• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
महामारीले हामीलाई  आत्मसमीक्षा गर्ने मौका दिएको छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

महामारीले हामीलाई  आत्मसमीक्षा गर्ने मौका दिएको छ
वैशाख २०, २०७७

लकडाउनका कारण घरभित्रै बसिरहेका चलचित्र अभिनेता तथा नाट्यनिर्देशक दयाहाङ राई अहिले आफ्नै करिअरलाई पछाडि फर्केर हेरिरहेको बताउँछन् । कोरोना–महामारीपछि नेपालमा सिनेमा निर्माणमा कमी आउने तर राम्रा सिनेमा बन्ने उनको अनुमान छ । राईसँग अनिल यादवले गरेको कुराकानी:

लकडाउन दैनिकी कति सहज भइरहेको छ ?

अभिनेता भन्नु नै सहज प्राणी हो किजस्तो महसुस हुन्छ कहिलेकाहीँ । जीवनका हरेक भोगाइलाई उसले अनुभवकै रूपमा ग्रहण गर्ने रहेछ । लकडाउनलाई पनि मैले जीवनको अनौठो र फरक अनुभवका रूपमा सकरात्मक हिसाबले लिइरहेको छु । 

सधैं सुटिङको धपेडीमा हुनुहुन्थ्यो । घरमै रहनुपर्दा क्यामेरा खुब मिस भइरहेको होला नि ?

यो त स्वाभाविक नै भयो । हरेक मान्छेलाई यतिखेर आफ्नो पेसा र दैनिकी मिस हुन्छ । मलाई अहिले खास मिस भइरहेको आफ्नो नियमित जीवन हो । जीवन छिट्टै सामान्य भइदिए हुन्थ्यो भन्ने लाग्छ । मेरो पनि अरू आममान्छेको जस्तै छ दैनिकी छ । आधा परिवार गाउँमा हुनुहुन्छ, आधा यता हामीसँगै छौं । 

लकडाउनको समय कसरी सदुपयोग गर्दै हुनुहुन्छ ?

सुरुको एक साता त मैले आरामकै हिसाबले लिएँ । जब लकडाउन लम्बियो, अनि समय कटाउने बहाना त चाहियो । कलाकार भइसकेपछि स्वाभाविक रूपमा सिनेमा हेर्ने नै भइयो । यो बीचमा मैले खासगरी पुराना हिन्दी सिनेमा हेरेँ । जुन पहिल्यै हेरिसकेको थियो । पहिले अर्कै हिसाबले हेरेको सिनेमा, अहिले हेर्दा कसरी ग्रहण गर्ने रहेछु, त्यो बुझ्न पनि मैले ती सिनेमा दोर्‍याएर हेर्न जरुरी ठानेँ । 

नयाँ नाटक वा सिनेमाको तयारीमा पनि हुनुहुन्छ कि ? 

त्यस्तो तयारी नै त छैन । नयाँ नाटक गरौँ कि भनेर साथीभाइसँग सल्लाह गरिरहेको छु । 

नेपाली सिनेमा कोरोना महामारीका थला पर्ने देखिन्छ । यो महामारीपछि नेपाली सिनेमा सामान्य अवस्थामा फर्किन कति समय लाग्ला ? यसले पार्ने प्रभाव के–के होलान् ?

सिनेमा पनि अर्थतन्त्रसँगै जोडिने भएकाले आर्थिक नोक्सान हुने नै भयो । नेपाली सिनेमा पुरानै लयमा फर्किन कम्तीमा एक वर्ष लाग्छ होला । यद्यपी महामारीपछि हामीकहाँ राम्रा सिनेमा बन्लान् कि भन्ने मलाई लागेको छ । हिजो बजारमा पहुँच भएका बजारमुखी सिनेमा बढी बने । अब चाहिँ समाजलाई नजिकबाट चिहाउने खास सिनेमाहरू बन्छन् कि भन्ने मलाई लागेको छ । यहाँनेर म अर्को कुरा के जोड्न चाहन्छु भने लकडाउनमा सम्पूर्ण मान्छेहरूलाई आफूले विगतमा गरेका कामहरूको आत्मसमीक्षा र आत्मबोध गर्ने मौका दिएको छ । अझ सिर्जना गर्ने मान्छेहरूले म कहाँ चुकेको रै’छु र मैले समाजलाई कसरी बुझेको रै’छु भनेर आत्मसमीक्षा गरिरहेका होलान् । कतिपय फिल्ममेकरहरू राम्रो सिनेमा बनाउने प्रयत्न गर्दागर्दै बजारको हाउगुजीका कारण चुकेको अवस्था थियो । त्यसकारण अब कोरोनापछि संख्यात्मक हिसाबले एकदमै कम सिनेमा बन्छन् तर खास सिनेमा बन्छन् भन्ने मेरो विश्वास छ । सारा संसारलाई अहिले कोरोनाले एक ठाउँमा ल्याएर उभ्याइदिएको छ । सारा संसार अहिले अरू कुरा बिर्सेर कोरोनाविरुद्ध लडिरहेको छ । त्यसैले यो महामारीले फिल्ममेकरहरूमा पनि पक्कै जीवनप्रति हेर्ने फरक दृष्टिकोर्ण निर्माण भएको हुनुपर्छ । घरमा लामो समय परिवारसँग बिताइरहँदा सम्बन्धलाई राम्रोसँग अनुभूत गरेको हुनुपर्छ । यी सबै कुरा कतै न कतै अब बन्ने सिनेमामा झल्किएलान् भन्ने मलाई लागेको छ ।

नेपाली फिल्मको अन्तरवस्तु (कन्टेन्ट)मै परिवर्तन आउला ? 

