• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
युनिकाको पुस्तक अंश
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

धनश्याम पथिक

युनिकाको पुस्तक अंश
भाद्र २३, २०७२

म पूरै परिवर्तन भएको छु आज । अलिक अभऽ, अलिक चञ्चले । यस्तै यस्तै । मेरो प्रस्तावलाई यति सरल रूपमा लिन्छे भन्ने सोचेकै थिइना । म तीन छक परो । सोचेको थिएा– आज होइन ल भन्छे । अथवा फोन नम्बर नदिने कुनै बहाना बनाउछे । अहा, यो उल्टो पर्‍यो । ‘हुन्छ नि त मेरो टिप्नु अनि तपाईंको पनि दिनु त’ भन्दै जिन्स प्यान्टमा टाइट भएर बसेको मोबाइल झिकी । उसले आफ्नो

नम्बर टिपाई– ९८४१..........। भर्खर भर्खर सर्वसाधारणको पहुाचमा आएको हुनाले जस्तोसुकै भए पनि मोबाइल बोक्नु भनेको सानको कुरा थियो । मैले नीलो रङ्गको नोकिया एघार सय मोडल निकालो र नम्बर सेभ गरो अनि आफ्नो पनि दिएा । फोन नम्बर सेभ गर्ने बेलामा उसले मेरो पूरा नाम सोधी र मैले पनि । नाम पहिले नै जानिसकेको थिएा । त्यसैले उसको थरमा मेरा कान चनाखा भए ।

– युनिका थापा । साटेको फोन नम्बर थियो तर मुटु साटेझौ लाग्यो । सेभ गरेको पनि फोन नम्बर नै थियो तर माया सेभ गरेजस्तो लाग्यो । मोबाइलमा होइन, मनमा, मुटुमा । मेरो मुटुमा युनिकाको माया, युनिकाको मुटुमा मेरो माया । मेरो मुटु ऊसाग, उसको मसाग । म यसै फुरुक्क भएा । फोन नम्बर साटी सक्नु र दिदी आउनु एकैपल्ट भयो । पानी पनि केही थामियो । अब छुट्ने बेलामा । मितको कोठा पनि घट्टेकुलो नै । त्यसैले हामी बिदा भयौा । छुटेपछि पनि एकपल्ट ऊ जाादै गरेको नहेरी हिाड्नै मन लागेन । आखिर मन न हो । बाटोमा मितले अलिअलि कुरा कोट्यायो । मैले खास केही होइन, राम्रो चिनजान भयो भनो । हुन पनि भएको त्यति नै थियो । अरू के भन्नु ? पुग्नु त कोठा थियो । उफ्रिनु त कोठामा थियो । फटाफट पाइला अघि बढिरहेका थिए, कोठा ताकेर । बीचमा मितले चिया खाऊा पनि नभनेको होइन तर मैले मानिना । कति बेला कोठा पुगेर आफ्नो तारिफ गरौा झौ भएको थियो । विशाललाई सुनाउन आतुर थियो मेरो मन । हानिएर कोठामा पुगो । कोठा त बन्द रहेछ 

उफ्, यहीबेला कहाा गएको होला ? मन खिस्रिक्कै भयो । हाम्रो चाबी एउटै थियो तालाको । तर राख्ने ठाउा भने दुवै जनाले एउटै निश्चित गरेका थियौ । बिजुलीको मिटर बक्समाथि । चाबी झिको । कोठा खोलो र ढलो खाटमा उतानो परेर । मोबाइल झिकेर युनिकाको नम्बर सम्पर्क लिस्टमा गएर हेरो ।

शङ्का पो लाग्न थाल्यो । कतै नम्बर गलत त दिएको छैन ? मन न हो, दोधारमा परिहाल्यो । फेरि एकचोटि हेरो । खै केटीको भर त नगर्नु भन्छन् । मन अझै दोधारमा फस्दै गयो । आ जेसुकै होस्, भन्यो फेरि मनले नै । घरक्क ढोका उघ्रियो । विशाल आइपुग्यो हातमा सब्जीको झोला बोकेर ।

– कस्तो भयो त कार्यक्रम ?

– नसोध न यार । आज त कार्यक्रम के भो के नि ।

– भनेपछि गजल खुब जम्यो कि क्या हो ?

