आधुनिक, पप तथा चलचित्रका गीत गाएर चर्चामा आइरहेका गायक युवराज चौलागाईंलाई शान्ति विकास अभियान नेपाल तथा राष्ट्रिय नागरिक विकास समाजले गीत-संगीतमार्फत नेपाली समाजमा योगदान पुर्याएकोमा सम्मान गरेको छ। उनलाई पूर्वप्रधानमन्त्री खिलराज रेग्मीले खादा ओढाएर ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। समारोहमा गायक शम्भु राई पनि सम्मानित भएका थिए।