गाउँघरमा उड्ने लोखर्केलाई कोइरालो वा राजपंक्षी पनि भनिन्छ। यो सर्वभक्षी प्राणी भएकाले आहारका रूपमा कीरा, फट्याग्रा मात्र होइन, पहाडमा फल्ने अलैंची, कटुसका दाना समेत खान्छ। तराई तथा पहाडी क्षेत्रमा पाइने कोइरालो अग्लो रूखबाट उडेर भुइँमा र्झन सक्छ। रूखका टोड्का तथा स्याउलामा लुकेर बस्ने यो प्राणी शत्रुबाट बच्न रूखबाट उडेर भुइँमा गै लुक्न सक्छ। विशेष गरेर यो चुरेपहाडको छेउछाउमा पाइन्छ। नेपालमा यो दुर्लभ अवस्थामा छ। अन्य जातका लोखर्केजस्तै यसले पनि ३४ दिनमा गर्भाधान गर्छ भने एकपटकमा २ देखि ३ वटा सम्म बच्चा जन्माउन सक्छ। यसको आयु बढीमा ६ वर्ष हुन्छ। नेपाल, भारत, अस्ट्रेलिया आदि मुलुकमा पाइने यो प्राणीलाई संरक्षित गरिएको छैन।