– गजल होइन, मन जम्यो यार आज ।

मतलव ?

विशाल मेरा कुरा जान्नलाई आतुर भयो । मैले बेलिविस्तार लगाए । सुरुमा त मरेकाटे पत्याएन । दोहोर्‍याए, तेहेर्‍याए, अहा पत्याएन । केही कुरा पत्यायो तर युनिकालाई मेरोछेउ बस्ने वातावरण मिलाएको पत्याएन । अहा, फिटिक्कै पत्याएन । जति भन्दा पनि पत्याएन । भिडियो नै खिचेर ल्याएको भए नि हुन्थ्यो जत्तिकै पार्‍यो । कुराको बिट मारे मैले :

– अब पत्याए पत्याऊ । नपत्याए नपत्याऊ । भएको यथार्थ यही हो । त्यसपछि विशाल चुप लाग्यो । हुन पनि पत्याउन कसरी ? 

मलाई स्कुले जीवनदेखि नै चिनेको थियो उसले । मेरो स्वभाव केटीदेखि एघार हात पर भाग्ने तर व्यवहार पक्का । प्राय: केटीसाग बोल्दै नबोल्ने । इसारा दिादा पनि भाग्ने । एक र दुईपल्ट केटीले बोलाएपछि मात्र अघि सरेर बोल्ने । अलिक सङ्कोची । केही लजालु । जब घुलमिल हुन्छ, यादगार बन्छ । सधौका लागि । मेरो पन यही हो विशाललाई थाहा भएको । तर अनाम मण्डली जान थालेदेखि केही परिवर्तन भएको कुरा कहिलेकाहीा विशालले नभनेको पनि होइन । बेलुकी खाना पकाउने पालोमा विशालको । खाना खाइसकेपछि भाडा माझ्ने पालो मेरो । अल्छी लागे बिहान माझ्छु म । यसमा अर्को पनि कारण छ । खाना पकाउने पालो सधौ बिहान पर्छ मेरो ।

लोडसेडिङको बिजुली झ्वाट्ट आयो । म टीभी खोलो । आठ इन्चको सानो टीभी छ कोठामा । सादा । विद्यार्थीको कोठामा टीभी हुनु नै ठूलो कुरा हो । त्यसमा सादा र रङ्गीनको कुरै हुन्नथ्यो । क्रिकेट र फुटबल गेम हुादा यही सानो टीभीमा त गेम हेर्न साथीहरूको भीडभाड हुन्छ । भेला भएका सबैको आाखाको साइज जोड्ने हो भने पनि सत्र इन्चको टिभीभन्दा सानो हुादैन । तर मेरो मन पटक्कै टीभीमा गएन । बरू विशालका आाखा बरू टीभीतिरै छ । मेरो मन कसैले लगेजस्तै छ आज । लगेको पनि के भन्नु ? आफौ दिएको । लगिदेऊ न भनेर । पहिले उसको मन माग्ने पनि त म नै हुा । त्यसपछि त उसले मागेकी । कसैले पनि के भन्नु ? युनिकाले चोरेजस्तो छ । फेरि चोरेको नि के भन्नु ? हाकाहाकी

लगेको । टीभीले के दिादै छ, थाहा छैन । तर मेरा आाखाले युनिकालाई देख्दै छ । त्यो मङ्गोलियन अनुहारलाई सम्झिादै छ । मनले आाखाको पर्दामा सफा फोटो पठाइरहेछ धुलाएर । आाखा टीभीमा भए पनि तस्बिर एउटै देखिरहेछ । चिम्सा आाखा भएको । नाकको डााडी भासिएको । गोरो, बाटुलो अनुहार । उही युनिकाको ।

म टीभी हेर्न छोडेर छेउकै अर्को खाटमा सरो । अब मेरा आखा र औालाहरू मोबाइलमा पुगो । औालाहरू घरी फोन नम्बरको लिस्टमा पुग्छन् त घरी म्यासेज बक्समा । न त म्यासेज नै टाइप गर्छन् न त फोन नै डायल गर्छन् । म पनि दोधारमा परो । फोन गरौ कि नगरौ ? गरौा त के भनेर गरौा ? म्यासेज पनि पठाऊा कि नपठाऊ ? पठाऊा त के लेखेर पठाऊा ? एकछिन अलमल्लमा परेपछि मनले एउटा म्यासेज पठाउने आाट गर्‍यो । नम्बर पनि सही हो कि होइन ? जााच्ने राम्रो मौकाझौ लाग्यो मलाई । मैले मनको कुरामा लाहाछाप हानो र तुरुन्त म्यासेज बक्समा गएा । सुरुमा एउटा चल्तीको हिन्दी सायरी

छानो । त्यसलाई सच्याएा र अन्तिममा खाना भयो भनेर लेखो । पठाए । छिनमै म्यासेज डेलिभरी भयो । अब मलाई छटपटी हुन थाल्यो । कतै नराम्रो पो सोच्ने हो कि ? फोन नम्बर पाउनासाथ पछि लाग्यो भन्ने पो हो कि ? कतै मेरो नराम्रो प्रभाव पो पर्ने हो कि ?

मनमा तमासले कुरा खेल्न थाले ।

– ओए हेर त, पुतलीसडकको पानी । आज परेको पानीले त पुतलीसडक झन्डै बगाएछ नि । विशालले टीभीमा देखाउदै गरेको समाचार हेर्न आग्रह गर्‍यो । टीभीले दिउासो मैले तरेको पुतलीसडकको बाढी देखाउदै रहेछ । 

 राम्ररी हेर है । मलाई नि देखाउन सक्छ । दिउसो म यही बाढी तरेर बाल्मीकि गएको ।

मैले आफ्ना आखा मोबाइलमै पुर्‍याए । कतै म्यासेज आयो कि भनेर । अहा छैन । हुन त म्यासेज आउदा मोबाइल बज्छ । तर पनि मनको छटपटी, कतै नबजी म्यासेज आयो कि भन्दै मोबाइल

हेर्न खोजिरहन्छ । न छटपटियोस् पनि कसरी ? टिङ्टिङ्, टिङ्टिङ् गर्दै मोबाइल बज्यो । म्यासेज आयो । मन बुरुक्कै उफ्रियो । युनिकाको म्यासेज भनेर । हत्त न पत्त हेरो ।

मितको म्यासेज पो रहेछ । म्यासेजमा लेखेको थियो– भाइ पनि साथीकहा गएछ । भात पकाउन अल्छी लाग्यो । म त खाना खान होटलमा पो आएको छु । आउने भए आऊ घट्टेकुलो चोकमा । मैले कुरो बुझिहालो । मितको कोठामा, मित र उसको भाइ बस्छन् । आज भाइ रहेनछ । मितले खाना खादै गफ गर्ने साथी खोज्यो । मलाई पटक्कै जान मन छैन । तर एउटा बहाना त बनाउनु पर्‍यो । मैले म्यासेज गरो– अहिले नै त आउादिना । तर खाना खाइसकेपछि विचार गर्छु ल । यसको अर्थ म आउादिन भन्ने नै हो । नत्र विचार गर्छु भन्ने थिइना म्यासेजमा । विशालले खाना खाने ठाउा मिलायो । कार्पेटमाथि पत्रिका

ओछ्याएर । तर कुकरमा सिटी लागेकै छैन । खाना खाने ठाउामा हामी पत्रिका ओछ्याउाछौ ताकि भात र सब्जी पोखिए पनि कार्पेटमा नलागोस् । विशाल टीभीमै मस्त भयो । मेरो ध्यान मोबाइलमै छ । मोबाइल पुन: टिङ्टिङ् टिङ्टिङ् बज्यो । अघिको झौ मन उफ्रिएन । थाकिसकेछ । तर म्यासेज पढ्ने आतुरी भने कम रहेन । म्यासेज खोलो । अबचाहिा मन उफ्रियो । युनिकाकै रहेछ । नाचौा, नाचौा लाग्यो नपढीकनै । बिस्तारै पढो– सायरी त डरलाग्दो छ नि । खाना खाएको छैन । तपाईंले खानुभयो ? ओके गुड नाइट ! मन प्रफुल्ल भयो । नम्बर सही रहेछ । अझै खुसी छायो मनभरि । कहाा मनभरि मात्र, ज्यानभरि । कहाा ज्यानभरि मात्र, कोठाभरि । कहाा कोठाभरि मात्र, घट्टेकुलोभरि । कहाा घट्टेकुलोभरि मात्र, देशैभरि । कहाा देशैभरि मात्र, सायद संसारभरि । जे होस् म्यासेज आयो । खुसीको सीमा रहेन । के गरौा । कसो गरौा भयो । म्यासेज सातचोटि पढो मैले । विशाल पनि मेरो चर्तिकला हेर्दै रहेछ ।

– के भयो ? किन यति धेरै खुसी ?

झसङ्ग भएा, विशाल पनि कोठामै छ भनेर । मैले म्यासेजको कुरा पनि विशाललाई बताएा । बल्ल मेरा कुरा हो कि के हो जस्तो गर्‍यो उसले । मैले म्यासेजको उत्तर फेरि पठाइना । कसैले राती म्यासेजमा गुड नाइट अथवा कुनै पनि समयमा बाई लेखेर पठाउाछ भने म त्यसको अर्थ समाप्त बुझ्छु । अर्थात् आजका लागि कुराकानीको शृङ्खला समाप्त भएको ठानो मैले । त्यसैले पनि मैले पुन: म्यासेज पठाइना । फेरि पहिलो प्रभाव नराम्रो पार्नु पनि त भएन । म इमान्दार बनो आफ्नो हेराइमा । सायद उसको नजरमा पनि बनो कि ? 

जीवनमा कति शनिबार आए, गए । तिनको कुनै लेखाजोखा भएन । कुनै खास यादगार पनि भएनन् । तर आजको यो शनिबारलाई सम्झन चाहो । बिर्सूंभन्दा पनि नबिर्सने भएा । विशेष रूपमा रहने भयो । सम्झनयोग्य रह्यो आजको अनाम मण्डलीको कार्यक्रम । भोलि के हुन्छ ? अनिश्चित छ । आजभन्दा राम्रो होला या नराम्रो । त्यो भोलिमा नै छोडौा । तर आज आजै हो । यो शनिबार सुखद शनिबार हो मेरा लागि । अरूको कस्तो भयो थाहा छैन । तर मेरा लागि अत्यन्तै आत्मीय रह्यो । अत्यन्तै लोभलाग्दो रह्यो । मैले ओछ्यानमा सुतेरै यी सबै कुरा मनमा खेलाइरहो । मनमनै थ्याङ्क यु शनिबार भन्दै मीठो सपनाको आशमा आाखा चिम्म गरो ।

सुत्ने बेला मीठो सपनाको आश सबैमा हुन्छ । आशले मात्र नपुगेर अझ मान्छेहरू मीठो सपना लेखेको सिरानी नै लगाएर सुत्ने गर्छन् । त्यस्तो सिरानी लगाएर सुत्दा पनि मीठो सपना देखिएन भने खै के गर्छन् ? सुनेको थिएा– आफूले राम्रो सपना देखेको समयमा भरसक ब्यूाझनू । तुरुन्तै आफूले लगाएको सिरानी उल्टाउनु र फेरि सुत्नू । यसो गर्दा जसको बारेमा सपना देखेको हो, उसले पनि आफूले देखेकै सपना देख्छ । मेरो मनले सपनामा पनि युनिकालाई नै देख्न चाह्यो । त्यही समयमा ब्यूाझन चाह्यो, सिरानी उल्टो बनाउनलाई । युनिकाले पनि मलाई देखोस् सपनामा भन्नलाई । अहिलेसम्म मीठो सपना लेखेको सिरानी लगाएर सुतेकामध्ये कतिले मीठो सपना देखे ? सादा सिरानी लगाएर सुत्नेमध्ये कतिले नमीठो सपना देखे ? खैर, सपना त सिरानी नलगाई सुत्नेले पनि देख्छन् । त्यसो भए सिरानी नलगाई सुत्नेमध्ये कतिले मीठो सपना देखे ? र कतिले नमीठो सपना देखे ? मनलाई फुरुक्क र तनलाई बुरुक्क पारेर पल्टेको मेरो शरीर कतिबेला निऽादेवीको काखमा पुग्यो ? न मनलाई थाहा भयो, न तनलाई नै । सिरानी आफौ टाउकोसम्म आएन । आशा पक्कै मीठो सपना नै देख्ने थियो । विडम्बना, मैले सपना नै देखिना ।

