श्रावण १६, २०७३
हामी नै उस्ता हौँ आकाश रोइरहेको छ यतिबेला र
आँसु खसाल्दैछ
बादलको आँखाबाट
‘झरी’ त्यसैलाई भनिरहेको छौँ
हामी । हो, झरी परिरहेछ बाहिर म मौन छु भित्र कोठामा र बनाइरहेको छु कमजोर कागजको डुङ्गा बारीमा मकैका पात जुठेल्नोमा काँक्रो, घिरौँला, बोडीका पातहरू
बजिरहेका छन्—
मीठो संगीतको उचाइ नापेर ।
गोठको जस्ता
गुनगुनाइराखेको छ
गला तिखारेर
डयाङ डुङ डयाङको भाका
हतार हतार
भान्साबाट पटुकीको फेर मिलाउँदै
भन्नुहुन्छ आमा—
‘कस्तो झरी पर्यो आज’
तर गर्नु के
जतिसुकै झरी परे पनि
मनका गराहरू
कहिल्यै चिसा भएनन् ।