साप्ताहिक संवाददाता
- बीएस धामी
उनी तथा फेसबुक फन्डा मलाई एकदमै मन पर्छ। यस्ता स्तम्भलाई नियमित स्थान दिनु राम्रो हुन्छ।
- दीपक बिसी, सुर्खेत,
केकी अधिकारी साँच्चै फोटोजेनिक छिन् ? मलाई त उनीभन्दा अरू पनि धेरै फोटोजेनिक छन् जस्तो लाग्छ।
- अपार श्रेष्ठ,रमेश जिरेल, दोलखा
महिलाहरू पनि पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन्। -महिलासँगको सम्बन्ध केवल यौनका लागि, माघ २४) यसमा पुरुषहरू मात्र जिम्मेवार छैनन्।
- दिल मगर, लुभु, लामाटार
नेपाली चलचित्रका नयाँ जोडीलाई हार्दिक बधाई । यसैगरी अरू नयाँ कलाकारको पनि जोडी बनोस्।
- महेन्द्र चौधरी, उदयपुर
किन होला आजभोलि फेसबुक फन्डा, मुन्द्रे, गफ नदेऊ न यार जस्ता स्तम्भ नियमित छैनन्।
- अनिता क्षेत्री
साप्ताहिकले ज्ञानवर्द्धक एवं चलचित्रसम्बन्धी सामग्रीलाई नियमितता दिनुपर्यो।
- ८५७५
साप्ताहिकमा स्वास्थ्यसम्बन्धी सामग्री पनि समेट्नुपर्यो। अश्लील तस्बिरलाई महत्व दिनुभएन।
- सन्नि खड्गी
साप्ताहिकमा कुकिङसम्बन्धी टिप्स पनि दिनुपर्यो।
- सुरज थापा मगर, पशुपति
नेपालकै समाचारलाई प्रोत्साहित गरे राम्रो हुने थियो। (प्रेममा परिन् सेलेना, माघ २४) हामीले विदेशको समाचारभन्दा आफ्नै देशलाई प्राथमिकता दिनुपर्छ।
- कुमार अर्याल
अवस्था हेरेर प्रस्ताव राख्नु राम्रो हो ? (प्रेम प्रस्ताव, माघ २४)
- दर्शन बिस्ट
यस्तो समस्या तपाईलाई मात्र होइन। (यौन मनोविज्ञान, माघ २४) अरूलाई पनि हुन्छ। अनुसन्धानहरू अनुसार ४२ प्रतिशत महिलामा कहिलेकाही चरम सन्तुष्टिमा पुग्न सक्ने समस्या हुन्छ। १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरिमा एक पटक पनि चरम सन्तृष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन्।
- गणेश रेग्मी