• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
राजेश हमालको ‘लक डाउन’ योजना (भिडियो सहित)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

राजेश हमालको ‘लक डाउन’ योजना (भिडियो सहित)
चैत्र ११, २०७६

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि गरेको ‘लक डाउन’को पहिलो दिन बिहानै अभिनेता राजेश हमालले आफ्नो फेसबुक पेजमा ‘डे वान’ लेख्दै एउटा भिडियो सेयर गरे । भिडियोमा उनी अमेरिकन गायक जस्टिन टिम्बरलेकको चर्चित गीत ‘अ हन्ड्रेड माइल्स’ गुन्गुनाइरहेका छन् । 

भिडियो सन्देशमार्फत आफ्ना दर्शकलाई सचेत र सर्तक रहन आग्रह गरिरहेका हमाललाई भिडियोमा हेर्दा लाग्छ– उनी यसमा गीतमात्रै गुन्गुनाइरहेका छैनन्, अरूलाई कति पनि बोर नभइकन ‘लक डाउन’को सदुपयोग गर्न संकेत गरिरहेका छन् । 

विन्दास पारामा गीत गाइरहेको भिडियो सार्वजनिक गरेपछि हमालसँग सम्पर्क गर्दा उनी जोडले हाँसे । ‘म त हत्तपत्त बोर नहुने मान्छे, अरू पनि बोर नहोउन् भनेर यसो रमाइलो गरेको नि,’ लाजिम्पाटस्थित सेल्फ क्वारेन्टाइनबाट उनले सुनाए । 

पहिले दिनको पहिलो काम अर्थात् ‘म्युजिक थेरापी’ त उनले फेसबुकमा सेयर गरिहाले । तर, सातै दिनको योजनाबारे जिज्ञासा राख्दा सुरुमा उनी ठट्यौली पारामै प्रस्तुत भए, ‘घरबाट बाहिर हेर्दा गार्डेन देखिन्छ, भित्र मधुुको अनुहार ।’ 

गज्जबले हाँसेपछि उनले फेरि भने, ‘जे होस् मधु (श्रीमती)लाई समय दिन पाइएको छ, म पनि खुुशी छु, उनी पनि खुुशी ।’

राजेश यो सात दिन अरू बेलाभन्दा फरक केही गरिरहेका छैनन् । फुर्सदका बेला जसरी उनी आफूलाई ‘अकुपाइड’राख्थे, यी दिन पनि त्यसरी नै  बिताउने उनको योजना छ ।  कहिले म्युजिक सुनेर, कहिले व्यायाम गरेर, कहिले पुस्तक पढेर त कहिले युट्युुबमा डकुुमेन्ट्री र सूचनामुुलक सामग्री हेरेर । ‘म अरुबेला फुर्सदमा यिनै कामहरु गर्थें, यो सात दिनमा पनि यसरी नै बित्नेछ,’ उनले भने । 

एउटा किताब उनले पढ्न भनेर साँचिराखेका छन्, त्योचाहिँ यही सात दिनमा पूरा गर्न चाहन्छन्–‘अ कम्प्लिट ह्यान्ड बुक अफ नोभेल राइटिङ’ । 

‘यसको अर्थ निकट भविष्यमा राजेश हमालको उपन्यास आउँदैछ ?’

‘केही न केही त आउला, तर जे आउँछ त्यो अरूको फर्मुला पढेर भन्दा पनि मनबाटै आउँछ । सिर्जनामा फर्मुला काम लाग्दैन । सिर्जनामा सधैँ आफ्नै हृदयलाई सुन्नुुपर्छ । अनिमात्रै मौलिकता देखिन्छ ।’

मंगलबारबाट लक डाउन हुने निर्णय राजेशले सोमबार राति अबेरमात्रै थाहा पाएछन् । त्यसैले खानपिनको जोहो गर्न पाएनन् । ‘यो सात दिनमा खानपिन, पानी आदिचाहिँ के हुुन्छ, सोच्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बिहान खाद्यस्टोरहरू खुल्ला हुन्छ होला भन्ठानेको थिएँ, बिहान हेर्दा भेटिनँ । यद्यपि दुुई–चार दिन चल्छ होला, त्यसपछि पुुगेन भने ४८ घन्टे फास्टिङ बस्नुपर्ला ।’

राजेशलाई लाग्छ, सबैले यो फुसर्दको समय बोर नमानिकन सदुुपयोग गर्नुपर्छ । ‘आफू व्यस्त हुँदा घरमा बसेर गर्न नपाएको कामहरू के के थियो, सबैभन्दा  सुरुमा त्यो सोच्नुपर्यो,’ उनको टिप्स छ, ‘कति मान्छेहरू भन्थे, व्यस्त भएर यो गर्न पाइएन, त्यो गर्न पाइएन । अब उनीहरूका लागि यो मौका हो, सदुुपयोग गर्नुपर्यो ।  पढ्न रुची भएको मान्छेले पढ्नुपर्यो । व्यायाम, योगा, ध्यानतिर रूची हुनेले त्यही गर्नुपर्यो । फिल्म हेर्न रुचाउनेले फिल्म हेर्नुपर्यो तर, बोर मान्दै अब के गर्ने भनेरचाहिँ बस्नुुभएन ।’

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik