साप्ताहिक संवाददाता
- पुष्पकमल दाहाल प्रचण्ड, नेता
भनेपछि धाँधली भएको होइन रहेछ !
म सेलिब्रेटी होइन, क्रिकेटर हुँ।
- पारस खड्का, क्रिकेटर
सेलिब्रेटी-क्रिकेटर त हो नि !
प्रधानमन्त्रीबारे कांग्रेसमा विवाद छैन।
- शेरबहादुर देउवा, नेता
कार्यवाहक सभापति बन्ने पक्का भयो कि क्या हो ?
मलाई एवार्डमा विश्वास लाग्दैन।
- नम्रता श्रेष्ठ, नायिका
अहिलेसम्म नपाएर हो कि ?
महिलाको नाममा भीख माग्न जान्नँ।
- डा. डिला संग्रौला, अध्यक्ष नेपाल महिला संघ
डोनेसन आउन रोकिएको छैन जस्तो छ।
जान्न भन्नेलाई घोक्रयाएर लान मिल्दैन।
- सूर्यबहादुर थापा, नेता
नमस्कार गरेर मनाउन सकिन्थ्यो कि ?
प्रेम गर्ने मौका नै मिलेन।
- केकी अधिकारी, नायिका
मौका मिलेको भए चौका हान्नुहुन्थ्यो, हैन त ?
सलमान खानको क्यारिकेचर मात्र गरेको हुँ।
- दीपकराज गिरी, हास्य अभिनेता
त्योभन्दा बढी के गर्न सक्नुहुन्थ्यो र !
विश्वास गर्नुस्, म कुमारी नै छु।
- कोमल वली, गायिका
हो, हामीले विश्वास गर्यौं।