साप्ताहिक संवाददाता
- नम्रता श्रेष्ठ, नायिका
त्यही त। नम्रता जस्ति बोल्ड नायिकालाई जस्तो भूमिकामा पनि प्रस्ताव राख्ने ?
'तोरी लाहुरे' नाम अनुसारको छैन।
- एनबी महर्जन, निर्देशक
निर्देशकले नै यस्तो टिप्पणी गरेपछि दर्शक के हेर्न आउँछन् त ?
'आधि बाटो' चलेन भने भविष्यमा चलचित्र निर्माण गर्दिनँ।
- रमेश त्वायना, निर्माता
एउटै चलचित्रमा सबै पैसा खन्याएपछि अर्को बनाउने हिम्मत पनि कसरी गर्नुहोला त !
आजैदेखि शान्ति सुरक्षा सुदृढ गर्न प्राथमिकता दिनेछु।
- वामदेव गौतम, गृहमन्त्री
भन्नाले अहिलेसम्म हामी अशान्तिमै जीवन बिताइरहेका थियौं ?
सून्यबाट सुरु गरे चार वर्षमा पनि संविधान बन्दैन।
- सुवासचन्द्र नेम्बाङ, सभासद
यो त तपाईं सभामुख भएकै दिन थाहा भएको कुरा हो।
धेरै कुरा प्रमाणित गर्न बाँकी छ।
- विमलेश अधिकारी, नायक
कहिलेसम्ममा प्रमाणित गर्ने योजना छ त ?
म कसैको प्रेममा छैन, अझै केही वर्ष सिंगल नै रहनेछु।
- गौरव पहारी, नायक
नायिकाहरूले गर्ने गफ पो गर्नुभयो त !