• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
नयाँ पुस्तालाई मौलिक मिठाई चखाउन सकेनौं
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

नयाँ पुस्तालाई मौलिक मिठाई चखाउन सकेनौं
कार्तिक ९, २०७६

काठमाडौंको थापाथलीस्थित रामभण्डार राणाकालीन समयताकै सञ्चालनमा आएको मिठाई पसल हो । राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाको समयमै आफ्ना जिजुबुवाहरूले यो पसल प्रारम्भ गरेको सञ्चालक दिवाकर राजकर्णिकार बताउँछन् । करिब २ सय वर्षको गर्विलो इतिहास बोकेको पसल तथा नेपाली मिठाईका बारेमा राजकर्णिकारसँग साप्ताहिककर्मी प्रकाश रानाभाटको कुराकानी : 

सुरुवाती समयमा नेपालीहरूमा मिठाई खाने ट्ेरन्ड कस्तो थियो ?

पहिले–पहिले नेपालीहरूले सार्‍है कम मात्रामा मिठाई खान्थे । नेपालीहरूमा अहिले जस्तो मिठाई किन्न सक्ने क्षमता पनि थिएन । अधिकांश नेपालीको आम्दानीले बिहान–बेलुका छाक टार्नै ठिक्क हुन्थ्यो । हुने–खानेहरूले बिहान बेलुका अलि–अलि खान्थे । अहिलेको जस्तो प्रत्येक दिन मिठाई खाने चलन थिएन । 

नेपालको कुन मिठाई बढी लोकप्रिय थियो ?

सुरुवाती समयमा जेरी, स्वारी, हलुवा, गजा, निम्की, लाखामरी, एैठ्यामरी, लालमोहन, अनरसा, रोट, खाजाजस्ता मिठाई निकै प्रचलित थिए । धेरै पछिसम्म पनि तिनै मिठाई नै चलिरहेका थिए । 

नेपालीहरू कुन–कुन अवसरमा मिठाई खान्थे ?

चाडपर्व जस्तो विशेष अवस्थामा मात्र मिठाई खाने चलन थियो । कहीँ सन्तान जन्मियो अथवा मर्दा–पर्दा, बिहे, ब्रतबन्ध, तिहार तथा आमाबुबाको मुख हेर्ने जस्ता अवसरमा मानिसहरू मिठाई खान्थे । यस्तै वातावरणमा मात्र मिठाई किन्थे ।

भारतीय मिठाई नेपालमा कहिलेदेखि कसरी भित्रियो ?

नेपालमा भारतीय मिठाई भित्रिएको ०२०/२२ सालतिर हो । त्यसभन्दा अघिसम्म नेपाली मिठाईकै एकछत्र बजार थियो । छिमेकी मुलुकमा नेपालीहरूको आवतजावत सजिलै हुने भएकाले नेपालीहरू भारतबाट फर्कंदा उतैका मिठाई ल्याउँथे, त्यसैबाट प्रभावित भएर भारतीय मिठाईको माग बढ्दै गएको हो । 

यसको बजार किन बढ्यो त ?

नेपालमा भारतीय मिठाईको बजार बढ्नुका धेरै कारण छन् । पहिलेको तुलनामा अहिले जनसंख्या पनि धेरै छ । बजारमा नयाँ–नयाँ मिठाई पसल थपिए, अन्तर्राष्ट्रिय ब्रान्डेड मिठाई पसल पनि नेपाल भित्रिए । त्यस्तै नेपालीहरूको मन पनि भारतीय मिठाईमा गएका कारणले यसको बजार वृद्धि भएको हुनसक्छ । माग बढे पछि आपूर्ति त हुने भैहाल्यो । नेपालमा भारतीय मिठाईको बजार बढेको चाहिँ ५० सालतिरदेखि हो ।

अहिलेको अवस्थामा नेपाली मिठाईको बजार राम्रो छ कि भारतीय मिठाईको ?

साँच्चै भन्नुपर्दा नयाँ पुस्ताले नेपाली मिठाई निकै कम खान्छन् । उनीहरूलाई भारतीय मिठाई नै बढी मन पर्छ । भारतीय मिठाई कै बजार राम्रो छ । 

२ सय वर्षको इतिहास बोकेको नेपाली मिठाईको विकास किन हुन नसकेको ? 

सेलरोटी, अनरसाजस्ता परिकार घरघरमा पनि बन्छन् । नेपाली मिठाई खाँदै आएकाहरूको मन अन्ततिर गयो । हामीले हाम्रो नयाँ पुस्तालाई हाम्रो मौलिक मिठाईका बारेमा बुझाउन पनि सकेनौं । अर्को कुरा नेपाली मिठाई त्यति बन्न पनि छाडे । 

अब यसको बजार बढाउन के गर्नुपर्ला ? 

नेपाली मिठाई बनाउँदै आएका व्यापारीहरूले बनाउन छाड्नु भएन । यसको प्रचार–प्रसारमा लाग्नुपर्‍यो । बजार बढाउन प्रविधिको प्रयोग गर्नुपर्‍यो । मुख्य कुरा नयाँ पुस्तालाई नेपाली मिठाईको मौलिकता 

बुझाउन सक्नुपर्‍यो । 

अहिले मिठाई खाने ट्ेरन्ड कस्तो छ ?

बढ्दो छ, तर मानिसहरू नेपाली मिठाईको तुलनामा भारतीय मिठाईतिर ढल्किएका छन् । 

कुन वर्गले बढी मिठाई खान्छन् ?

मारवाडी समुदायमा मिठाई खाने चलन बढी छ । उनीहरू शाहाकारी हुने हुँदा मिठाई बढी मात्रामा प्रयोग गर्छन् । नेवार समुदायमा चाहिँ नेपाली मिठाई बढी प्रयोग हुन्छ । 

अहिले नेपालमा बढी रुचाइएको मिठाई कुन हो ? 

दुधमलाई, रसबरी, बर्फी, लालमोहनजस्ता मिठाई बढी रुचाइएका छन् । 

अहिले धेरै मानिसले स्वास्थ्य बिग्रिन्छ भनेर मिठाई खान छाडेका हुन् ?

खान छोडे भन्दा पनि मोटाइन्छ भनेर मानिसले मात्रा कम गरेका हुन सक्छन् । मिठाई धेरै खाने कुरा पनि होइन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने गुँदपाक सुत्केरी महिलाका लागि विशेष परिकार हो । मिठाईकै अर्को परिकार खजुरी बालबालिकाहरूका लागि उपयुक्त हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik