साप्ताहिक संवाददाता
चिन्नेहरूले चिने भने हामीलाई दोष नलगाउनुहोला !
मलाई रेखा थापासँग नजोड्नुस्।
- शिल्पा पोखरेल, नायिका
छवि ओझासँग जोडिन लागेको चर्चा त चलिरहेकै छ नि ?
जनमतको कदर गर्ने हो भने कांग्रेस-एमाले मिल्नुपर्छ।
- सूर्यबहादुर थापा, नेता
जनमतको कदर गर्ने भए जनताले किन दुःख पाउँथे र ?
सभासद् भत्ता कार्यालय खोल्नकै लागि हो।
- गगन थापा, नेता
र भत्ता सक्नैका लागि कार्यालय खोलिएको हो भने हाम्रो भन्नु केही छैन।
चलचित्रबाहेक मेरो अरू पनि काम छ।
- नम्रता श्रेष्ठ, नायिका
के-के गर्नुहुन्छ, त्यो पनि बताइदिनुहुन्छ कि ?
बिहे नगर्ने सोचमा छु।
- मेनुका थापा, समाजसेवी
उमेरको ख्याल गर्दै यो निर्णय लिनुभएको होला, हैन ?
प्रोड्युसरको च्यारिटी शो हेरेका दर्शकको प्रतिक्रियाबाट उत्साहित छु।
- जनकदीप पराजुली, निर्देशक
तपाईंको उत्साह कति दिनसम्म कायम हुने हो, हामीलाई चिन्ता लागिरहेको छ।
कमेडी चलचित्रमा काम गर्ने इच्छा छ।
- दिया मास्के, नायिका
तुरुन्त दीपकराज गिरीलाई भेटे भो' नि त !
नांगिएकी हिरोइनको सम्मान हुँदा मेरो किन भएन ?
- शुभेच्छा थापा, नायिका
ए, सम्मान पाउन पो तपाईं पनि नांगिनुभएको ?