• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
चलचित्रको बारेमा सोचेकी छैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

चलचित्रको बारेमा सोचेकी छैन
आश्विन ६, २०७६

समाचारवाचिका शैल सुमन सिलवाल केही दिनयता सामाजिक सञ्जालमा छाइरहेकी छिन् । नेपाल टेलिभिजनमा अंग्रेजी समाचार वाचन, समाचार लेखन तथा सम्पादनमा कार्यरत सिलवाल अहिले युवापुस्तामाझ चासो र चर्चाको विषय भएकी छिन् । सुन्दरता र प्रस्तुतिका कारण सामाजिक सञ्जालमा चर्चा कमाएकी शैलसँग साप्ताहिककर्मी प्रकाश रानाभाटको जम्काभेट :

समाचारले भाइरल नै बनायो होइन ?

भाइरल नै बनायो भन्नुपर्‍यो । धेरै जनाले नोटिस गर्नुभएको छ, पछ्याइरहनुभएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न ट्रोल पनि देखिरहेकी छु । 

भाइरल हुँदा कस्तो अनुभव हुँदो रहेछ ?

रमाइलो लागेको छ । आफूले गरेको कामको मूल्याङ्कन भैरहेको छ भन्ने भएको छ । पहिलेको तुलनामा जिम्मेवारी थपिएको महसुस गरेकी छु । 

भाइरल हुनुमा तपाईंको सुन्दरताले भूमिका खेल्यो कि प्रस्तुतिले ? 

दुवैले उत्तिकै भूमिका खेलेजस्तो लाग्छ । सुन्दरताले मात्र भूमिका खेलेको भए जसरी सजिलै दर्शकले मन पराउनुभयो त्यसरी नै तल झारिदिनुहुन्थ्यो । मेरो प्रस्तुतिले पनि दर्शकहरूलाई छोएको हुनुपर्छ ।

मिडियामा किन आउनुभयो ?

म सानैदेखि बोल्न रुचाउने स्वभावकी थिएँ । अरूले मैले बोलेको, काम गरेको सुनून्–देखून् भन्ने लाग्थ्यो । मिडियामार्फत समाजमा केही गर्न सकियोस्, केही योगदान पुर्‍याउन सकियोस् भन्ने हिसाबले यो क्षेत्र रोजेकी हुँ । 

अध्ययन कहाँ गर्नुभयो ?

मैले एसएलसी जेम्सबाट, प्लस टु र ब्याचर गोल्डेन गेटबाट अनि मास्टर्स त्रिभुवन विश्वविद्यालयबाट गरेकी हुँ । पत्रकारिताको अध्ययनका लागि चाहिँ अमेरिकी दूतावासबाट सुसी नामक कार्यक्रमअन्तर्गत वासिङ्टन युनिभर्सिटीमा जाने अवसर मिल्यो । त्यहाँ रहँदा मैले टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाका बारेमा बुझ्ने अवसर पाएँ ।

तपाईंको नेपाली राम्रो कि अंग्रेजी ?

चिने–जानेजति सबैले मेरो अंग्रेजीको प्रशंसा गर्नुहुन्छ । तिम्रो कस्तो राम्रो अंग्रेजी भन्नुहुन्छ । म आफैंलाई पनि अंग्रेजी नै राम्रो लाग्छ ।

समाचार वाचनका लागि अङ्ग्रेजी नै किन रोज्नुभयो ?

मेरो अंग्रेजी भाषा राम्रो भएका कारण नेपालीमा भन्दा अंग्रेजीमै कन्फिडेन्स आयो । 

पहिलो पटक समाचार पढ्दाको अनुभव सुनाइदिनुहोस् न ? 

वर्षौंदेखिको सपना साकार हुँदै थियो, त्यसैले केही नर्भस अनि धेरै उत्साहित महसुस गरेकी थिएँ । 

आफूले पढेको समाचारको रेकर्ड हेर्नुहुन्छ ?

बेला–बेलामा हेर्छु । सुरु–सुरुमा पढेको समाचारको रेकर्ड हेर्दा खुसी लाग्थ्यो । आफूलाई सुधार्न पनि समय–समयमा त्यस्तो रेकर्ड हेर्नुपर्छ ।

भविष्यको लक्ष्य ?

मानिसको एउटा लक्ष्य भए पनि समयले कहिले कता त कहिले कता पुर्‍याउँछ । मेरो चाहिँ जुन क्षेत्रमा भए पनि त्यो क्षेत्रलाई न्याय दिने र सफलता हासिल गर्ने लक्ष्य छ । अध्ययनमा पीचडीसम्म गर्ने सोच छ ।

धेरैले तपाईंको सुन्दरताको प्रशंसा गर्छन् ? तपाई आफैलाई कति राम्री छु जस्तो लाग्छ ?

मलाई सुन्दरता हेर्ने आँखामा भर पर्छ जस्तो लाग्छ । म आफ्नो रूपरंगप्रति सन्तुष्ट छु ।

राम्री बन्नचाहिँ के–के गर्नुहुन्छ ?

नकारात्मक सोच हाबी हुन दिन्नँ । खानपानमा ध्यान दिनुका साथै शारीरिक व्यायाम पनि गर्छु ।

आफैंलाई मन पर्ने आफ्नो अंग ?

आँखा ।

चलचित्रबाट अफर आयो भने ?

तत्काललाई सोचेको छैन । केही समयपछि मेरो क्षमताले गर्न सक्ने र राम्रो कथा प्राप्त भयो भने सोच्नैपर्छ ।

फुर्सदमा के गर्नुहुन्छ ?

पुस्तक पढ्छु । विभिन्न ठाउँ घुम्न जान्छु, युट्युबमा भएका जीवनसँग सम्बधित प्रभावकारी भिडियोहरू हेर्छु । 

तपाईंलाई मन पर्ने समाचार वाचक/वाचिका ?

बन्दना राणा ।

सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ?

त्यस्तो धेरै चलाउँदिनँ । तर सामाजिक सञ्जालमा मेरो कामलाई लिएर ट्रोल बन्न थालेपछि अलि बढी चलाउन थालेकी छु । 

प्रतिक्रिया चाहिँ कस्ता आउँछन् ?

धेरैले मेरो वाचनशैली अनि सुन्दरताकै बयान गर्नुहुन्छ । केहीले चाहिँ तपाईंलाई देखेपछि हामीलाई पनि सरकारी जागिरमा प्रवेश गर्न हौसला मिलेको छ भन्नुभएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik