नेपालमा रंगमञ्चप्रति युवा क्रेज बढ्दै गैरहेका बेला नाटकघर निर्माण हुने क्रम पनि बढेको छ। राजधानीको कालिकास्थानस्थित सर्वनाम नाटकघर नेपालको पुरानो नाटकघरका रूपमा परिचित छ। सर्वनाम रंगसंस्था अशेष मल्लको अगुवाइमा २०३८ सालमा स्थापना भएको हो। सर्वनामले २०३८ सालमा 'हामी वसन्त खोजिरहन्छौं' शीर्षकको सडक नाटकबाट आफ्नो यात्रा प्रारम्भ गरेको थियो। नाटक प्रदर्शन संकलित रकमबाट तीनतले भवन निर्माण गरी त्यहाँ हाल नियमित नाटक प्रदर्शन हुँदै आएको कलाकार राज शाहले जानकारी दिए। नाटकसम्बन्धी प्रशिक्षण एवं नयाँ-नयाँ नाटक प्रदर्शनका लागि सर्वनाम नाटकघर चर्चित तथा सु-परिचित छ।