साप्ताहिक संवाददाता
हप्तामा एक दिन नाङ्नि सल्लाह
अमेरिकाका एक प्रसिद्ध चिकित्सकले स्वस्थ्य रहन एउटा अनौठो सल्लाह दिएका छन्। उनले भनेका छन्- यदि सातामा कम्तीमा एकपटक पूर्ण रूपमा नाङ्गो भएर आफैंलाई हेर्ने हो भने स्वस्थ रहन सकिन्छ।' चर्चित क्यान्सर विशेषज्ञ डेविड आगसले मानिसहरूलाई नाङ्गो हुने सल्लाह दिएका हुन्। उनी स्वयं बिरामीले कम्तीमा दिनमा एक पटक आफ्नो शरीर हेरेपछि मात्र जाँचका लागि एपोइन्टमेन्ट दिन्छन्। सातामा कम्तीमा एकपटक नाङ्गो भै ऐनामा हेरेर मानिसले आफ्नो ख्याल गरून् भन्ने आफ्नो मनसाय रहेको डा. डेभिडले बताएका छन्। 'तपाईं डाक्टरकहाँ जानुहोस् र भन्नुहोस् कि, मेरो शरिरमा यी-यी १० वटा समस्या छन्, यसका बारेमा कुरा गरौं।' डा. आगस सल्लाह दिन्छन्- 'चिकित्सकसँग भेट्दा उनले एकैछिन मात्र तपाईंको शरीर हेर्छन्, तर तपाईं दैनिक आफ्नो शरीरलाई हेर्न र ख्याल गर्न सक्नुहुन्छ।'
कुमारी छोरीलाई सेक्स क्याम्पमा
अफ्रिकाको मलावीमा आमाबाबुहरू आफ्ना छोरीहरूलाई सेक्स क्याम्पमा पठाउँछन्। त्यहाँ छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भंग गर्न भन्दै सेक्स क्याम्पमा पठाइने चलन छ। १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर यौन शिक्षा दिइयो। उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठूलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो। त्यहाँ उनलाई यौन सम्वन्ध राख्ने तरिकाका सम्बन्धमा पनि जानकारी दिइयो। क्याम्पमा पुगेका युनाइटेड नेसन फाउन्डेसनका पत्रकारहरूको टोलीका अनुसार क्याम्पमा एक महिला किशोरीहरूलाई यौन क्रियाका लागि बढावा दिइरहेकी थिइन्। त्यति मात्र होइन, क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्ने उपायसमेत सिकाइन्छ। गल्र्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिलेकाहीं त्यहाँ वयस्क पुरुषहरू आउँछन्। राति आउने त्यस्ता पुरुष को हुन भन्ने जानकारी ती किशोरीलाई हुँदैन, तर उनीहरूले यौन शिक्षाअन्तर्गत ती भुसतिघ्रेहरूलाई सन्तुष्ट पार्नुपर्छ। यौन शिक्षाको यो प्रकृयाको सुरुमै कतिपय किशोरी आमा बन्ने अवस्थामा पुग्छन्।
नांगै प्रार्थना, नांगै विवाह
अमेरिका, भर्जिनियाका एक जना पादरीले गरेको तर्कमा विश्वस्त भएपछि चर्चभित्रै नांगै प्रार्थना र विवाह हुन थालेको छ। भर्जिनिया, साउथ एम्पटनस्थित ह्वाइट टेल चापेलका मुख्य पादरी एलेन पार्कले अनुयायीहरूलाई उक्त अनुमति दिएका हुन्। इतिहासमा नांगो प्रार्थना भएको घटना बाइबलमा पनि उल्लेख भएको दाबी गर्दै उनले सीएनएनसँग भने 'जिसस क्राइस्ट पनि नांगै आएका थिए। उनलाई नांगै फाँसीमा चढाइएको थियो अनि उनी धरतीबाट नांगै गएका थिए।'
पादरी एलेनले मानिस प्राकृतिक रूपमा नांगो आएको तर भौतिकवादी जीवनयापनमा कपडा लगाउने गरेको तर्क गरेका छन्।
'हामीलाई भगवान्ले नै यस्तो रूपमा सिर्जना गरे,' उनको तर्क छ— 'नांगो प्रार्थना गर्दा के गल्ती भयो र? उनले नांगो प्रार्थनाको अनुमति दिएर सबैलाई समानताको सन्देश प्रवाह गरेको दाबी पनि गरे। पादरी एलेनका अनुसार इसाई धर्मको पुस्तक जेनिसमा आदम र इभलाई नांगो अवस्थाका केटा तथा केटीका रूपमा चित्रण गरिएको छ। पादरीको नयाँ व्याख्याका कारण उक्त चर्चमा अहिले कैयौं जोडीले नांगै विवाह गर्न थालेका छन्।
डेटिङका लागि १० लाखको अफर
चीनमा युवाहरूले पैसा तिरेर प्रेमिका खोज्नु नौलो होइन। त्यहाँ अविभावक नभएका तरुनी-तन्नेरीहरूले ठूलो रकम अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्यजस्तै भएको छ। हालै एक चिनियाँ धनाढ्य युवकले डेटको अनौठो विज्ञापन गरेका छन्। झन्डै १० लाख चिनियाँ युआन अफर गरेका ती युवाले युवतीको रूप, रुङ, आकार, हाइट, पढाइ आदि विषयमा अनेक सर्त राखेका छन्।
उनको सर्त छ, युवती कुमारी नै हुनुपर्नेछ भने उमेर २५ वर्षभन्दा कम हुनुपर्नेछ। सर्तअनुसार युवतीको तौल ५० किलोभन्दा कम हुनुपर्नेछ र उचाइ कम्तीमा १ दशमलव ६८ मिटर। उनको माग छ- केटीले ब्याचलर डिग्री गरेकै हुनुपर्छ।
उक्त विज्ञापन चीनको चर्चित सामाजिक सञ्जाल वीबोमा प्रकाशित छ। विज्ञापनमा उनले पैसाको बिटोका साथ आफ्नो तस्बिर पनि राखेका छन्। काममा व्यस्त भएकाले कसैलाई प्रेमिका बनाउन नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।
पैसा तिरेर अपरिचितसँग सुत्ने कक्षा
अँगालो बाँधिन कसलाई मन लाग्दैन र? तर, बिल्कुलै अपरिचित मानिससँग अँगालो मारेर सुत्ने अवसर कमैले पाउँछन्। यस्तै अनौठो अवसर दिने कक्षा लन्डनमा सुरु भएको छ जहाँ २९ पाउन्ड तिरेपछि अपरिचितसँग अँगालो मार्न र सुत्न पाइन्छ। 'कडल क्लब' नाम दिइएको यो अनौठो कामका लागि आजकल एकल मानिसहरूको भीड लाग्न थालेको छ। ठूलो हलमा करिब २० जोडी एक-अर्कालाई अँगालो मारिरहेका छन्, सुमसुम्याइरहेका छन् र एक-अर्काको न्यानोपनमा हराइरहेका छन्।
अँगालोमा बाँधिन केही पूर्वसर्त पनि छ। त्यहाँ आफ्नो अँगालोमा रहेको साथीको गोप्य अंग खेलाउन वा यौनजन्य क्रियाकलाप गर्न भने पाइँदैन। 'नन सेक्सुअल टचिङ थेरापी' नाम दिइएको यो कक्षामा सहभागी हुनुअघि सञ्चालकले यौनजन्य क्रियाकलाप बर्जित रहेको कुरामा सबैलाई सचेत गराइसकेका हुन्छन्।