• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
के गरे कुस्त धन कमाइन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

सुव्रत आचार्य

के गरे कुस्त धन कमाइन्छ ?
आश्विन २८, २०७४

ओहो, कुस्त धन कमाउन धेरै गाह्रो छ । कसैले भ्रष्टाचार गरेर कमाउँछन् भने कसैले परिश्रम गरेर धन कमाउँछन् ।

- चन्दा देवान, गायिका

मेहनत र सही क्षेत्रमा लगानी गर्न सकियो भने कुस्त धन कमाइन्छ कि ? 

- हेमन्त शर्मा, गायक

आफूलाई सन्तुष्टि दिने धन नै कुस्त धन हो । यो इमान्दार र सिर्जनशील भएर पनि कमाउन सकिन्छ । 

- सरोज प्याकुरेल, संगीतकार 

राम्रो काम गरे ठिक्क धन कमाइन्छ, तर कुस्त धन कमाउन चाहिँ कि अरूलाई ठग्नु पर्छ अर्थात् अरूलाई मुर्गा बनाउनुपर्छ । 

- घनश्याम गौतम, अभिनेता

काममा जति धेरै मेहनत गर्‍यो त्यति नै सफलता पाइन्छ । सफल भएपछि धन त आफैं आउने कुरा हो नि । 

- राधिका कँडेल, आरजे/भिजे

सुपरहिट गायक हुन सकियो भने नाम त स्वत: कमाइन्छ, धन पनि कुस्त नै कमाइन्छ । 

- योगेशकाजी, गायक

मेहनत गरेर मात्र कुस्त धन कमाउन सकिन्छ । 

- राम ठाकुर, हेयर स्टाइलिस्ट 

उत्तर साधारण छ नि...जस्तो काम गर्‍यो, त्यस्तै धन कमाइन्छ । 

- सुरेन श्रेष्ठ, कलाकार

भ्रष्टाचार र घूस खाए कुस्त होइन पुस्त धन कमाइन्छ नि । 

- दमन रूपाखेती, हास्य अभिनेता

धन कसरी कमाइन्छ भन्दा पनि आफूसँग जे छ, त्यसमै सन्तुष्ट हुनु राम्रो । 

- शंकर अधिकारी घायल, निर्देशक

मनुष्य असन्तुष्ट प्राणी...कतिलाई धेरै भन्ने हो नै थाहा हुँदैन । सानो–सानो चिजमा खुसी हुन सक्नेले त्यसै सन्तुष्टि कमाइ हाल्छ । 

- एसराज गराच, अभिनेता

सादा विचार तथा कर्म व्यापक गर्नुपर्छ । त्यसका साथै नि:स्वार्थ भावनाले लक्ष्मीमाताको पूजा–आराधना गर्नुपर्छ ।  

- चिरञ्जीवी भण्डारी, संगीतकर्मी 

आफ्नो काममा ध्यान दिन सकियो भने कुस्त धन कमाउन गाह्रो छैन । 

- अनुष्का पाठक, गायिका 

कर्मले नै मानिसलाई सफल बनाउँछ । आफ्नो कर्ममा ध्यान दिन सकियो भने धन कमाउन कसैले छेक्दैन । 

- कला सुब्बा, कोरियोग्राफर 

सानो लगानीबाट सफलता हासिल गर्दै उक्त व्यवसायलाई ठूलो बनाउन सके कुस्त धन कमाइन्छ । 

- सुरज प्रजापति, कलाकार 

इमान्दारिताका साथ काम गर्नुपर्छ, ढिलै भए पनि प्रगति हुन्छ । 

- रेनुका थापा, गायिका

राम्रो व्यवसाय गरे कुस्त धन कमाइन्छ । 

- बीपी वाग्ले, गायक

हिम्मत नहारी मेहनत गर्ने हो भने कुस्त धन कमाउन सकिन्छ ।

- नवीन खतिवडा, गायक

राजनीतिमा लागियो र नेता भइयो भने ।

- भरत रेग्मी, भिजुअल सम्पादक

के गरी कमाइन्छ ? म त्यसकै खोजीमा छु । अहिलेसम्म पत्ता लगाउन सकेको छैन । 

- राजन घिमिरे, पत्रकार

आफूलाई सबैभन्दा धनी सम्झेर काम गर्ने ।

- कृषा चौंलागाईं, निर्मात्री

कि मेहनत गरे कुस्त कमाइन्छ, कि भष्ट्राचार गरे कुस्त कमाइन्छ हाम्रो नेपालमा ।

- शारदा थापा, समाचारवाचिका

म पनि त्यही सोचिरहेको छु, कसले बताउला तरिका ?

- सञ्जय बराल, रेडियोकर्मी

कालोबजारी गर्नुहोस्, व्यापार गरे पनि कर छल्नुहोस्, नेता भएर जनता ठग्नुहोस् । 

- शान्तिम कोइराला, गायक

सही पेसा अनि सही लगानीमा भाग्यले साथ दियो भने कुस्त धन कमाउन सकिन्छ ।

- निकेश खड्का, निर्देशक

भाग्यमा लिएर आएको हुनुपर्छ ।

- बबिता मानन्धर, गायिका

दुईनम्बरी धन्दा र भ्रष्टाचार गरे ।

- विकास सुवेदी, भिडियो निर्देशक

हात पाखुराले मेहनत, मनबाट संघर्ष अनि दिमागबाट सही व्यवस्थापन गर्न सके ।

- सन्तोष सेन, निर्माता

समयको मागअनुसार सही तरिकाबाट दिमाग लगाएर, आँट गरेर, कडा मेहनत गरेपछि भाग्यले साथ दिए ।

- अलाइभ ग्लाइडर, व्यवसायी

यो प्रश्न त बिल गेट्स, विनोद चौधरी, अम्बानी ब्रदर्स, जुकरबर्ग, अलिबाबा डटकमका ज्याकहरूसँग पो सोध्नुपर्ने । 

- डिजे शिशिर

इमान्दार भएर आफ्नो करियरप्रति ध्यान दिइयो भने ।

- सुवास प्रधान, संगीतकर्मी

कुस्त धन कमाउन त कि चिठ्ठा पर्नुपर्छ कि गलत बाटो समात्नुपर्छ । 

- जीवन पराजुली, सञ्चारकर्मी

इमान्दार एवं लगनशील भै धैर्यताका साथ मेहनत गरियो भने कुस्त धन कमाइन्छ ।

- मिलन शंकर, अभिनेता

अरू काम गरे सुस्त धन कमाइन्छ । बजारको ट्रेन्ड हेर्दा हिट लोकगीत राखेर झुर कमेडी चलचित्र बनाउँदा कुस्त धन कमाइने देखियो । इज्जतलाई बाल मतलब गरेर राजनीति गर्दा पनि कुस्त धन कमाएर चुस्त हुने रैछ ।

कुमार भट्टराई, निर्देशक/लेखक

धर्म र पाप भन्ने कुरा नि कहीं हुन्छ र ? भन्ने सोचियो भने ।

- अजय अधिकारी सुशिल, गायक

अहिलेको जमाना लगानीको छ । उचित रूपले लगानी गर्न सके, विचार पुर्‍याएर आफ्नो धन सुरक्षित गर्न सके । घर बसीबसी कुस्त कमाउन अहिले चलेको फेसन सेयरमा लगानी 

गर्नु नै हो ।

- विजय अधिकारी, लेखक

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik