नेपालको राष्ट्रिय चरा डाँफे प्रत्यक्ष रूपमा देख्ने नेपालीहरू अत्यन्त न्यून छन्। केही चिंडियाखानामा संरक्षित डाँफे नेपालबाट लोप हुँदै गएको छ। बढ्दो चोरी सिकारीका कारण डाँफे हराउँदै गएको हो। डाँफेलाई अंग्रेजीमा हिमालयन मोनाल भनिन्छ। यो हरियो र आकाशे मिसिएको रङ्गििवरङ्गी कलरको हुन्छ। ७० सेन्टिमिटरसम्म लामो डाँफेको भालेको वजन २ हजार ३ सय ८० ग्राम तथा पोथीको वजन २ हजार १ सय ५० ग्रामसम्म हुन्छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले लालीगुराँस तथा मालिङ्गो भएको जंगलमा कीराफटयाग्रा, बाँसको तामा, कलिलो मुना खान रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाललगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ। डाँफेको मासु बहुमूल्य हुने भएकाले यसको चोरी-निकासी हुने गरेको हो।