियो,’ यशले भने ।

संगीत क्षेत्रमा आएपछि भने उनले आफूलाई यशकुमार भनेर चिनाउन थाले । नामको पछि थर नलेखेकै आधारमा दलित भनिदिने वा थर लुकाएको भनेर आक्षेप लगाउने जमात पनि समाजमा छ । यशकुमारलाई पनि धेरैले त्यसै भन्थे । ‘जसले जुन रूपमा मलाई हेर्न चाहन्छ, त्यसरी नै हेरोस् । म त मान्छे नै हो । त्यसैले मेरो नाम यशकुमार मात्रै राखेँ । म चाहन्छु, पहिला मलाई मान्छेका रूपमा चिन । त्यसपछि अरु,’ उनले भने ।

यशले आफ्ना छुवाछुतविरुद्धका गीत र फिल्मबाट प्रभावित भएर बिहे गर्ने हिम्मत जुटाएका जोडीहरू थुप्रै भेटेको बताउँछन् । ‘तपाईंको गीत सुनेर अन्तरजातीय बिहे गरेको छु भन्ने प्रशंसक धेरै भेटेको छु,’ उनी सुनाउँछन्, ‘एकपल्ट कार्यक्रमका लागि हेटौँडा जाँदा एउटा जोडी मेरो छेउमा आएर मलाई पालैपालो अंकमाल गरेको थियो । भर्खरै बिहे गरेको जोडी थियो । युवतीले मलाई भनेकी थिइन्, ‘तपाईंको फिल्मले एकदमै छोयो । बिहे गर्ने आँट आयो र हामीले अन्तरजातीय बिहे गर्यौँ । त्यसपछि मलाई महसुस भयो, सिर्जनाको शक्ति ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik