साप्ताहिक संवाददाता
१७ विधाका लागि सार्वजनिक मनोनयनअन्तर्गत प्रकाश सर्वोत्कृष्ट निर्देशकको विधामा होस्टलबाट हेमराज बी.सी., ढुवानीबाट पीताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन्। हिरा सर्वोत्कृष्ट चलचित्रको विधामा होस्टल, ढुवानी, मौन, मधुमास तथा कालीबीच प्रतिस्पर्धा हुँदैछ। शिव सर्वोत्कृष्ट अभिनेताको विधामा चलचित्र मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनीत छन्। भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे मनोनयनमा छन्। नीर सर्वोत्कृष्ट सहअभिनेताको विधामा होस्टलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन्। बसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको विधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरिएको छ, जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गिनी राणा मनोनयनमा परेका छन्। विश्व सर्वोत्कृष्ट नवअभिनेताको विधामा पनि ४ जना मात्र मनोनयनमा छन् जसअन्तर्गत होस्टलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ तथा होस्टलबाट सलोन बस्नेत छन्। चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही छन्। चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश विक्रम शाह, होस्टलबाट हेमराज बिसी तथा ढुवानीबाट पीताम्बर पाण्डे छन्। भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको विधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी तथा कालीबाट रोशन श्रेष्ठ मनोनीत छन्। मञ्जु सर्वोत्कृष्ट छायांकारको विधामा उर्वशीबाट दिव्य सुवेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टलबाट हरि हुमागाईं, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन्।
तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जन जीसी, सौर्यबाट चन्दन दत्त र विशाल कोइराला, मौनबाट निमेश श्रेष्ठ तथा होस्टल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनीत छन्। प्रदीप सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी तथा ढुवानी र होस्टलबाट उत्तम न्यौपाने मनोनयनमा छन्। शम्भु सर्वोत्कृष्ट संगीतकारको विधामा चलचित्र राजनीतिको ए हावा र विन्दास-२ को सुन्छु तिमीले गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रोबाट टंक बुढाथोकी तथा मधुमासको आँटिसक्यो गीतबाट सुरेश अधिकारी मनोनयनमा छन्। उदित सर्वोत्कृष्ट पाश्र्व गायनका लागि मधुमासको आँटिसक्यो गीतबाट अञ्जु पन्त, यही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावाबाट सञ्जीवनी तथा बिन्दास-२ को सुन्छु तिमीले गीतबाट शिव परियार मनोनयनमा परेका छन्।