साप्ताहिक संवाददाता
- खगेन्द्र थापा अतीत
गलत कामको परिणाम गलत नै हुन्छ। (डि्रंक्स, सेक्स र एचआईभी, पुस २६) कुरा ढिलो-चाँडोको मात्र हो।
- बिमल हमाल
साप्ताहिकको युवा मन स्तम्भलाई नियमित स्थान दिनुहोला।
- प्रकाश
अरू विषयसँगै विदेशको पढाइ, रोजगारी, शिक्षा, सूचना तथा प्रविधिमा जोड दिनुपर्यो।
- सिजन खुलाल, गुरु भाइ
डा. राजेन्द्र भद्राको स्तम्भमा कि त तस्बिर नराखौं कि त वास्तविक तस्बिर राखौं।
- खगेन्द्र न्यौपाने
निरीह नेताहरूले देशलाई पनि निरीह बनाए। (मेहबुबलाई कसले गोली हानेको थियो, पुस २६) जसका कारण यी र यस्तै धेरै कुरा अनुत्तरित छन्।
- हरिबाबु श्रेष्ठ
बकबास कथामा र बकबास अभिनय। (६ एकान ६, पुस २६) त्यति मन परेन।
- रोचक
नेपाली बजारमा भित्रिने नयाँ ग्याजेट्सका बारेमा विस्तृतमा जानकारी समेट्नुहोला।
- सगुन राई
लेख मन पर्यो। (सय वर्षअघि युरोप पुग्ने नेपाली, पुस २६) यसमा समावेश गीत दिनमा पाँच-छ पटक सुन्छु। राम्रो र रोमान्टिक खालको छ।
- राजु पहाडी
पूरै हँसाउने चलचित्र । (६ एकान ६, पुस २६) नेपाली चलचित्र यस्तै हुनुपर्छ।
- अर्जुन खनाल
हा, हा, हा... जिया भर्जिन रे? (म अझै भर्जिन छु, जिया केसी, पुस २६) मलाई त हाँसो लाग्यो।
- शत्रुघन यादब
पाल्पाली बारा (बटुक) नेवार समुदायको होइन। यो मगर समुदायको परिकार हो।
- सूर्य थापा
यो उमेर न हो साथी, यस्तो बेला कुन कुरा गलत हो। (यौन मनोविज्ञान, पुस २६) कुन कुरा सही हो ? छुट्याउन सक्नुपर्छ।
- सीताराम
दीपाश्रीले सीतारामजीको राम्रै मूल्यांकन गर्नुभएछ। (ब्याकबाइट्स, पुस २६) उहाँको कुरामा मेरो पनि सहमति छ।
- छत्र खडायत