जीवन र सम्बन्धको दृष्टिकोणमा अहिलेका केही अनुभवहरू झल्किएलान् भन्न खोजेको हो । तर, हामीकहाँ समाजका विविध संरचनालाई गहिराईमा बुझेर सिनेमा बनाउनेहरू एकदमै कम छन् । हामी सतही बुझाइमै रमाएको अवस्था छ । हामीले कन्टेन्ट भनेर उठाएका विषयमा पनि त्यही कारण बिग्रिएका प्रशस्तै उदाहरण छन् । त्यसैले धेरै ठूलो अपेक्षा राख्नु बेकार हो । तर, सूक्ष्म हिसाबले खोज्ने हो भने यो कोरोनाले हामीलाई धेरै कन्टेन्ट दिएर जाँदैछ । 

कोरोनाले निम्त्याउने आर्थिक संकटका कारण सिनेमा निर्माणमा कमी आउने, कति कलाकारले काम नपाउने र कतिको पारिश्रमिक घट्ने परिस्थिति पनि आउन सक्छ । यसलाई कसरी लिनुभएको छ ?

यसमा मेरो प्रष्ट धारणा छ– जुन उद्देश्य वा स्वार्थमा फिल्म बनाइन्छ, म त्यहीअनुसार पारिश्रमिक लिन्छु । मेरो पारिश्रमिक ठ्याक्कै यति भन्ने छैन । म मेकरलाई स्पष्ट भन्छु, तपाईं पैसा कमाउन फिल्म बनाउँदै हुनुहुन्छ भने मलाई पनि पैसा दिनुस्, मैले पनि पैसा कमाउनै पर्‍यो । यदि कसैले पैसाका लागि मात्रै नभएर समाजका लागि वा कुनै कथा भन्नका लागि सिनेमा बनाइरहेको छ भने मैले तपाईंको बजेट जति हो, त्यति दिनुस् भन्छु । त्यसैले पारिश्रमिकका मामिलामा कोरोनाको संकट र मेकरको स्वार्थ दुवै कुरालाई ध्यानमा राखेर सहमतीमा पारिश्रमिकको निर्णय गर्न सकिन्छ । 

तपाईंका सम्झौता गरिसकेका सिनेमाकै सुटिङ हुन बाँकी छ, त्यसैले यो साल फुर्सदिलो बस्नु नपर्ला । तर, अरू कलाकारहरूमा काम नपाउने भय छ नि ? 

काम नपाउने भय त छ । तर, यसको सकारात्मक पक्ष पनि छ । आफूलाई अझ बलियोसँग तयार गर्न पर्याप्त समय पाइन्छ । कलाकारले आफू निखार्न यो समय सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । यद्यपि रोजीरोटीको कुरा पनि आउँछ । जुन समस्या हामीले मात्रै होइन, हरेक क्षेत्रका मान्छेले सामना गर्नुपर्नेछ । 

आफूले गरेका यसअघिका काम र कमजोरीबारे तपाईंले पनि केही आत्मबोध गर्नुभयो ? 

म धेरै कुरामा हतारिएजस्तो महसुस भएको छ । नाटकमा पनि हतारिएर काम गरेको छु । सिनेमा पनि हतारिएर गरेको छु । कुनै बेला सिनेमा गर्दै नाटक पनि गरेको छु । मान्छेलाई पुग्नु त कहीँ पनि छैन । सबैसँग राम्रो सम्बन्ध राख्नका लागि म अलि धेरै दौडिएँ कि भन्ने महसुस भएको छ । 

कोरोनापछिको दयाहाङ राईमा के परिवर्तन पाइएला त ?

यो त म भन्न सक्दिनँ । यी मैले महसुस गरेका कुरा मात्रै हुन् । अहिले आएर विगतमा मैले गल्ती गरेँ भन्नु पनि बेकार हो । किनभने त्यतिबेला समय नै त्यसरी चलिरहेको थियो । अर्को केही कुरा मेरा आदत भइसकेका छन् । आदत तोड्न मलाई पक्कै सजिलो हुँदैन । तर, मैले आज गरेको आत्मसमीक्षा र आत्मबोधले भोलि मेरो कामलाई अझै बलियो बनाउन मद्दत गर्ला भन्ने अपेक्षा छ । अभिनयप्रतिको लगाव झन् बढ्ला भन्ने लागेको छ ।

पछिल्लो समय तपाईंले सिनेमाको स्तरभन्दा संख्या बढाउनेमा ध्यान दिनुभयो भन्ने आलोचना हुन थालेको थियो । अब त्यता ध्यान दिन्छु भन्न खोज्नुभएको हो ?

कोसिस त पहिले पनि स्तरमै ध्यान दिने भन्ने हो । अब म सबै मेकरहरूलाई भन्दैछु, कोरोनाका कारण हामीसँग प्रशस्त समय छ, त्यसैले स्क्रिप्टमा पर्याप्त तयारी गरेर मात्रै सुटिङमा जाऔं ।

यो पनि पढ्नुहोला । 

सिनेमामा कोरोना सकस : महामारीपछि कसरी उठ्ला नेपाली सिनेमा ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik