गृहनगरमा नेपथ्यका गायक अमृत गुरुङले दर्शकको राम्रो साथ पाए। कार्यक्रममा अमृतले सुरुदेखि अन्त्यसम्म दर्शकहरूलाई बाँधेर राखे। नेपथ्य संगीत यात्राको अन्तिम कार्यक्रमका रूपमा पोखरामा आयोजित उक्त कन्सर्टमा गीतसँगै अमृतले बालबालिकालाई विद्यालय पठाउनुपर्ने, देश बनाउन एकजुट हुनुपर्ने जस्ता चेतनामूलक सन्देश पनि दिए।