बीएस्सी तेस्रो वर्षको परीक्षा दिएर बसेको म । राजनीतिक माहोल कस्तो छ भने तीन वर्षे स्नातकको पढाइ, साढे चार वर्षमा, बल्ल तेस्रो वर्षको परीक्षा सकिएको छ । अब परीक्षाफल

कम्तीमा छ महिनामा आउाछ, नभए नौ, दस महिना लाग्छ । नेपालमा बन्द त कति हो कति, कुरै नगरौा । माग नै कति हो कति सरकारसाग । मागैपिच्छे बन्द । बन्दले कलेजमा पढाइ पूरा नहुने । पढाइ पूरा नभएको भन्दै परीक्षा सार्न विद्यार्थीले आन्दोलन गर्ने । परीक्षा सरिहाल्ने । वाह, नेपालको शिक्षा नीति अनि त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली ! समय पूरा खाली हुने भएपछि ललितपुरको एकान्तकुनामा रहेको सनराइज बोर्डिङमा पढाउन थालेको छु । साइन्स टिचर । नौ, दसको साइन्स र क्लास आठमा अप्सनल म्याथ पढाउाछु । गाडीमा स्कुल जान ठ्याक्कै आधा घन्टा लाग्छ । जाम भयो भने समय निश्चित हुादैन । पढाउन थालेको सात दिन हुन नपाउादै एक दिन त म दुई

 न्टीपछि पो स्कुल पुगो जाममा परेर । महागीको आन्दोलन रे । धन्य प्रिन्सिपलले बुझ्यो । नत्र बल्लबल्ल भेटेको जागिर चट् हुने थियो । जेहोस् बुद्ध र सगरमाथाको नामले चिनिएको नेपालले अब अर्को उपनाम पनि पाएको छ, बन्द, हडताल र आन्दोलनको देश ।

कोठाबाट गाडी चढ्ने ठाउासम्म पुग्न मलाई पन्ध्र मिनेट लाग्छ । त्यो पनि सिंहदरबार अगाडिको ट्राफिक बत्ती भएको ठाउाबाट गाडी चढ्छु म । रातो बत्ती बलेका बेला । बस स्टप नै पुग्न त अझै बढी लाग्छ । गाडी कुर्दावर्दा अरू दस मिनेटजति लाग्छ । कोठाबाट हिाड्दा एक घन्टाभन्दा बढी नै समय छुट्ट्याउादा मात्र म समयमै स्कुल पुग्न सक्थो । कुनै हालतमा नौ बजे कोठाबाट निस्कनैपर्ने । नत्र ढिलो पुगिने । बिहान सात बजे कुनै हालतमा उठ्नैपर्ने । नत्र जागिर चट् ।

आज त आइतबार । हिजो पो शनिबार भएर मोज थियो । स्कुल पनि जानु पर्दैनथ्यो । बिहानको साढे छ बजे ब्यूाझिएा म । विशाल साढे पााच बजेतिरै कलेज जान्छ । बिहानको कलेज छ उसको । कोठामा दुई बजे आइपुग्छ । म उठो । नित्यकर्म सकेर बेलुकीका जुठा भााडाहरू माझो । पखालो । खाना पकाउादै गर्दा हिजोका कुरा सम्झन थालो । श्यामश्वेतमा होइन, पूरै रङ्गीनमा । फेरि म्यासेज पठाइहालौा झौ भयो ।

हिजोको आत्मविश्वास आज बढेर आयो । थपक्क नीलो रङ्गको मोबाइल हातमा लिएा । युनिकाले हिजो पठाएको म्यासेजलाई एकपल्ट पढो । अनि उत्तर पठाउने बटम थिचो । तर मन बौरिहाल्यो– एकछिन पर्खन सक्दैनस ? केको मरिहत्ते ? यदि तेरै लागि भनेर युनिकालाई यो धर्तीमा पठाएको हो भने ऊ अरू कसैकी हुन्न । होइन रहेछ भने तैले जे गरे पनि तेरी हुन्न । आफ्नो मूल्य आफौ

