फाल्गुन ९, २०७०
त्यस्तै पर्सा बजारमा जोडीहरूले सांगीतिक मज्जा लुटे। टाँडी बजारमा अवस्थित हंस मनोरञ्जन केन्द्रमा आयोजित दुईदिने सांगीतिक कार्यक्रममा युवा जोडीले मात्र नभै विवाहित जोडीले समेत नाचेर भ्यालेन्टाइन डे मनाए। कार्यक्रमको मुख्य आकर्षण गायक तिलकबम मल्ल, अर्जुन लामा, कविता रानाभाट, चितवन आइडल केदार बरुवाल आदि थिए। उक्त कार्यक्रममा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको जोडीको सहभागिता बढी थियो।
उता नारायणगढमा दाताज् इभेन्टसले सांगीतिक कार्यक्रमको आयोजना गरी विवाहित जोडीहरूलाई नचाउने काम गर्यो। सेन्टल पाम्प होटलमा आयोजित उक्त कार्यक्रमको आकर्षण भने गायक शिव परियार, आस्था राउत, पशुपति शर्मा थिए। उक्त अवसरमा कला निधि इन्दिरा संगीत महाविद्यालयका कलाकारले गजल सुनाए। राति अबेरसम्म चलेको कार्यक्रममा नयाँ विवाहित जोडीहरूको सहभागिता उल्लेख्य थियो।