पुस २६, २०७०
विराटनगर
विराटनगरका युवाहरूले आयोजना गरेको डान्स पार्टीमा नेपाली, अंग्रेजी र हिन्दी रिमक्स नम्बरहरू घन्काउने डिजे डी. विराटनगरले पार्टी प्रेमीहरूको प्रशंसा पाए। उक्त डान्स पार्टीमा विराटनगरका डिजे बल्डढी, डिजे निक्ब्स तथा डिजे योङ डलरले पनि युवायुवतीलाइ असिन-पसिन बनाए।
एकै प्रकारका हिन्दी तथा अंग्रेजी गीत बज्ने विराटनगरका डान्स पार्टीमा यो अलिक फरक स्वादको पार्टी भएको भन्दै युवा-युवतीहरू मस्तसँग नाचिरहेका थिए। नेपाली गीतमै पनि डिजेहरूले कुशलता प्रदर्शन गरेपछि युवायुवती ननस्टप नाचिरहे।