किन घटाउाछस् ? मैले म्यासेज नलेखी चुपचाप मोबाइललाई चार्जमा राखो । तर मन यति गहिराइमा पुग्छ भन्ने मैले सोचेकै थिइना । खाना पाक्यो । खाना पकाउादै गर्दा आइरन लगाइसकेको थिएा, सर्ट र प्यान्टमा । तिनै लुगा लगाएा र लागो जागिरतिर । बेलाबेलामा आाखाका नानीमा युनिका आउादै गरी । तर मनलाई सम्हाल्दै बसो । स्कुलमा चार बजाउन अरू दिनभन्दा निकै गाह्रो भयो मलाई । कारण

युनिका नै हुनुपर्छ ।

साझ । रत्नपार्क जाने बसमा बसेको छु । जावलाखेलमा यात्रु चढाउन व्यस्त छ बसको स्टाफ । मेरो मनले युनिकालाई एकोहोरो सम्झिरहेको छ । थाहा छैन, युनिकाको मनले कसलाई सम्झिादै छ ? युनिकालाई मेरो याद आएको छ कि छैन ? उसलाई मलाई जस्तै भएको छ कि छैन ? तर म त एकतर्फी मायामा परो । माया बस्न, कसैलाई सम्झन एक झलक काफी हुादो रहेछ । एक भेट पर्याप्त हुादो रहेछ । योजनामा माया हुादैन भन्थे, अब गर्छु भनेर माया गरिादैन भन्थे, हो रहेछ । मेरो योजना थिएन युनिकालाई भेट्ने । मेरो कुनै चाहना थिएन माया गर्ने । तर भेटो, माया गर्न थालो । किन गर्न थाले ? किन उम्कन सकिना ? केही थाहा छैन । म सोचिरहेछु । धेरै कुरा सोचिरहेछु । लेख्नै नसक्ने  गरी ।

धैर्य टुट्यो । मन थाम्नै सकिना मैले । मोबाइल निकालेर म्यासेज पठाएा युनिकाको नम्बरमा– हाई के छ ? कता हो ? खाजा भयो ? आदि इत्यादि । अलिक आनन्द भयो म्यासेज पठाएपछि । एकछिन मात्र टिक्न सक्यो त्यो आनन्द पनि । आनन्दलाई अब रिप्लाई आउने प्रतीक्षामा छटपटी हुन थाल्यो । बरू नपठाएकै भए हुनेसम्म बनाउन थाल्यो । बस रोकिादै, रोकिादै थापाथलीको जाममा आइपुग्यो । रिप्लाई आएन । म्यासेज पठाउादाको पीडाभन्दा अब अझ बढी पीडा हुन थाल्यो । अनेक कुरा मनमा खेल्न थाले । कहिले आफूलाई दोषी त कहिले युनिकालाई दोषी देखाउन थाल्यो, पापी मनले । बेकारमा म्यासेज पठाएछु जस्तो लाग्न थाल्यो । भतभती पोल्न थाल्यो मन । बरू फोन नै गरेको भए पनि हुने जस्तो अत्यास लाग्न थाल्यो । गाडी सिंहदरबार आइपुग्यो । म उत्रो । मोबाइलहातमै छ । कति बेला म्यासेजको घन्टी बज्छ ? कान चनाखो भइरहेको छ ।

म सिंहदरबारको भित्तैभित्ता घट्टेकुलोतिर लागो । पढाएर शरीर जति गलेको छ, म्यासेज नआएर त्यो भन्दा धेरै मन गलेको छ । खुत्रुक्क भएर कोठा पुगो । लथ्रक्क भएको छ, मन र तन दुवै । विशाल कोठामा सुतिरहेको रहेछ । अर्को खाटमा म पनि पल्टो । लामो सास फेरो थकित मुऽामा । लुगा फेरेर सुत्ने जाागरै मरेर आयो । विशाललाई पनि बोलाइना । टिङ्टिङ् म्यासेजको टोन बज्यो । कहााबाट हो सबै शक्ति फर्किहाल्यो । जुरुक्कै उठ्यो समिक मोबाइल समातेर । खोल्यो म्यासेज । युनिकाको रहेछ– हाई ! खाजा जस्ट खाएको । कोठामै छु । तपाईं कता ? खाजा खानुभयो होला नि है ? सरी ल म्यासेज आएको थाहा नै पाइना । पठाउन ढिलो भयो । अब मलाई के चाहियो र ! केको खानु खाजा ? त्यसै बिलायो लागेको भोक । कहाा भाग्यो, भाग्यो शिथिलता । त्यही माथि सरी पनि छ अन्तिममा । पठाउन नखोज्या त होइन रहेछ नि । त्यसै म पनि, बिचरालाई अन्यथा सोचो । माया लागेर आयो । थाहा नै पाइनछे त के गरोस् ? तुरुन्त म्यासेज गरो– मैले पनि भर्खर खाएको । स्कुलबाट भर्खर आइपुगो । कोठामै छु । ठीकै छ, सरीको आवश्यक नै पर्दैन थियो नि ! मैले म्यासेजको आदानप्रदान टुङ्ग्याउनै चाहिना । न त बाई नै

