साप्ताहिक संवाददाता
- मोहन वैद्य किरण, नेता
नेपोलियनको डिक्सनेरी पढ्नुभयो कि क्या हो?
अनुभवी कलाकारहरू पुरानै ढर्रामा काम गर्छन्।
- बेनिशा हमाल, नायिका
नयाँ कलाकारले सिकाइदिने कि !
हिरो बन्न कम्ति धैर्य गरिएन।
- श्याम अर्याल, नायक
तैपनि धैर्यताको फल तीतो भएजस्तो छ नि !
चलचित्र बनाउन मुर्गा खोज्नुपरेको छैन।
- एनबी महर्जन, निर्देशक
मुर्गाहरूले नै आफूलाई खोज्दै आए भन्न खोज्नुभएको हो?
मेरो चलचित्र 'प्रोड्युसर’ नचल्नुमा कथाको गलत छनौट मुख्य कारण रह्यो।
- राजकुमार राई, निर्माता
नयाँ बोतलमा पुरानो रक्सी बिक्न छाड्यो नि निर्माताज्यू !
निर्देशक निरञ्जन पाण्डेसँग माया बसे पनि मैले विवाह गरिसकेकी छैन ।
- बिनिता बराल, नायिका
अचेलको मायामा विवाह अनिवार्य छैन भन्ने कुरा सबैलाई थाहा छ ।
माया भएपछि विवाह त भैहाल्छ नि !
- सञ्चिता लुइँटेल, नायिका
बिनिता बराललाई यही कुरा सिकाइदिने कि !
पार्टी अध्यक्ष र दलको नेता बेग्लै हुने कानुन चाहिँदैन ।
- केपी शर्मा ओली, नेता
तपाईंका लागि कि अरूका लागि पनि ?