साप्ताहिक संवाददाता
मिस मंगोलका लागि आवेदन खुल्ला
एक्सन इन्टरटेनमेन्टले चैत २२ गते आयोजना गर्ने मिस मंगोल नेपालको नयाँ संस्करणमा आवेदन दिन चाहने युवतीहरूले एक्सन इन्टरटेनमेन्टको कार्यालय अनामनगर वा कम्पनीको आधिकारिक वेबसाइट mष्कsmयलनय।अिom।लउ बाट आवेदन फारम भर्न सक्छन्। प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूहका, कम्तीमा एसएलसी उत्तीर्ण गरेका र ५ फिटभन्दा अग्ला अविवाहित युवतीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा नगद पुरस्कार १ लाख रुपैयाँसहितको शीर्ष उपाधिका साथै फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिकजस्ता उपाधिहरू पनि प्रदान गरिनेछ।
भोयाज अफ क्रिएसन भोलि
भोलि शनिबार नेपाल इन्स्िटच्युट अफ फेसन डिजाइनिङलेदरबारमार्गस्थित याक एन्ड यती होटलको रिगल बल रुममा भोयाज अफ क्रिएसन शीर्षकको फेसन डिजाइनरहरूको प्रतियोगिता सञ्चालन गर्दैछ । उक्त प्रतियोगितामा अनेकौं रंग एवं सुन्दर फ्याबि्रकमा ढालिएका मनमोहक पहिरनलाई झन्डै तीन दर्जन मोडलले र्याम्पमा प्रस्तुत गर्नेछन्। कार्यक्रमको अर्को शो आकर्षणका रूपमा व्हील चेयर मोडलहरूको फेसन रहनेछ।
त्रिशूलीमा र्याफि्टङ महोत्सव हुने
धादिङमा फागुन १७ देखि २३ गतेसम्म र्याफ्टिङ महोत्सवको आयोजना गरिने भएको छ । राष्ट्रिय पानी वर्षको अवसर पारेर पहिलो पटक धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त मेलामा स्वदेशी तथा विदेशी पर्यटकहरू आउने बताइएको छ। र्याफ्टिङ महोत्सव अवधिभर ३० वटा डुङ्गाले पर्यटकलाई र्याफ्टिङ गराउने बताइएको छ । महोत्सवमा स्थानीय पर्यटन प्रवर्द्धन र कृषि प्रदर्शनी समेत हुने बताइएको छ। मेलामा ११ देशका चार्चित कलाकारको प्रस्तुति पनि रहनेछ। महोत्सवका क्रममा पर्यटकहरूले धादिङको पीडा गाविसदेखि कलौदीसम्म र्याफ्टिङको मज्जा लिन सक्नेछन्।