लेखो, न त अरू केही । म म्यासेजको दोहोरी खेल्न चाहन्थो । आखिर भयो नै त्यस्तै । कहिलेकाहीा त मनले सोचेको पनि ठ्याक्कै पूरा हुन्छ । मन पनि हर्षित भयो । सोचेको कुरा पूरा भएकोमा । फेरि त्यस्तै तीन, तीनपटक म्यासेज आदानप्रदान गर्‍यौा । कुन स्कुल पढाउने ? कुन विषय पढाउने ? पढाइ कहाा पुग्यो ? आदि । मेरो विषय साइन्स हो भन्दा पनि तर्सी युनिका । मान्छेहरू साइन्स भन्नेबित्तिकै किन आत्तिन्छन् ? हुन पनि आत्तिने गरी नै मिहिनेत गर्नुपर्छ । अनि नआत्तिऊन् कसरी ? मैले पनि तिनै कुरा सोधो, उसले जेजे सोधी । बीएड पहिलो वर्ष, गफ गर्ने जागिर छ मेरो भन्दै अन्तिममा ठट्यौलीसम्म गर्न भ्याई । र, सब्जी किन्न जाने अनुमति मागेर म्यासेज रोकी । जिन्दगी संयोग हो । सायद यही संयोगमा म आज युनिकासाग ठोक्किन पुगो । समयको कुनै एक पल काफी हुादो रहेछ संयोगका लागि । हावाको एक झोक्काले मलाई उडाएर यहीा पछारेको छ । मलाई पछारिनुमा मज्जा लागेको छ । जहाा मीठो अनुभव बटुलिरहेको छु म । हमेसा दुख्नुपर्ने हो पछारिादा । तर मलाई दुखेको छैन । बरू फेरि पछारिन मन लागेको छ । यसै गरी मीठोमीठो लाग्ने गरी । सबै शक्ति आयो शरीरमा । एउटा बटम थिचेर फर्काएझौ । मायामा पर्नु भनेको फस्नु हो भन्छन् । मलाई फस्नै मन पर्‍यो । मलाई जाकिनै मन पर्‍यो । मायाले दुखाउाछ पनि भन्छन् । मलाई दुख्नै मन पर्‍यो । तर यस्तै दुखाइ, मीठो दुखाइ सधौ दुखिरहूा लाग्ने । म एकोहोरिए दुखाइमा । म लट्ठिए फसाइमा । तर युनिका ? खोइ कसरी जान्नु ? कसरी सोध्नु ? कसरी बुझ्नु ? समय लाग्छ, जान्नलाई । पर्खिनुपर्छ । म पर्खिन तयार भएा । आजको म्यासेज आदानप्रदानले असहजपनलाई केही सहज बनाएको छ । युनिका पनि खुल्न थाली । सागसगै म पनि । अब फोन पनि गर्न सक्छु म, आाट आएको छ । तर राती भइसक्यो । साढे आठ बजिसकेको छ । फोन गरिहाल्न मन लागेन । खाना खाएर हामीले टीभीमा आाखा केन्ऽित गरिसकेका छौा । विशाल प्राय: साढे नौ बजे पढ्न सुरु गर्छ । जति बेला म सुत्न तयार हुन्छु । मुडअनुसार एघार, बाह्र, एक पनि बजाइदिन्छ पढ्दापढ्दै । म सुतेपछि केही थाहा पाउदिना । दिनभरिको थकानले होला । नौ बजिसकेपछि म्यासेजको चटारो र निऽाको झटारोले च्याप्न थाल्यो । म एकछिन रन्थनिएा । म्यासेज गरेर सुताौ कि नगरी भनेर ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik